निर्णय नं. ४२६१ - जिउ मास्ने बेच्ने

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२६१ - जिउ मास्ने बेच्ने भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०३/०३ २७३८ निर्णय नं. ४२६१ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४७ सालको फौ.पु.नं. २५० फैसला भएको मिति : २०४८।३।३।२ मा पुनरावेदक/प्रतिवादी : कारागार शाखा नख्खुमा थुनामा रहेका लालबहादुर तामाङ विरुद्ध वादी: कृष्णदेवी कपालीको जाहेरीले श्री ५ को सरकार मुद्दा : जिउ मास्ने बेच्ने (१) बिक्री गर्ने उद्देश्यले ललाई फकाई नेपाल सरहद बाहिर भारतको बम्बैमा लगी बिक्री गरिसकेको कुरा प्रमाणित हुन आएकोले पुनरावेदक प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत देखिन आएन । अतः पुनरावेदक प्रतिवादीलाई मुलुकी ऐन जीउ मास्ने बेच्नेको महलको १ नं. बमोजिम कैद वर्ष (२०) बीसको सजायँ गर्ने गरेको इन्साफ न्यायसंगत नै देखिँदा इन्साफ मनासिब ठहर्ने । (प्रकरण नं. १५) पुनरावेदक प्रतिवादीतर्फबाट: विद्वान अधिवक्ता श्री धु्रवलाल श्रेष्ठ (साविक पेज नं. ७५) फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको फैसला उपर पुनरावेदन परी आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं जिकिर फैसला यस प्रकार छ । २. राजु भन्ने लालबहादुरसंग जानपहिचान भएपछि, निजले मलाई श्रीमती बनाई राख्ने इच्छा व्यक्त गरेको मेरो पनि त्यसमा सहमति भएकाले हामी दुई महीना जति डेरामा बसेका थियौं । निजले आफ्नो घर सिन्धुपाल्चोक भनेका थिए । त्यस समयमा हाम्रो डेरामा पूर्णबहादुर तामाङ पनि आउने जाने गर्दथे । २०४१ साल कार्तिक महीनाको कुरा हो तिमीलाई पूर्वको घरमा लान्छु पूर्णबहादुर पनि साथैमा जानेछन भनेकाले क्षेत्रपाटीको डेराबाट बेलुका निजहरुले मलाई बसपार्कमा ल्याए । रात्रीको बसमा राखी पूर्वको घरमा जाने भनी मलाई झुक्याई भैरहवा जाने बसमा चढाई लगेको रहेछ खाना खाने बेलामा नारायणघाट भन्ने ठाउँमा आइपुगेको थाहा पाएँ । लालबहादुरको घर जाने बाटो मलाई थाहा थिएन । कसैले सोधनी गरेमा हामी लोग्ने स्वास्नी हो भन्नु भनी राजुले सिकाएका थिए । घर जाने बाटो यतै हो भन्दै झुक्याई भैरहवाबाट भारत बम्बैमा पुर्‍याई बम्बैको पिलार्से भन्ने ठाउँमा पुर्‍याए र २ दिन पछि बेश्यावृत्तिमा संलग्न रहेका रेणु तामाङको जिम्मा लगाइसकेपछि निजहरु त्यहाँ फर्की आएनन् । त्यसबारेमा रेणुसंग सोधनी गर्दा तिमीलाई रु. १० हजारमा मलाई बिक्री गरी गएकोले अब तिमी रण्डी कोठीमा बस्नु पर्नेछ भनिन् केही दिन पछि म त्यहाँ बस्न सकिन रोई कराई गर्दा रेणुले माइली तामाङनीको कोठीमा सारी दिएकी थिइन । त्यही अवस्थामा मानकुमारीसंग पनि भेट भएकाले कोठीबाट उम्की भारतीय प्रहरीको शरणमा पुग्यौं । निजहरुले नेपाली सीमासम्म ल्याई दिएकाले २०४२ श्रावण १२ गते काठमाडौं आई पुगेकाले यो दर्खास्त गर्न आएका छौं । पक्राउ गरी कानुन बमोजिम कारवाही गरी पाउँ भन्ने समेत व्यहोराको कृष्णदेवी कपालीको मिति ०४२।७।३० को जाहेरी दर्खास्त । ३. म र पूर्णबहादुर भई कृष्णदेवीलाई मेरो स्वास्नी बनाई राखी, केही महीना पछि आफ्नो घरमा लाने भनी झुक्याई काठमाडौंबाट भारतको बम्बैमा लगी रेणु तामाङनीलाई रु. १०।– हजारमा बिक्री गरेको हो भन्ने समेत व्यहोराको राजु माइला भन्ने लालबहादुर तामाङले प्रहरी समक्ष गरेको बयान कागज । ४. कृष्णदेवीलाई लालबहादुरको घरमा लग्ने भनी झुक्याई लालबहादुर र म समेत भई रातीको बसमा राखी भारतको बम्बै पिलार्से भन्ने ठाउँमा लगी रेणु तामाङनीसंग मोलतोल गर्दा रु. १० हजारमा