निर्णय नं. ११०५९ - लागु औषध (खैरो हेरोइन)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०५९ - लागु औषध (खैरो हेरोइन) भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०८/२३ १३४८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।८।२३ ०७१-CR-१५३९ मुद्दा:- लागु औषध (खैरो हेरोइन) पुनरावेदक / प्रतिवादी : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं. १९, बुद्धनगर घर भई हाल कारागार कार्यालय कञ्चनपुरमा कैदमा रहेको रोहित पालिवाल अग्रवाल विरूद्ध प्रत्यर्थी / वादी : प्र.ना.नि. लोकेन्द्र पुजाराको प्रतिवेदनले नेपाल सरकार साँझको ५ बजेपछि सबै सरकारी कार्यालय बन्द हुने हुँदा ५ बजेपछि र गस्तीको समयमा सडकमा चेकजाँचको क्रममा तत्काल तयार गर्नुपर्ने बरामदी मुचुल्कामा जनप्रतिनिधि वा सरकारी कर्मचारी प्रायः भेट हुन नसक्ने भएबाट अनुसन्धान अधिकृत प्र.ना.नि. को नेतृत्वमा बरामद गरिएको बरामद मुचुल्का सोही आधारबाट मात्र बेरितको भन्न नसकिने । (प्रकरण नं. ३) लागु औषध कहाँबाट, कोसँग खरिद गरी कहाँ बिक्री गर्न लागेको भन्ने कुरा नखुलेकै कारणबाट आरोपित कसुरबाट उन्मुक्ति पाउने आधार बन्न नसक्ने । (प्रकरण नं. ४) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री कृष्ण सापकोटा र विद्वान् अधिवक्ता श्री मोतीलाल श्रेष्ठ प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री विष्णुप्रसाद पौडेल अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने : मा. न्या. श्री भोजराज अधिकारी कञ्चनपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसाल गर्ने : मा. न्या. श्री पोषनाथ शर्मा मा. न्या. श्री रामेश्वरनाथ अमात्य पुनरावेदन अदालत महेन्द्रनगर फैसला न्या. सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ख) बमोजिम पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला कञ्चनपुर, भिमदत्त न.पा. वडा नं. ६, शिवमन्दिर राजमार्गको महेन्द्रनगर गड्डाचौकीतर्फ जाने सडकखण्डस्थित मिति २०६७।१२।२ गतेको बेलुकी महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जान लागेको चालक रविन्द्रकुमार पण्डितले चलाई हाँकेको यू.पी. ८३एन ४२७९ नं. को कालो रङ्गको कार चेकजाँच गर्ने क्रममा सो कारभित्र गाडी मालिक रोहित पालिवाला अग्रवालको शरीर खान तलासी गर्दा निजले लगाएको कालो रङ्गको जिन्स पाइन्टको अगाडिपट्टिको खल्तीमा लुकाई छिपाई राखेको कालो प्लाष्टिकभित्र पोको बनाई राखेको ५३ ग्राम खैरो हेरोइन जस्तो पदार्थ बरामद भई निजले प्रयोग गरेको यू.पी. ८३एन ४२७९ नं. कालो रङ्गको होन्डा सिटी कार जिपसमेत बरामद भएको बरामदी मुचुल्का । मिति २०६७।१२।२ गते बेलुकी मेरो कमान्डमा स्थानीय बजार महेन्द्रनगरबाट गड्डाचौकीतर्फ जाने सडकको शिवमन्दिर एरियातर्फ सवारी साधन चेक जाँच गर्ने क्रममा महेन्द्रनगरबाट गड्डाचौकीतर्फ गइरहेको यू.पी. ८३एन ४२७९ नं. को कार चेकजाँच गर्दा सो कारभित्र भारत, उत्तर प्रदेश, जिल्ला आग्रा फिरौजावाद बस्ने रोहित अग्रवाल पालिवाल र सो गाडीको चालक रविन्द्रकुमार पण्डित रहेको सवारी धनी रोहित पालिवाल अग्रवालको शरीर खान तलासी गर्दा निजको जिन्स पाइन्टको दायाँ अगाडि खल्तीबाट बरामदी मुचुल्कामा उल्लिखित ५३ ग्रा. खैरो हेरोइनसहित फेला पारी निज दुवै जनाले प्रयोग गरेको सवारी साधन कारसमेत आवश्यक कारबाहीको लागि दाखिला गरेको भन्नेसमेत बेहोराको प्र.ना.नि. लोकेन्द्र सिंह पुजाराको प्रतिवेदन । विगतमा काठमाडौ