निर्णय नं. ११०७६ - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०७६ - मोही नामसारी भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७७/१२/३१ १३९१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री पुरूषोत्तम भण्डारी फैसला मिति: २०७७।१२।३१ ०७१-CI-१२७५ मुद्दाः मोही नामसारी निवेदक / वादी : जिल्ला सप्तरी गाउँ विकास समिति वकधुवा वडा नं. ४ बस्ने स्व.धनीलाल यादवको श्रीमती भुलियादेवी यादव विरूद्ध प्रत्यर्थी / प्रतिवादी : जिल्ला सप्तरी गाउँ विकास समिति वकधुवा वडा नं. ४ बस्ने स्व.धनीलाल यादवको छोरा रामफल यादवसमेत भूमिसम्बन्धी ऐन, २०२१ मा भएको जग्गाधनी र मोहीलाई बराबर जग्गा बाँडफाँट गरिदिनुपर्ने व्यवस्थाले जग्गाको स्वामित्व रहेको जग्गाधनी र मोही दुवैथरीको हित संरक्षण गर्ने विधायिकी मनसायलाई व्यक्त गर्ने । कुनै व्यक्तिले कुनै हक अधिकारको दाबी लिइसकेपछि सो हक स्थापित भएमा कानूनबमोजिम निसृत हुने आफ्नो वा अरू कसैको हक अधिकारसमेतको दाबी लिएको मान्नुपर्ने । साबिक मोहीका हकवालाहरूले मोही नामसारी मुद्दा दायर गर्दैमा साबिक मोहीले लिएको मोही बाँडफाँटको दाबी नै निष्क्रिय हुन नसक्ने । साबिक मोहीले मोहियानी जग्गा बाँडफाँट मुद्दा दायर नगरेको अवस्थामा मोहीका हकवालाबाट मोही नामसारीसम्बन्धी मुद्दा परेको अवस्थामा प्रमाण पुर्याउने तथा जग्गाधनीले पत्याएको एकासगोलको व्यक्तिमा मोही हक नामसारी हुने भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६घ२. र २६(१) को मकसद रहेको देखिने । (प्रकरण नं. ७) निवेदक / वादीका तर्फबाट : उपस्थित विद्वान् अधिवक्ताद्वय श्री राजकिशोर यादव र श्री धिरज घिमिरे प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्तात्रय श्री प्रकाशनाथ उप्रेती, अविनाशकुमार प्याकुरेल र श्री सिताराम के.सी. अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्ने अधिकारीः- श्री पुष्कलकुमार थापा श्री भूमिसुधार कार्यालय सप्तरी पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री पवनकुमार शर्मा मा. न्यायाधीश श्री तेजबहादुर राई पुनरावेदन अदालत राजविराज फैसला न्या.सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पर्न आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार छ:- तथ्य खण्ड यसमा म फिरादीकर्ताको पति धनिलाल यादवले साबिक वेचन मिश्र नाउँ दर्ताको जिल्ला सप्तरी गा.वि.स. बकधुवा वडा नं.४ (क) कि.नं.१२८ को ०-१०-१३ र कि.नं.१२९ को ०-९-० समेत जग्गाको मोही मेरा पति धनीलाल यादवले मोहीमा जोती साबिक जग्गाधनीलाई बाली बुझाउँदै आएका थिए । मेरो पतिले उक्त जग्गाहरू जोतपोत गर्दै आएको अवस्थामा मिति २०६४।१२।२८ मा मेरो लोग्नेको स्वर्गवास भएपछि उक्त जग्गामा मैले जोतपोत गर्दै आएकाले भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम मेरो नाउँमा मोही नामसारी गरिपाउँ भन्ने वादीको माग दाबी । दाबीका जग्गाहरूका साबिक जग्गाधनी वेचन मिश्र तथा निजको पत्नी शशितारा मिश्रबाट निजको हक खाने पुन्यानन्द मिश्र, पुष्पानन्द मिश्र र अनिल कुमार मिश्रसमेतका नाउँमा संयुक्त नामसारी भई निजहरूबाट नवुद खालिफाले खरिद गरेको र निज नवुद खालिफाबाट मैले मिति २०६६।११।२५ मा खरिद गरी लिएको हुँ । साबिक मोही धनीलाल यादवको मृत्युपछि यी वादीका छोरा रामफल यादवले मि.नं ३००१/११३९९ को मोही बाँडफाँट मुद्दा सकार गरेपछि म प्रतिवादीउपर निजले दायर गरेको मि.नं. ३००८ को मोही नामसारी मुद्दामा भूमिसुधार ऐन, २०२१ को दफा २६(१) बमोजिम मैले वादीक