निर्णय नं. ११०५२ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०५२ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०३/०६ १३२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति : २०७९।३।६ ०७८-WO-०२१४ मुद्दा:– उत्प्रेषणसमेत निवेदक : जिल्ला पर्सा, रामगढवा गा.वि.स., वडा नं. ५ हाल परिवर्तित वीरगन्ज महानगरपालिका वडा नं.२२ स्थित ओम साई आयल स्टोरको अख्तियार प्राप्त गरी आफ्नो हकमा समेत ऐ.का प्रोपराइटर चमेलीदेवी रौनियार विरूद्ध विपक्षी : नेपाल आयल निगम लिमिटेड, केन्द्रीय कार्यालय बबरमहल, काठमाडौंसमेत प्राकृतिक न्यायको सिद्धान्तलाई ढुङ्गामा कुँदिएको अक्षर जस्तो जड नियमका रूपमा लिन मिल्दैन । अपितु मुद्दाको तथ्य र विषयवस्तुबाट यसको यकिन गर्नुपर्ने । यसको सीमा र अपवादहरूसमेत रहेको हुन्छ । खासगरी नियमनकारी निर्णय (regulatory decision) गर्दा नियमले तोकेको प्रक्रिया पालना गरेको छ भने त्यसले प्राकृतिक न्यायको सिद्धान्तको उद्देश्य पूरा गरेको मानिने । कुनै खास अवस्थामा लिखित स्पष्टीकरण नसोधिएकै कारण प्राकृतिक न्यायको सिद्धान्तको उल्लङ्घन भएको भनी अर्थ गर्न नमिल्ने । विधायिकी कानूनले कतिपय अवस्थामा छुट्टै सुनुवाइको मौका दिइरहनु नपर्ने गरी व्यवस्था गर्न सक्ने तर्फसमेत हेक्का राख्नु आवश्यक हुने । (प्रकारण नं. ८) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री सूर्यप्रसाद कोइराला र विद्वान् अधिवक्ता श्री किरण पौडेल प्रत्यर्थीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री अच्युतमणी न्यौपाने, विद्वान् अधिवक्ताद्वय श्री ममता महर्जन र श्री डिल्लीप्रसाद अधिकारी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपाल संविधान आदेश न्या. नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६ र १३३ को उपधारा (२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गत दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यसप्रकार छ:- तथ्य खण्ड निवेदक प्राइभेट फर्म रजिस्ट्रेसन ऐन, २०१४ बमोजिम दर्ता कायम रही सम्बन्धित निकायबाट इजाजत प्राप्त समुन्द्र पार आयात तथा निर्यात साथै पेट्रोलियम पदार्थको कारोबार एवम् व्यवसाय गर्ने अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था भएको नाताले प्रस्तुत निवेदन गर्ने अधिकार रहेको र सो फर्मको अख्तियारवाला व्यक्ति भएकोले उक्त फर्मले गर्ने कारोबारमा सार्थक सम्बन्ध छ । निवेदक फर्मले पर्सा जिल्लाको रामगढवा नगरपालिका वडा नं.५ मा बिक्रीस्थल कायम गरी आफ्नो उद्देश्यबमोजिम पेट्रोलियम पदार्थको खरिद बिक्री गर्दै आएकोमा सो स्थानमा पेट्रोलियम भण्डारणमा समस्या आई पेट्रोलियम पदार्थ बिक्रेता विनियमावली साथै अन्य प्रचलित कानूनको अधीनमा रही सडक डिभिजन कार्यालय पर्सा, जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्सा र वीरगन्ज उपमहानगरपालिका कार्यालयसमेतको सिफारिस एवम् अनुमति लिई बिक्रीस्थल परिवर्तन गरी मापदण्डअनुसार पूर्वाधार तयार गरेको अवस्था थियो । त्यसरी बिक्रीस्थल परिवर्तन साथै मापदण्ड पूरा गरी मध्यमाञ्चल क्षेत्रीय कार्यालय वीरगन्जमा द.नं.२३० मिति २०७३।०३।१० बाट कारोबार पुनः सुचारू गर्न पेट्रोलियम पदार्थ आपूर्ति गरिदिन निवेदन दिएकोमा सो कार्यालयबाट मिति २०७३।०३।१४ पत्र सङ्ख्या १०१४ बाट आपूर्ति वितरण तथा एभिएसन विभागलाई सिफारिस गरिए पनि पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेको थिएन । मिति २०७३।१०।१५ मा पुनः निवेदन गरेकोमा सो निवेदनउपर तोक आदेश भए तापनि पेट्रोलियम पदार्थ आपूर्ति हुन सकेन । अन