निर्णय नं. ११०५१ - उत्प्रेषण, परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०५१ - उत्प्रेषण, परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७६/०४/१३ ९७८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा आदेश मिति:२०७६।४।१३ ०७६-WO-०५०७ विषय:– उत्प्रेषण, परमादेशसमेत निवेदक : जिल्ला धनुषा, गा.वि.स. उमाप्रेमपुर गा.वि.स. वडा नं.२ हाल ऐ. जिल्ला धनुषाधाम नगरपालिका वडा नं.६ घर भई धनुषाधाम प्रा.स्वा.केन्द्र धनुषा, नेपाल स्वास्थ्य सेवा हे.ई. समूहको अधिकृत छैठौं तह, सि.अ.हे.व. अधिकृत पदमा कार्यरत श्याम महतोसमेत विरूद्ध विपक्षी : नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रामशाहपथ काठमाडौंसमेत कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७(४) मा श्रेणीगत रूपमा कार्यरत कर्मचारीलाई निश्चित समय पुगेको तथा योग्यताको आधारमा माथिल्लो तहसमेतमा समायोजन गर्ने कानूनी व्यवस्था रहेको देखिन्छ । उक्त ऐनमा कहीँकतै पनि कार्यरत कर्मचारीलाई समायोजन गर्दा कार्यरत तह/पदभन्दा तल्लो पदमा घटुवा गरी समायोजन गर्न सक्ने व्यवस्था गरेको नदेखिने । (प्रकरण नं. ३) कुनै पनि सरकारी सङ्गठनमा कार्यरत राष्ट्रसेवक कर्मचारीहरूको कार्यसम्पादनको स्तर त्यस्ता कर्मचारीहरूको दक्षता, उत्प्रेरणा र उच्च मनोबलमा आधारित हुन्छ । उच्च मनोबलयुक्त जनशक्तिले मात्र कुनै पनि सरकारी सङ्गठनको निर्धारित उद्देश्य, लक्ष्य प्राप्त गर्न सहयोग पुर्‍याउन सक्छन् । नेपाल स्वास्थ्य सेवामा कार्यरतहरूको मनोबल र उत्प्रेरणा तब उच्च हुन्छ जब यस्तो जनशक्तिलाई समायोजन गर्दा दिइने पदनाम कानूनबमोजिम सम्मानजनक हुन्छ । सेवामा कार्यरत जनशक्तिको मनोबल र उत्प्रेरणा वृद्धि गर्न सहयोग गर्ने विभिन्‍न तत्त्वहरूमध्ये कर्मचारीलाई कर्मचारी प्रशासनले दिने पद नाम पनि एउटा हुने । (प्रकरण नं. ४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री दीपनारायण साह विपक्षीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता सबिता शर्मा अवलम्बित नजिर : सम्बद्ध कानून : कर्मचारी समायोजन ऐन, २०७५ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ आदेश न्या.डा.मनोजकुमार शर्मा : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम दायर भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त निवेदन बेहोरा र आदेश यसप्रकार छ: तथ्य खण्ड निवेदकमध्ये श्याम महतो मिति २०४८।६।२१ को निर्णयले रा.प.अनं. द्वितीय श्रेणी प्रा.अ.हे.व. पदमा सुरू नियुक्ति पाई २०५४।२।१४ देखि सोही सेवा समूहको पाँचौं तहमा तह मिलान भई २०६४।२।१४ बाट समान सेवा समूहको अधिकृत छैठौँ तहमा स्तर वृद्धि भई सर्वोच्च अदालतको मिति २०६२।५।२१ को फैसला र स्वास्थ्य सेवा विभागको मिति २०६३।३।११ को निर्णय र २०६३।३।१२ को पत्रले सि.अ.हे.व. पदनाम कायम गरी मध्यमाञ्चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाको मिति २०६३।९।१८ को निर्णय र पत्रले सि.अ.हे.व. पदमा पदस्थापन भई सोही पदमा कामकाज गर्दै आएको छु । त्यस्तै म बिनोदकुमार यादव मिति २०४८।१२।२६ को निर्णयले रा.प.अनं. द्वितीय श्रेणी प्रा.अ.हे.व. पदमा सुरू नियुक्ति पाई २०५४।२।१४ देखि सोही सेवा समूहको पाँचौं तहमा तह मिलान भई २०६४।२।१४ बाट समान सेवा समूहको अधिकृत छैठौँ तहमा स्तर वृद्धि भई सर्वोच्च अदालतको मिति २०६३।१२।२९ को फैसला र स्वास्थ्य सेवा विभागको मिति २०६४।४।१६ को निर्णय र २०६४।४।१७ को पत्रले सि.अ.हे.व. पद नाम कायम गरी मध्यमाञ्‍चल क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौंडाको मिति २०६४।४।३२ को निर्णय र २०६४।५।१४ को पत्रले