निर्णय नं. ११०६० - जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०६० - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: असार अंक: ३ फैसला मिति :२०७९/०८/०६ २५४२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।८।६ ०७२-CR-११६३ मुद्दा:- जबरजस्ती करणी पुनरावेदक/वादी : परिवर्तित नाम श्रीपुर डी को जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : जिल्ला धनुषा, मिथिलेश्‍वर निकास गा.वि.स. वडा नं.७ बस्ने रामअशिष साहको छोरा सन्तोष कुमार साह सुडी जबरजस्ती करणीसम्बन्धी अपराध पीडित र तिनका परिवारसमेतका लागि पीडादायक र महिला विरूद्ध हुने जघन्य अपराध हो । तथापि पीडितले घटना विवरण कागज गर्दैमा मात्रै कसुरदार ठहर भइहाल्ने हुँदैन । पीडितले घटना विवरण कागजको बेहोरा र अदालतमा बकपत्र गर्दा एकै बेहोरा उल्लेख नगरी फरकफरक बेहोरा उल्लेख गरी आफूउपर कसुर नै नभएको भन्ने बकपत्र गर्दछन् भने अन्य प्रमाणको अभावमा अनुमान र शंकाको भरमा कसुर कायम गर्न नमिल्ने । (प्रकरण नं. १३) पुनरावेदक/वादीका तर्फबाट : विद्वान्‌ उपन्यायाधिवक्ता श्री विना दाहाल प्रत्यर्थी/प्रतिवादी तर्फबाट : विद्वान्‌ वरिष्‍ठ अधिवक्ताहरू श्री महादेव यादव र श्री शम्भु थापा तथा विद्वान्‌ अधिवक्ता श्री सपना सुवेदी अवलम्बित नजिर : सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. जि. न्या. श्री सुदर्शनराज पाण्डे पर्सा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. मु. न्या. डा. श्री कुलरत्‍न भूर्तेल मा. न्या. श्री डिल्लीराज आचार्य पुनरावेदन अदालत हेटौंडा फैसला न्या. हरिप्रसाद फुयाल : तत्कालीन पुनरावेदन अदालत हेटौंडाको मिति २०७२।३।८ को फैसलाउपर दोहोर्‍याई हेर्नको लागि निवेदन परी न्याय प्रशासन ऐन, २०४८ को दफा १२ को उपदफा (१) को खण्ड (क) र (ख) बमोजिम दोहोर्‍याई हेर्ने अनुमति प्रदान भई न्याय प्रशासन ऐन, २०४८ को दफा ९ उपदफा (१) बमोजिम यस अदालतमा पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः तथ्य खण्ड मिति २०७१।३।१७ गते बिहान ०८:०० बजेको समयमा जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.२ मा रहेको एउटा घरमा हो हल्ला भएको छ भन्‍ने खबर पाई सो ठाउँमा पुग्दा एक जना महिलालाई एक जना पुरूष व्यक्तिले कोठामा राखी जोर जुलुममा पारी जबरजस्ती यौन सम्पर्क गरेको छ भन्‍ने उपस्थित २०/२५ जना समूहका मानिसहरूले भनेको । उपस्थित मानिसहरू केटीतर्फका भई पीडितलाई उद्धारको लागि आएका हुन् भन्‍ने बुझिएको । उपस्थित मानिसहरूले सो कोठामा रहेका केटालाई कुटपिटसमेत गरेको अवस्थामा पाइएको र निजको नाम, थर, वतन सोधपुछ गर्दा जिल्ला धनुषा, मिथिलेश्वर गा.वि.स. वडा न.७ बस्ने वर्ष ३७ को सन्तोषकुमार साह सुडी भनी बताएकोले घटना महिला हिंसा विरूद्धको अपराध भएकोले पीडितको नाम, थर, वतन गोप्य राखी ३४ जिल्ला वीरगन्ज उपमहानगरपालिका वडा नं.१५ बस्ने वर्ष १५ की श्रीपुर (घ) लाई उद्धार गरी पीडकलाई पक्राउ गरी थप अनुसन्धानको लागि दाखिला गरेको भन्‍ने प्रहरी प्रतिवेदन । जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं.२ स्थित पूर्वमा खाली जग्गा पश्‍चिम पक्‍की घर उत्तरमा खाली जग्गा दक्षिण सडक बाटो यति चार किल्लाभित्रमा उपेन्द्रलाल कर्णको २ तल्ले पक्‍की घर भएको । सो घरको पहिलो तल्लाको २ वटा बेडरूम, एक वटा किचेन र एउटा ट्वाइलेट बाथरूमसमेत भएकोमा सो ठाँउमा सन्तोषकुमार साह सुडीले कोठा भाडामा लिई बस्दै आएको । सो कोठामध्ये पश्‍चिमपट्टिको कोठामा श्