निर्णय नं. ११०७४ - लागु औषध (हेरोइन)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०७४ - लागु औषध (हेरोइन) भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/०२/२६ ३१७९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७७।२।२६ ०७५-CR-०९३१ मुद्दाः- लागु औषध (हेरोइन) पुनरावेदक वादी : प्रा.ना. नि. एकनारायण भट्टको प्रतिवेदक जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी प्रतिवादी : जिल्ला रूपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. १४ तामनगर बस्ने गोविन थापा लागु औषधसम्बन्धी अपराधमा प्रमाण पुर्‍याउने भार अभियुक्तमा निहित छ भन्दैमा सबै मुद्दामा वादी पक्षले प्रमाण जुटाउन पर्दैन भन्‍ने ऐनको मनसाय पनि होइन । मिसिल संलग्‍न प्रमाणहरूबाट प्रतिवादी विरूद्ध आफूले लगाएको अभियोग प्रमाणित गर्न प्रमाण पुर्‍याउनुपर्ने भार र कानूनी दायित्व वादी पक्षको हुने । (प्रकरण नं.७) पुनरावेदक वादीका तर्फबाट : विद्वान् उपन्‍यायाधिवक्ता श्री सोमकान्‍त भण्‍डारी प्रत्यर्थी प्रतिवादीतर्फबाट : अवलम्बित नजिर : ने.का.प. २०६९, अङ्क ११, भाग ५५, नि.नं. ८९२३ ने.का.प. २०६९, अङ्क ११, भाग ५५, नि.नं. ८९२३ सम्बद्ध कानून : लागु औषध (नियन्त्रण) ऐन, २०३३ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री खडानन्द तिवारी रूपन्देही जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री नरबहादुर शाही मा. न्या. श्री मुनेन्द्रप्रसाद अवस्थी उच्च अदालत तुलसीपुर, बुटवल इजलास फैसला न्या. प्रकाशमान सिंह राउत: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०७१।११।०८ गते बिहान अन्दाजी ११ बजेको समयमा जिल्ला रूपन्देही, सैनामैना नगरपालिका-७ बुद्धनगरस्थित पूर्व पश्‍चिम महेन्द्र राजमार्ग उत्तर र दक्षिण तुलबुलिया खोला यति चार किल्लाभित्र पर्ने राजमार्गको सानो पुलदेखि उत्तरतर्फको खोलामा प्रतिवादी गोविन थापालाई पक्राउ गरी निजको शरीर खानतलासी गर्दा निजले लगाएको लामो बाहुले सर्टको दाहिने हातको बाहुला दोबारी प्लाष्टिकको पोकाभित्र चुइगमको खोलमा पोको पारेको लागु औषध खैरो हेरोइन १ ग्राम ५५० मिलिग्राम र छुट्टै प्लाष्टिकमा बेरेको ३ गोटा स्पास्मो क्याप्सुलसमेत फेला पारी बरामद भएको भन्‍नेसमेत बेहोराको घटनास्थल तथा लागु औषध बरामदी मुचुल्का । सूचनाको आधारमा मिति २०७१।११।०८ गते बिहान अन्दाजी ११ बजेको समयमा खोजतलास गर्दै जाँदा जिल्ला रूपन्देही, बुटवल उपमहानगरपालिका वडा नं.१४ तामनगर बस्ने वर्ष ३२ को गोविन थापालाई ऐ.सैनामैना नगरपालिका-७ बुद्धनगरमा फेला पारी शरीर खानतलासी गर्दा दाहिने हातको बाहुलामा दोबारी प्लाष्टिकको पोको पारी चुइगमको कागजमा बेरी राखेको लागु औषध खैरो हेरोइन-१ ग्राम ५५० मिलिग्राम र ३ गोटा स्पास्मो क्याप्सुलसहितको लागु औषध फेला परेको हुनाले पक्राउ गरी दाखिला गरेका छौं । कानूनबमोजिम होस् भन्‍नेसमेत बेहोराको प्रहरी प्रतिवेदन । म मिति २०७१।११।०८ गते बिहान ११ बजेको समयमा जिल्ला रूपन्देही, सैनामैना नगरपालिका वडा नं.७ बुद्धनगरबाट १ ग्राम ५५० मिलिग्राम लागु औषध खैरो हेरोइन र ३ गोटा स्पास्मो क्याप्सुलसहित पक्राउ परेको ठिक हो । केही वर्षअगाडिदेखि लागु औषध सेवन र खरिद गर्दै आएको थिएँ । जिल्ला रूपन्देही, हाल सैनामैना नगरपालिका वडा नं.३ पुकारबाल्टी बस्ने आइसी नारायण भन्‍ने नारायण क्षेत्री र म साथी बनी लागु औषध खरिद बिक्री र