निर्णय नं. ११०६९ - लागु औषध (ब्राउन सुगर)
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०६९ - लागु औषध (ब्राउन सुगर) भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०९/२७ २६२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।९।२७ ०७२-CR-०१२८ मुद्दाः- लागु औषध (ब्राउन सुगर) पुनरावेदक वादी : प्र.स.नि. कलकबहादुर शाहीसमेतको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला दाङ, घोराही न.पा. वडा नं. २ बस्ने संजिव रावतसमेत व्यापारिक प्रकृतिको कारोबार नदेखिएसम्म सेवन प्रयोजनका लागि खरिद गरेको कुरालाई मात्र हेरेर खरिद बिक्री, सञ्चय वा ओसारपसारसम्बन्धी कसुर ठहर गर्नु मनासिब नहुने । भुक्तान गरिएको मूल्यको दृष्टीले हेर्दा ठुलो परिमाण नदेखिएको कुरालाई लिएर अन्यथा प्रमाणित नभएसम्म व्यापारिक प्रयोजनको लागि गरिएको खरिद बिक्री हो भनी अर्थ लगाउनु मनासिब नहुने । यदाकदा थोरै मूल्यका कारोबारमा पनि व्यापारिक प्रयोजन देखिन सक्ने, तर यसका लागि सो कारोबार व्यापारिक प्रकृतिबाट गरिएको तथ्य पुष्टि हुनुपर्ने । (प्रकरण नं. ४) पुनरावेदक वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री शिवप्रसाद आचार्य प्रत्यर्थी प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री नरबहादुर योगी र श्री भोजबहादुर ढकाल अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री दयानाथ खरेल दाङ देउखुरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री शेषराज सिवाकोटी मा. न्या. श्री मेघनाथ भट्टराई पुनरावेदन अदालत, तुलसीपुर फैसला न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को (क) र (ख) बमोजिम पुनरावेदन अदालत तुलसीपुरको फैसला दोहोर्याई हेरिपाउँ भनी वादी नेपाल सरकारको तर्फबाट यस अदालतमा परेको निवेदनका सन्दर्भमा मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भएबमोजिम पुनरावेदनको रोहमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा जिल्ला दाङ, घोराही न.पा. २, पनौरा बस्ने संजिव रावत, ऐ. ११ बस्ने सुशील थापा, ऐ. बस्ने शालिकराम पाण्डे, ऐ. वडा नं. ६ बस्ने बसन्त रोकासमेतका व्यक्तिहरूले लागु औषध ब्राउन सुगर बेचबिखन एवं सेवन गरिरहेको अवस्थामा निजहरूको शरीर खानतलासी लिँदा सुशील थापाको साथबाट २ ग्राम २५ मिलिग्राम अवैध लागु औषध ब्राउन सुगर बरामद गरेको, अन्य व्यक्तिको साथबाट केही फेला नपरेको भन्ने जिउको खानतलासी मुचुल्का । मिति २०६९/६/४ गते बिहान अन्दाजी ९.०० बजेको समयमा जिल्ला दाङ, घोराही न.पा. २, पनौरास्थित चार जना व्यक्तिहरूले अवैध लागु औषध ब्राउन सुगर किनबेच एवं सेवन गरिरहेको भन्ने सूचनाको आधारमा मसमेतको प्रहरी टोली उक्त स्थानमा जाँदा प्रहरी टोलीलाई देखी हतोत्साहित भई भागेको अवस्थामा स्थानीय मानिसहरूको सहयोगमा निजहरूलाई नियन्त्रणमा लिई शरीरको खानतलासी लिँदा प्लाष्टिकको पोकामा फेला पारी निजहरूलाई तत्काल सोधपुछ गर्दा निजहरूले लागु औषध सेवन गर्ने र बेचबिखन गर्ने गरेका छौँ भनेकाले निजहरू सुशील थापा, संजिव रावत, शालिकराम पाण्डे, बसन्त रोकालाई प्रतिवेदनसाथ आवश्यक कारबाहीको लागि पक्राउ गरी दाखिला गरेका छौँ भन्नेसमेत बेहोराको प्र.स.नि. कलकबहादुर शाहीसमेतको प्रतिवेदन । मिति २०६९/६/६ गते रातको अन्दाजी २२:०० बजेको समयमा जिल्ला दाङ, घोराही न.पा. ११, थारूगल्लीस्थित घोराही न.पा. १० बस्ने वर्ष २० को दीपक वली र ऐ. वडा न