निर्णय नं. ११०६७ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०६७ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०१/१६ ९८२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्‍वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति: २०७९।१।१६ ०७५-WO-००८१ मुद्दा :- उत्प्रेषण / परमादेश निवेदक : चिनक पासीको नाति, भुकुडु पासीको छोरा, जिल्ला रूपन्देही, सेमरा गा.वि.स. वडा नं. ६ हाल परिवर्तित मर्चवारी गाउँपालिका वडा नं.१ मौजा मनौरा बस्ने गंगाराम पासीसमेत विरूद्ध विपक्षी : विश्वनाथ कुर्मीको श्रीमती, जिल्ला रूपन्देही, सेमरा गा.वि.स. वडा नं. ५ को हाल परिवर्तित मर्चवारी गा.पा. वडा नं. १ मौजा इस्लामपुर बस्ने ज्ञानमति कुर्मी अदालतबाट फैसला भई अन्तिम भई बसेको फैसलालाई चुनौती दिई कुनै पक्ष अदालतमा नआएसम्म अर्को कुनै मुद्दामा त्यस्तो अन्तिम भई बसेको फैसलालाई अन्यथा गर्ने गरी आदेश वा फैसला गर्न नपाइने । पछिल्लो आदेश वा फैसलाले कानूनी मान्यता प्राप्त गर्न नसक्ने । फैसला कार्यान्वयन गर्ने निकाय वा अधिकारीलाई फैसलाभन्दा फरक ढङ्गले कार्यान्वयन गर्ने अधिकार र छुट नहुने । नयाँ घटनाक्रम विकास भएर थप तथ्य सिर्जना नभएसम्म चुनौती नदिइएको फैसला कुनै पनि बाटोबाट बदर गर्न नसकिने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री कमलेश द्विवेदी विपक्षीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. विश्‍वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधान, २०७२ को धारा ४६ तथा १३३ (२) र (३) बमोजिम यसै अदालतको अधिकारक्षेत्रभित्र पर्ने प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यसप्रकार छ:- तथ्य खण्ड रिट निवेदनपत्र मूल पुरूष भुकुडु पासीको २ छोरा जेठा विपक्षीमध्ये प्रहलाद पासी, कान्छा निवेदकमध्ये म गंगा पासी र प्रहलाद पासीको श्रीमती म निवेदकमध्ये ज्ञानमती र हामीबाट जायजन्म भएका दुई छोराहरू जेठा निवेदक दुवेस पासी र कान्छा निवेदक उमेश पासी हौं । हामी निवेदक वादी तथा विपक्षी प्रहलाद पासी प्रतिवादी भई अंश नामसारी (०७०-CP-०५५९) को मुद्दा चली रूपन्देही जिल्ला अदालतबाट अंश पाउने ठहर गरी मिति २०७१।८।१५ मा फैसला भई अन्तिम भई बसेको छ । त्यस्तै विपक्षी प्रहलाद पासीले सगोलको हक लाग्ने जग्गा ज्ञानमती कुर्मीलाई हाम्रो सहमति मन्जुरीबेगर र.नं.३४३७ग मिति २०७०।१०।६ को लिखतमार्फत बिक्री गरेउपर हामीले दायर गरेको लिखत दर्ता बदर (०७०-CP-०५६०) मुद्दामा रूपन्देही जिल्ला अदालतबाट हाम्रो अंश हकको हदसम्मको लिखत बदर हुने ठहर गरी २०७१।८।१५ मा फैसला भएको र तत्कालीन पुनरावेदन अदालत बुटवलबाट पनि सोही फैसला सदर हुने ठहरी मिति २०७२।६।१२ मा फैसला भएकोमा फैसलाबमोजिम तर्फ खुलाइपाउँ भनी हामी निवेदकहरूको रूपन्देही जिल्ला अदालतमा दरखास्त परी अदालतबाट डोर खटी गई मिति २०७४।७।२५ मा तर्फ छुट्याएको मुचुल्कासमेत खडा भई मिति २०७४।८।१३ का दिन तामेली आदेशसमेत भएको तर हालसम्म दा.खा. गराएका छैनौं । यसैबिच विपक्षी ज्ञानमती कुर्मीले मौजा इसलामपुर बस्ने भनी विपक्षी प्रहलाद पासीको झुठा ठेगाना उल्लेख गरी लेनदेन (मु.नं. ०७२-CP-०७६४) मुद्दा दायर गरी वादी दाबीबमोजिम वादीले प्रतिवादीबाट भराई लिन पाउने ठहर्‍याई मिति २०७३।११।९ मा फैसला गराई सो फैसला कार्यान्वयनको क्रममा सगोलको सम्पत्तिबाट बिगो भराइपाउँ भनी हामी निवेदक सो लेनदेन मुद्दामा प्रतिवादी नै नभएका अवस्थामा पनि हाम्रो वतन गलत ढङ्गले उल्लेख गरी देखाई मिति २०७४।८।११ मा दरखास्त दर्ता गरेकोमा रूपन्दे