निर्णय नं. ११०७० - लागु औषध गाँजा
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०७० - लागु औषध गाँजा भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०९/२७ १६५४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७८।९।२७ मुद्दाः लागु औषध गाँजा ०६९-CR-०४५४ पुनरावेदक प्रतिवादी : चन्द्रबहादुर थापाको छोरा जिल्ला पर्सा, वीरगन्ज उपमहानगरपालिका वडा नं. १५ बस्ने केशवबहादुर थापा विरूद्ध प्रत्यर्थी वादी : इलाका प्रहरी कार्यालय लाहानका प्र.ना.नि. लयबहादुर कार्कीसमेतको प्रतिवेदनले नेपाल सरकार ०७०-CR-०४२१ पुनरावेदक प्रतिवादी : मंगल राउतको छोरा जिल्ला पर्सा, गा.वि.स. जगरनाथपुर सिरा वडा नं. ६ घर भई कारागार कार्यालय, रामेछापमा थुनामा बस्ने हिरा राउत अहिर विरूद्ध प्रत्यर्थी वादी : प्र.ना.नि. लयबहादुर कार्कीसमेतको प्रतिवेदनले नेपाल सरकार सम्पूर्ण रूपमा गढाउ प्रमाण शून्यताको स्थितिमा केवल प्रतिवादीको नाममा सवारी साधन दर्ता रहेको छ भन्ने आधारमा नै निजलाई गाँजा ओसारपसार गरेको कसुरदार ठहर गर्नु न्यायोचित नहुने । कुनै सवारी साधनमा कुनै ड्राइभर, खलासी, यात्रु वा अन्य कसैले कुनै अवैध चिज-वस्तु राखेको कारणबाट नै स्वत: सो सवारी साधन जफत गर्न नमिल्ने । अवैध कार्य गर्ने गराउने कुरामा सवारी-धनीको जानकारी, सहमति वा मन्जुरी देखिनु आवश्यक हुने । (प्रकरण नं. ४) पुनरावेदक प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री बद्रिबहादुर कार्की र श्री विजयकान्त मैनाली तथा विद्वान् अधिवक्ताहरू श्री रामेश्वर सेढाईँ र श्री बसन्त नालामी, विदुषी वैतनिक अधिवक्ता श्री सुधा धिताल प्रत्यर्थी वादीका तर्फबाट : विदुषी उपन्यायाधिवक्ता श्री बिना दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री अवधविहारीप्रसाद सिन्हा सिराहा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. का.मु. मु. न्या. श्री लोकेन्द्र मल्लिक मा. न्या. श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत राजविराज फैसला न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१)(ग) बमोजिम यस अदालतमा पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छ: तथ्यगत बेहोरा जिल्ला सिराहा लाहान न.पा. वडा नं. १ स्थित पूर्व पश्चिम महेन्द्र राजमार्ग दक्षिणमा दिप मोटरसाइकल वर्कसप, उत्तरमा शर्मा इन्जिनियरिङ वर्कसप यति ४ किल्लाभित्र सडकको उत्तर किनारामा पार्किङ गरिराखेको ना.१ख ५३०३ नं. को ट्रक प्रहरीले तलासी लिँदा सो ट्रकको क्याबिनको हुडको भागमा प्लाष्टिकले लपेटी डोरीले बाँधी राखेको अवस्थामा २७९ के.जी. अवैध गाँजा बरामद भएको हो भन्नेसमेत बेहोराको बरामदी मुचुल्का । ना.१ख ५३०३ नं. को ट्रकमा लागु औषध गाँजा छ भन्ने सोही ट्रकका खलासी मिलन लामाले सुराकी दिएअनुसार ट्रकको तलासी गर्दा सो ट्रकमा २७९ के.जी. गाँजा फेला परेकोले सो गाँज़ा बरामद गरी यसै प्रतिवेदनसाथ दाखिला गरेको छौँ । आवश्यक कारबाही गरिपाउँ भन्नेसमेत प्र.ना.नि. लयबहादुर कार्कीसमेतको प्रतिवेदन । प्रहरीको प्रतिवेदन जाहेरीले वादी नेपाल सरकार प्रतिवादी राजुराज स्याङ्ताङसमेत भएको लागु औषध गाँजा मुद्दाको अनुसन्धानको सिलसिलामा गाँजा व्यापारी हिरा यादव भएको, निज लाहान ३ स्थित तारा लजमा बसेको भन्ने ट्रक खलासी मिलन लामाले भनेअनुसार उक्त लजमा गई बुझ्दा हिरा यादव भागी फरार भएका र सँगै एउटै कोठामा बसिरहेका शिवनारायण पण्डित र र