निर्णय नं. ११०५३ - अंश चलन सम्बन्ध विच्छेद

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०५३ - अंश चलन सम्बन्ध विच्छेद भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७८/०८/१९ ३१०४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७८।८।१९ ०७४-CR-०९६२ मुद्दा:- अंश चलन सम्बन्ध विच्छेद पुनरावेदक/प्रतिवादी : गौरीमान श्रेष्ठको नाति, गोपीलाल श्रेष्ठको छोरा सुनसरी जिल्ला, इटहरी नगरपालिका वडा नं. १ घर भई काठमाडौं जिल्ला, विष्णु बुढानिलकण्ठ गा.वि.स., वडा नं. ३ हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका, वडा नं. ४ नयाँचोक बस्ने सेमन्तकुमार श्रेष्ठ विरूद्ध प्रत्यर्थी/वादी : गोपीलाल श्रेष्ठको बुहारी, सेमन्तकुमार श्रेष्ठको श्रीमती, धनप्रसादकी छोरी, काठमाडौं जिल्ला, विष्णु बुढानिलकण्ठ गा.वि.स. वडा नं. ३ हाल काठमाडौं जिल्ला, बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ नयाँचोक घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. ३२ को कालिका स्थान ३० बस्ने डिना श्रेष्ठ ०७४-CR-०९६३ पुनरावेदक/प्रतिवादी : गोपीलाल श्रेष्ठको बुहारी सेमन्तकुमार श्रेष्ठको श्रीमती धनप्रसाद श्रेष्ठको छोरी काठमाडौं जिल्ला, विष्णु बुढानिलकण्ठ गा.वि.स., वडा नं. ३ को परिवर्तित बुढानिलकण्ठ नगरपालिका, वडा नं. ४ नयाँचोक घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ३२ को कालिका स्थान स्थिति माइतीघर बस्ने डिना श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी/वादी : गौरीमान श्रेष्ठको नाति गोपीलाल श्रेष्ठको छोरा सुनसरी जिल्ला, इटहरी नगरपालिका वडा नं. १ घर भई काठमाडौं जिल्ला, विष्णु बुढानिलकण्ठ गा.वि.स वडा नं. ३ को हाल परिवर्तित बुढानिलकण्ठ नगरपालिका वडा नं. ४ नयाँचोक बस्ने सेमन्तकुमार श्रेष्ठसमेत कानूनबमोजिम कर्जा प्रवाह गर्ने उद्देश्यले संस्थापित बैंक, वित्तीय संस्था आदिबाट कानूनले तोकेको रीत प्रक्रिया पूरा गरी लिएको कर्जा अंश बन्डाका लागि कर्जा असुलीका कानूनी प्रक्रियासम्म कुरिरहनुपर्ने भन्नु न्यायोचित नहुने । त्यस्ता निकायमा सगोलको सम्पत्ति धितो राखेर लिएको कर्जामा धितो सुरक्षणमा राखेको सम्पत्ति बन्डा लाग्ने तर सोही धितोबाट लिएको कर्जा बन्डा नलाग्दा जुन अंशियारको नाममा ऋण रहेको छ सो अंशियारले समयमा ऋण चुक्ता नगरेमा कर्जा असुलीको प्रक्रिया प्रभावित हुने र सम्बन्धित अंशियारले आफ्नो अंशभाग छुट्टयाई लिन नसक्ने अवस्था सिर्जना हुनेतर्फ अदालत उदासीन हुन नमिल्ने । यस स्थितिमा त्यस्तो सम्पत्ति बन्डा लाग्ने अंशियारहरूबिच ऋणसमेत बन्डा गर्नु व्यावहारिक र न्यायोचित हुने । (प्रकारण नं. ७) प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री राजु बस्नेत एवम् विद्वान् अधिवक्ताद्वय श्री केदार दाहाल र श्री अन्जु उप्रेती फुँयाल वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री सतिषकृष्ण खरेल र श्री भरत खनाल एवम् विद्वान् अधिवक्ताद्वय श्री नरेन्द्र कुमार श्रेष्ठ र श्री अर्जुन खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : न्याय प्रशासन ऐन, २०७३ प्रमाण ऐन, २०३१ मुलुकी देवानी कार्यविधि संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा. न्या. श्री ऋषिकेश वाग्ले काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री मेघनाथ भट्टराई मा. न्या. श्री कृष्ण गिरी. उच्च अदालत पाटन, ललितपुर फैसला न्या. नहकुल सुवेदी : उच्च अदालत पाटनको मिति २०७४।३।१३ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्‍याइ हेर