निर्णय नं. ११०७२ - उत्प्रेषण / परमादेशसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०७२ - उत्प्रेषण / परमादेशसमेत भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०२/१० १२८१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।२।१० ०६९-WO-१२०७ मुद्दा: उत्प्रेषण / परमादेशसमेत निवेदक : जिल्ला सुनसरी, गा.वि.स. नरसिंह वडा नं. ४ घर भई श्री जनता प्राथमिक विद्यालय, नरसिंह-७, सुनसरीका प्रधानाध्यापकबाट गैरकानूनी रूपले अवकाश दिएको बैजनाथप्रसाद यादव विरूद्ध विपक्षी : जिल्ला शिक्षा कार्यालय, इनरूवा, सुनसरीसमेत विलम्बको लागि “समय तत्त्व” भन्दा “लापरबाही” “अकर्मण्यता” जस्ता तत्त्वहरू महत्त्वपूर्ण हुने । कुनै गलत निर्णय वा आदेशबाट प्रतिकूल असर पर्ने व्यक्तिले यस्तो निर्णय वा आदेशको विरोध नगरी त्यसलाई चुप लागेर कार्यान्वित हुन दिन्छ, बेलैमा उपचारको खोजी गर्दैन भने कुनै तेस्रो व्यक्तिले त्यो निर्णय वा आदेशलाई सही मानेर सोअनुरूप कुनै भार वहन गरिसकेपछि सो निर्णय वा आदेश गलत थियो बदर हुनुपर्छ भन्‍न नपाइने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मिथिलेशकुमार सिंह र अधिवक्ता श्री हरिप्रसाद खनाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री सुर्यराज दाहाल, विद्वान् अधिवक्ता श्री केशव पाण्डे अवलम्बित नजिर : सम्बद्ध कानून : शिक्षा ऐन, २०२८ शिक्षा नियमावली, २०५९ फैसला न्या. डा. आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवम् आदेश यस प्रकार छः तथ्य खण्ड म निवेदकलाई विद्यालय व्यवस्थापन समितिको मिति ०५३।०१।३१ को निर्णयानुसार श्री जनता प्रा. वि. नरसिंह-७ मा नेपाल सरकारबाट स्वीकृत प्राथमिक चतुर्थ श्रेणीको शिक्षक पदको दरबन्दीमा स्थायी व्यक्ति खटिई आएमा वा अन्य व्यवस्था भएमा स्वत: नरहने गरी विद्यालयमा हाजिर भएका मितिदेखि प्रचलित स्केलबमोजिम तलब भत्ता खान पाउने गरी बढीमा २०५३, साल आषाढ मसान्तसम्मको लागि प्रधानाध्यापकसमेतको जिम्मेवारी सम्‍हाल्ने गरी शिक्षक पदमा नियुक्ति पाएको हुँ । विद्यालयमा तपाइँले रू.५,०४,६६९।- (पाँच लाख चार हजार छ सय उनन्सत्तरी) हिनामिना गरेकोले कारबाही गरिपाउँ भनी उक्त विद्यालयको निमित्त प्रधानाध्यापकको मिति २०६४।९।३० को निवेदन, मिति २०६४।११।२७ मा दर्ता गराउनु भएकोले यथार्थ के कस्तो भएको हो सोको विवरण स्पष्ट पारी कागजातका प्रतिलिपि साथै राखी तुरून्त यस कार्यालयमा पेस गर्नु हुन अनुरोध छ भन्‍ने विपक्षी जिल्ला शिक्षा कार्यालयको मिति २०६४।११।२७ को पत्र प्राप्‍त भयो । मिति २०६४।९।१६ गतेदेखि विपक्षी विद्यालय व्यवस्थापन समितिको अध्यक्षले मलाई काममा हाजिर हुन नदिएकोले मिति २०६४।९।२२ गते काममा हाजिर गराइपाउँ भनी मिति २०६४।९।२२ गते द. नं. १६६८ को निवेदन विपक्षी जिल्ला शिक्षा कार्यालयसमक्ष बुझाएको हो । मिति २०६४।११।२७ मा विपक्षी जिल्ला शिक्षा कार्यालयले सोधेको स्पष्टीकरणको जवाफ दिँदादिँदै विपक्षी विद्यालय व्यवस्थापन समितिले मिति २०६४।९।१६ देखि बिनासूचना विद्यालयमा अनुपस्थित रहनुभएको र प्रधानाध्यापक जस्तो जिम्मेवार पदमा रहेकोमा विद्यालयलको भवन निर्माण कार्य पनि अधुरो अवस्थामा नै छोडेको साथै विद्यालयको हरहिसाब हिनामिना गरेको देखिएकोले शिक्षा ऐन, २०२८ को दफा १६ङ को ५ (ख) र (ग) अनुसार पदीय दायित्व पूरा नगरेको हुँदा शिक्षा नियमावली, २०५