निर्णय नं. ११०७३ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०७३ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०४/१७ ७४० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी आदेश मिति :२०७९।४।१७ ०७३-WO-१२७७ मुद्दा : उत्प्रेषण । निवेदक : काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.२९ को हाल वडा नं.२६ ठमेलस्थित दिगुख्यो गुथी (दिवाली गुथी) का थकाली गुठियारहरू रत्‍नमानको छोरा ऐ. ऐ. वडा नं.३० को हाल वडा नं.२७ असन बस्ने द्रव्यमान सिंह तुलाधरसमेत विरूद्ध विपक्षी : अख्तियार दुरूपयोग अनुसन्धान आयोग, टंगाल, काठमाडौंसमेत जग्गाको हक स्वामित्वको विषयमा निर्णय गर्ने क्षेत्राधिकार अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई नभए तापनि सार्वजनिक जग्गा व्यक्तिको नाउँमा दर्ता भएको भनी आफूसमक्ष प्राप्त उजुरीमा आयोगले कानूनबमोजिम आवश्यक कारबाही गर्नु भनी सम्बन्धित निकायमा लेखी पठाउन सक्ने । (प्रकरण नं. ३) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री बद्री पाठक विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री हरिप्रसाद रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : आयोग ऐन, २०४९ मालपोत ऐन, २०३४ आदेश न्या. नहकुल सुवेदी : नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड हामी निवेदकहरू दिगुख्यो गुथी (दिवाली गुठी) साबिकमा टुँडिखेलको छेउमा रहेकोमा उक्त हामीहरूको दिवाली पूजा गर्ने ठाउँमा तत्कालीन श्री ३ महाराजधिराज जुद्धशम्शेरले बागखोर बनाई बक्सी सोको सट्टामा दिइएको साबिक पकनाजोलको गौचर जग्गा हो । हामी निवेदकहरू हाल थकाली रहेको काठमाडौं जिल्ला असनका तुलाधरहरूको दर्ता स्रेस्ताको जग्गा भई परापूर्वकालदेखि निरन्तर रूपमा भोगचलन गरिआएकोमा हालको कि.नं.१२७१ को र सोही प्लटमा नै उपर्युक्तबमोजिम सट्टामा पाएको जग्गामध्ये कि.नं.२३८, २३९, २४०, २४१, २४२, २४३, २४४, २४५, २४६, २४७, २४८ र २५० का जग्गा छन् र त्यहाँ हामीहरूको दिवाली गुठीले गुठी भवन बनाई गुठी चलाई आएका छौँ । यसरी हामी तुलाधरहरूको सनातनदेखि चलिआएको दिगुख्यो गुथी (दिवाली गुठी) नामक पारिवारिक निजी गुठीको जग्गा १९९८ को सर्भे नापीको अवस्थामा बाटोमा मिसी नापी भएकोमा तत्कालै हाम्रो निवेदन परी ३ नं. नापी गोश्‍वाराले देवाली गुठी जनाई हाम्रो नाममा दर्ता गर्ने निर्णय गरी दर्तासमेत रहेकोमा यसरी आफूहरूसमेतका तुलाधरहरूको परम्परागत रूपमा सनातनदेखि चलिआएको दिगुख्यो गुथी नामक पारिवारिक निजी गुठीको जग्गा सट्टामा बकस भई दिगुख्यो गुथीको नाममा दर्ता भोगचलन गरी आई कायम रहेको नगर २९ सिट नं.१०२-१०६४-०४ कि.नं.१२७१ को ०-६-३-३ जग्गा अख्तियार दुरूपयोग अनुसन्धान आयोगको मिति २०७१/०३/२४ को निर्णय र प.स.३ भूमि ९५३।०७०।७१ च.नं.११६ को पत्र र सोही आधारमा मालपोत कार्यालय काठमाडौंले सार्वजनिक ठहर गरी गरेको मिति २०७१/०७/०५ को गैरकानूनी निर्णय उत्प्रेषणको आदेशले बदर गरी हामी निवेदकहरूको मागबमोजिम दिगुख्यो गुथी (दिवाली गुठी) का नाममा यथावत् दर्ता कायम गर्नु, गराउनु भनी विपक्षीका नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्‍नेसमेत बेहोराको दिगुख्यो गुथी (दिवाली गुठी) का थकाली गुठियारहरू द्रव्यमानसिंह तुलाधरसमेतले मिति २०७४/०२/२२ मा यस अदालतमा दिएको निवेदन । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिम उत्प्रेषणको आदेश किन जारी हुन नपर्ने हो ? आदेश जारी हुनु नपर्न