निर्णय नं. ४२६२ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ४२६२ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०३/१० २५०० निर्णय नं. ४२६२ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४६ सालको रिट नं. १००३ आदेश भएको मिति: २०४८।३।१०।२ मा निवेदक : सिरहा नवराजपुर गा.वि.स. वार्ड नं. ६ बस्ने सतन यादवसमेत विरुद्ध विपक्षी : पूर्वाञ्चल क्षेत्रीय अदालत, धनकुटा विषय : उत्प्रेषण (१) एकै अदालतको फैसला उपर परेको एका पुनरावेदन कारवाही अवस्थामा नै राखी अर्को पुनरावेदन निर्णय गर्नु प्राकृतिक न्याय सिद्धान्त विपरीत हुने । (प्रकरण नं. १५) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री रामप्रसाद पौडेल विपक्षीतर्फबाट : विद्वान सहन्यायाधिवक्ता श्री बलराम के.सी. आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दर्ता भई आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. वादी श्री ५ को सरकार प्रतिवादी हामीसमेत भएको कर्तव्यज्यान मुद्दामा राजेन्द्र यादवका हकमा (साविक पेज नं. ७९) ज्यानसम्बन्धी महलको १३(१), शितल यादवका हकमा ऐ.को १७(१) र सतन यादव, भितन यादव, गौरी प्रसाद यादवका हकमा ऐ.को १७(२) अन्तर्गतको सजायँको माग दावी लिई प्रहरी प्रतिवेदन दायर भएको थियो । प्रतिवादी मध्येका भितन यादवको परलोक भइसकेको छ । मुख्य अभियुक्त भनिएका राजेन्द्र यादव फरार छन् । ३. यसरी दायर भएको मुद्दामा २०४४।१।२२ मा सिरहा जिल्ला अदालतले राजेन्द्र यादवका हकमा मुलतवी राखी हामी निवेदक लगायत चारैजनाको हकमा अभियोगबाट सफाई पाउने भनी ठहर भएको थियो । ४. जि.अ.को उक्त मितिको फैसला उपर परेको पुनरावेदनमा हामी निवेदकहरुलाई ज्यानसम्बन्धी महलको १७(३) नं. अनुसार भनी १ वर्ष कैद हुने गरी सगरमाथा अं.अदालतबाट ०४५।५।१ मा फैसला भयो । ५. उक्त पुनरावेदन फैसला उपर श्री ५ को सरकारको ०४५।७।२१ मा र हामी निवेदकहरुले ०४५।१०।२७ मा अं.अ.मार्फत पुनरावेदन परेको थियो । हाम्रो पुनरावेदन क्षे.अ.मा दर्ता हुन पुग्नु अगावै श्री ५ को सरकारको पुनरावेदन मिति ०४६।१।१४ मा फैसला भइसकेको रहेछ । श्री ५ को सरकारको पुनरावेदन जिकिर नपुग्ने र हामी निवेदकको पुनरावेदन नपरेको भन्ने आधार समेत उल्लेख गरी अञ्चल अदालतबाट भएको सजायँ यथावत राखिएको रहेछ । जबकी हामी निवेदकहरुको पुनरावेदन यद्यपि क्षेत्रीय अदालतमा विचाराधीन छ । क्षेत्रीय अदालतको यस प्रकारको निर्णयबाट हाम्रो सफाई पाउने आधार कुण्ठित हुन गएको छ । अघिको फैसला सदर कायम रहेसम्म हामीले हाम्रो पुनरावेदनबाट सफाई पाउने आधार समाप्त भएको छ । हामी निवेदकले पुनरावेदन नगरेको भनी अन्तिम निष्कर्षमा पुग्नु अघि हामीले जनाउ कहिले पाएको, पुनरावेदन गर्ने म्याद बाँकी रहे नरहेको, पुनरावेदन परे नपरेको आदि अनिवार्य कुरा बुझी फैसला गर्नु पर्नेमा सो गरिएको छैन । प्रत्येक पुनरावेदनको पृथक तथा स्वतन्त्र अस्तित्व समेत हुने न्यायिक सिद्धान्त अनुरुप हाम्रो पुनरावेदन उपर अघिको फैसलाको बाध्यात्मक स्थितिको कारण स्वतन्त्र तथा स्वच्छ न्यायिक मनको प्रयोग हुनसक्ने स्थिति विद्यमान नहुँदा हाम्रा हकमा मिति २०४६।१।१४ को फैसला प्राकृतिक न्याय सिद्धान्त विरुद्ध खडा भएको छ । हाम्रो विचाराधीन पुनरावेदन उपर स्वतन्त्र तथा स्वच्छ न्यायिक निरोपणका लागि उक्त फैसला बदर हुनु अनिवार्य छ । ६. कानुन बमोजिम पुनरावेदन परी विचाराधीन रहेको हाम्रो पुनरावेदन किनारा नहुँद