निर्णय नं. ११०६६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०६६ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/११/१६ २७३७ सर्वोच्च अदालत, संयुक्त इजलास स.का.मु.प्रधान न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति: २०७९।११।१६ ०७३-CR-१२८९ मुद्दाः जबरजस्ती करणी पुनरावेदक वादी : परिवर्तित नाम निखिलको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : संखुवासभा जिल्ला, खाँदबारी नगरपालिका वडा नं.२ बस्ने कृष्णबहादुर राई सामान्यतयाः सामान्य बौद्धिक अपाङ्गता भएका व्यक्तिमा करणीको मन्जुरी दिन सक्ने सक्षमता हुन सक्ने देखिन्छ । अपाङ्गताको गम्भीरता बढ्दै जाँदा त्यस्तो सक्षमता घट्दै जान सक्छ । कुनै व्यक्ति करणीको मन्जुरी दिन सक्छ वा सक्दैन भन्ने निष्कर्षमा पुग्नुअघि निजले करणीको कार्यको प्रकृति तथा परिणाम बुझ्न सक्दछ वा सक्दैन भनी निर्क्यौल गर्नु आवश्यक हुने । त्यस्तोमा करणीको मन्जुरी दिन सक्षम भएको व्यक्तिको यौन स्वायत्ततामा असर पर्ने गरी सुस्तमनस्थिति वा बौद्धिक अपाङ्गता भएको प्रत्येक व्यक्ति करणीको मन्जुरी दिन सक्षम हुन सक्दैन भन्ने मान्यता तर्कसङ्गत नदेखिने । (प्रकरण १०) कुनै व्यक्तिमा करणीको मन्जुरी दिन सक्षमता हुनको निमित्त कसुरको प्रकृति, यौन रोग सर्न सक्ने जोखिम, गर्भवती हुन सक्ने परिणाम, कसैले करणीको प्रस्ताव गरे नकार्न सक्ने चेतना र करणीको कार्यको लागि अर्को व्यक्तिको क्षमता र मन्जुरी हुनुपर्ने भनी बुझ्न सक्ने अवस्था भएको व्यक्ति हुनुपर्ने । हरेक प्रकारको सुस्तमनस्थिति वा बौद्धिक अपाङ्गताको अवस्थालाई गोश्वारा रूपमा होस ठेगान नरहेको अवस्था कायम गर्ने नभई उक्त व्यक्तिले करणीको सहमति दिन सक्दछ वा सक्तैन भनी निजले करणीको कार्यको प्रकृति तथा करणीमा संलग्न हुँदा हुन सक्ने परिणाम तर्कसङ्गत रूपमा बुझ्न सक्दछ वा सक्तैन भनी परीक्षण गरी निर्क्यौल गर्नुपर्ने । (प्रकरण १३) होस ठेगानमा नरहेको व्यक्ति मन्जुरी दिन पूर्ण रूपमा असक्षम हुने हुँदा त्यस्तो मन्जुरीलाई मन्जुरी नमानी सो अवस्थामा भएको करणीलाई जबरजस्ती करणी मान्नुपर्ने । होस ठेगान नरहेको अवस्था भन्नाले कुनै कृत्रिम अवस्थाका कारण अर्थात् लागु औषध, मादक पदार्थ सेवन वा यस्तै प्रकृतिका अन्य कारणले क्षणिक होस गुमाएको अवस्थामा गरिने करणीसमेतलाई बुझ्नुपर्ने देखिन्छ । त्यस्तै पूर्ण अशक्त अपाङ्गता भन्नाले कुनै जटिल रोग वा दीर्घकालीन र प्राकृतिक रूपमै प्रतिकार गर्न नसक्ने अवस्था रहेका भन्ने बुझ्नुपर्ने । (प्रकरण १४) सुस्तमनस्थिति वा बौद्धिक अपाङ्गता भएका व्यक्तिले करणीको कार्यको प्रकृति र परिणाम बुझ्न सक्ने वा नसक्ने, होस ठेगानमा भएको वा नभएको, करणीको मन्जुरी दिन सक्ने वा नसक्ने अवस्थाको यकिन हुने गरी एक प्रकारको कार्यात्मक परीक्षण (functional test) अपराध अनुसन्धानकै बेलादेखि अपनाउनुपर्ने आवश्यकता भएको सन्दर्भमा नेपाल प्रहरीलाई ध्यानाकर्षण गराउने । (प्रकरण १५) होस ठेगान नरहेको व्यक्तिसँगको करणीको कार्य कानूनद्वारा निषेधित करणी (statutory rape) हुने तर सुस्तमनस्थिति वा बौद्धिक अपाङ्गता मात्र भएको व्यक्तिसँग करणी गरेको कार्य कानूनद्वारा निषेधित (statutory rape) नहुन पनि सक्ने । बौद्धिक अपाङ्गता भएको तर होस ठेगानमा रहेको व्यक्तिको यौन स्वायत्ततालाई कानूनी व्यवस्थाले संरक्षण गरेकै देखिएकाले होस ठेगानमा रहेको व्यक्तिले सबै अवस्थामा करणीको मन्जुरी दिन सक्तैन भन्ने तर्कलाई मान्न नसक्ने । (प्रकरण १६) पुनरावेदक वादीका तर्फबाट :