निर्णय नं. ११०७७ - बैंकिङ कसुर
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०७७ - बैंकिङ कसुर भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७८/०३/२२ १९०५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७८।३।२२ ०७७-RB-०११६ मुद्दाः- बैंकिङ कसुर पुनरावेदक / वादी : कास्की जिल्ला, पोखरा महानगरपालिका, वडा नं. २० भलाम बस्ने वर्ष ४७ का उदयबहादुर कार्कीको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : कपिलवस्तु जिल्ला, वाणगंगा नगरपालिका, वडा नं. ८ लौगाई वाणगंगा मा.वि. मतदान केन्द्र बस्ने कृष्णबहादुर कवारीको छोरा विकास परियार वित्तीय कारोबार गर्ने उद्देश्यले कुनै सहकारी संस्थाको सञ्चालनले मात्र कुनै संस्थालाई वित्तीय संस्था भन्न नमिल्ने । उक्त संस्थासँग बैंकिङ कारोबार गर्ने इजाजत हुन पनि उत्तिकै आवश्यक हुने । सहकारी संस्था दर्ता हुनु र कारोबार गर्न इजाजत लिनु फरक विषय हुने । कुनै पनि किसिमको बैंकिङ कारोबार गर्न, निक्षेप लिन वा कर्जा दिन नेपाल राष्ट्र बैंकबाट स्वीकृति र इजाजत प्राप्त गर्नुपर्नेमा सहकारी संस्था लि.ले त्यस्तो कुनै स्वीकृति लिएको अवस्था नदेखिँदा उक्त संस्था कानूनत: वित्तीय संस्थाअन्तर्गत वित्तीय कारोबार गर्न वैधानिक छ भनी मान्न नसकिने । नेपाल राष्ट्र बैंकबाट बैंकिङ कारोबार गर्न इजाजत लिई वैधानिकता प्राप्त नगरेको सहकारी संस्थाको चेक काटिदिएको कार्यलाई बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ को दफा ३बमोजिमको कसुर मान्न नमिल्ने । (प्रकरण नं. ८) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कैलास के.सी. प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ सहकारी ऐन, २०४८ बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ नेपाल राष्ट्र बैंक ऐन, २०५८ सुरू तहमा फैसला गर्नेः- मा. न्या. श्री यज्ञप्रसाद बस्याल मा. न्या. श्री प्रमोदकुमार श्रेष्ठ वैद्य उच्च अदालत पोखरा फैसला न्या. सपना प्रधान मल्ल: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ उपदफा (१) को खण्ड (क) बमोजिम उच्च अदालत पोखराको फैसलाउपर पुनरावेदन दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र इजलासको ठहर यसप्रकार छः तथ्य खण्ड मेरै घरमा गोर्खा राइफल्स ट्रेनिङ सेन्टर खोलेर बस्दै आएका विकास परियारले मलाई मिति २०७४।११।०६ गते कार्यालय छोड्छु भनी मलाई दिनुपर्ने रकम हिसाब गरी आफ्नो नाउँको डेभिजफल बचत तथा ऋण सहकारी संस्थाबाट भुक्तान पाउने गरी रू. ३,८०,०००।– को चेक काटेर दिएकोमा उक्त चेक खातामा रूपैयाँ मौज्दात नभई सटही नभएको हुँदा मलाई झुक्याई बैंकिङ कसुर गर्ने निज विकास परियारलाई कानूनबमोजिम हदैसम्मको सजाय गरिपाउँ भन्नेसमेत बेहोराको उक्त चेकको छायाँकपीसहितको उदयबहादुर कार्कीको मिति २०७५।७।२० को जाहेरी दरखास्त । प्रतिवादीले जाहेरवालालाई दिएको र पछि बैंकद्वारा बाउन्स भएको चेक १ थान मिसिल संलग्न रहेको । यी प्रतिवादी विकास परियारले जाहेरवाला उदयबहादुर कार्कीलाई दिनुपर्ने रकम नदिई मिति २०७४।११।०६ गते डेभिजफल बचत तथा ऋण सहकारी संस्थाबाट रू. ३,८०,०००।- भुक्तान हुने गरी खातामा रूपैयाँ नै मौज्दात नभएको चेक दिई बैंकिङ कसुर गरेको हुँदा निजलाई कानूनबमोजिम कारबाही हुनुपर्दछ भन्नेसमेत बेहोराको बिष्णु खड्का, रूद्र कार्की र राजुबहादुर कार्कीको मिति २०७५।१२।१ को कागज । प्रतिवादी विकास परियारले आफ्नो खातामा मौज्दात रकम नभएको जानी जानी जाहेरवालालाई तिर्नुपर्ने