निर्णय नं. ११०६५ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०६५ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०७/२३ १३३७ सर्वोच्च अदालत, पूर्ण इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा.श्री कुमार चुडाल आदेश मिति : २०७९।७।२३ ०७४-WF-०००३ मुद्दा: उत्प्रेषणसमेत निवेदक : जिल्ला बारा, गा.वि.स.अमृतगञ्ज वडा नं.३ घर भई हाल जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र, पर्सामा कविराज पद छैठौं तहमा कार्यरत रामनारायण प्रसादसमेत विरूद्ध विपक्षी : व्यवस्थापिका संसद्‌ सचिवालय, काठमाडौंसमेत संवैधानिक व्याख्याको विषय समावेश हुने बित्तिकै सो मुद्दालाई संवैधानिक इजलासबाट मात्र निरूपण हुनुपर्ने भन्ने मनसाय नेपालको संविधानको रहे भएको पाइन्न । सर्वोच्च अदालतको जुनसुकै इजलास संवैधानिक विवादको व्याख्या र निरूपण गर्न सक्षम रहेको मानिने । (प्रकरण नं. ३) कुन पदका लागि कस्तो-कस्तो योग्यता चाहिने भन्‍ने कुराको निर्क्यौल गर्ने कार्य निश्‍चित वर्ग समुदाय वा व्यक्तिलाई लक्षित नभई सामान्य नीतिगत कार्य कानूनी रोहबाट प्रकट हुने भएकोले सो अवस्थालाई समानताको हक विरूद्ध भन्‍न नसकिने । (प्रकरण नं. ४) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री उमेशप्रसाद विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री दिनेश घिमिरे अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान नेपालको अन्तरिम संविधान, २०६३ नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ यस अदालतमा फैसला गर्नेः मा. न्या. श्री दीपककुमार कार्की मा. न्या. डा.श्री आनन्दमोहन भट्टराई आदेश न्या. डा. कुमार चुडाल : यस अदालतको संयुक्त इजलासका माननीय न्यायाधीशहरूबिच रायबाझी भई सर्वोच्च अदालत नियमावली, २०४९ को नियम ३(क) बमोजिम यस इजलाससमक्ष पेस हुन आएको प्रस्तुत मुद्दाको तथ्य एवं ठहर यसप्रकार छः- हामी रिट निवेदकहरूलाई लोक सेवा आयोगको सूचना नं. ४३/०५८/५९ मिति २०५८।०९।१० को प्राप्त सिफारिस पत्रानुसार एक वर्षको परीक्षण कालमा रहने गरी सेवा स्वास्थ्य समूह आयुर्वेद पद कविराज (सहायक पाँचौं तह) मा स्थायी नियुक्ति गरिएको बेहोरा आयुर्वेद विभागको मिति २०५८।१०।०८ को एकै मितिका निर्णयअनुसार स्थायी नियुक्ति पाई सेवारत रहेका छौं । हामी रिट निवेदकहरू पाँचौं तहको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता प्राप्त व्यक्ति छौं । हामीले Tribhuvan University, Institute of Medicine, Ayurved Campus, Kathmandu बाट Certificate in Medical Science को अध्ययन पूरा गरी नेपाल स्वास्थ्य व्यवसायी परिषद्का द्वितीय तहमा दर्ता भएको स्वास्थ्यकर्मीसमेत हौं । नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ मिति २०६३।०८।२२ मा भएको तेस्रो संशोधनले विस्थापित गर्‍यो । अर्थात्‌ मिति २०६३।०८।२१ गतेसम्म ऐनको दफा ९ कायम रहेको अवस्था थियो । उक्त व्यवस्थाबमोजिम हामी निवेदकहरूलाई ३ वर्षमा नै पाँचौं तहबाट छैठौं तहमा स्तरवृद्धि गर्नुपर्ने थियो । तर विपक्षी नं. ५ ले उक्त स्तरवृद्धिलगायतको कार्यसमेत गरेन । मिति २०६३।०८।२२ मा भएको तेस्रो संशोधन हुँदा हाम्रो सेवा अवधि ५ वर्ष पूरा भइसकेको अवस्था थियो । विपक्षीले नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ पटक पटक प्रयोग गरे पनि २०५८ सालमा सेवा प्रवेश गरेका हामी रिट निवेदकहरूको हकमा उक्त कानूनी व्यवस्था लागु नगरिएकोले अन्यायमा पर्‍यौं । यस विषयमा मौखिक तथा लिखित रूपमा समेत अनुरोध गर्दा त्यसको सुनुवाइ वा कुनै कारबाही नै भएन । विपक्षीहरूले उक्त कानूनलाई विभेदकारी रूपमा ल