निर्णय नं. ११०७८ - उत्प्रेषण
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०७८ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०५/१५ ९४१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति :२०७९।५।१५ ०७६-WO-०६०९ विषयः उत्प्रेषण निवेदक : महोत्तरी जिल्ला बर्दिवास गा.वि.स. वडा नं.९ को हाल बर्दिवास न.पा. वडा नं.४ बस्ने मौजे महतोको छोरा गौशाला न.पा. वडा नं.१ मा सञ्चालित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज लि. महोत्तरी रामनगरमा तत्काल जे.टि.ए.पदमा कार्यरत देवनारायण महतो विरूद्ध विपक्षी: जिल्ला महोत्तरी, रामनगर गा.वि.स. भई हाल गौशाला न.पा. वडा नं.१ मा सञ्चालित एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज लि. श्रम ऐन, श्रम नियमावली एवम् उद्योग वा प्रतिष्ठानको कर्मचारीको सेवा सर्त सम्बन्धमा बनेको कानूनी व्यवस्थाअनुरूप आचरणमा रही कामकाज गर्नु कुनै पनि उद्योग वा प्रतिष्ठानमा काम गर्ने कर्मचारी वा कामदारको अनिवार्य दायित्व र कर्तव्य हुने । आफूलाई तोकिएको जिम्मेवारी पूरा नगरी प्रतिष्ठान वा उद्योगबाट अनुमति नलिई वा बिदा स्वीकृत नगराई श्रम ऐन, २०४८ मा भएको कानूनी व्यवस्था प्रतिकूल आफू कार्यरत रहेको प्रतिष्ठानमा गैरहाजिर हुने छुट कुनै पनि कर्मचारी वा कामदारलाई नहुने । उद्योग वा प्रतिष्ठानमा कानूनविपरीत तिस दिन वा सोभन्दा बढी गैरहाजिर हुने कर्मचारीलाई श्रम ऐन, २०४८ को दफा ५१(ग२) मा भएको कानूनी प्रावधानअनुसार सजाय गरी सेवाबाट हटाउन मिल्दैन भन्नु वाञ्छनीय नहुने । (प्रकरण नं. ९) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री युवराज लुइटेल र श्री सुरेन्द्रलाल श्रेष्ठ विपक्षीका तर्फबाट : विद्वान् अधिवक्ताद्वय श्री राजेश्वर श्रेष्ठ र श्री आकृति खनाल अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.कुमार रेग्मी : नेपालको संविधानको धारा ४६ तथा १३३(२) बमोजिम दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यस प्रकार छः- तथ्य खण्ड विपक्षी श्रम अदालतले फैसला गर्दा अदालतको आदेशबमोजिम पनि काममा हाजिर नगराई गैरकानूनी कार्य गरेको कुरा स्वीकार गरेको र आदेशपछि पनि मलाई काममा नलगाएकोले अपहेलना मुद्दा दायर भएको कुरा पनि स्वीकार गरेको अवस्थामा अदालतको आदेशबमोजिम म निवेदकलाई हाजिर नगराएका विपक्षी उद्योगले म निवेदक सेवामा गैरहाजिर भएको भनी सेवाबाट हटाउने गरी गरेको मिति २०७३।११।१६ गतेको निणर्यलाई सदर गरेको विपक्षी श्रम अदालतको मिति २०७५।३।२९ का दिनको फैसलाले म निवेदकको नेपालको संविधानको धारा १८ बमोजिमको समानताको हक, धारा ३३ बमोजिमको रोजगारीको हक र श्रम ऐन तथा श्रम नियमावलीबमोजिमको हकसमेतमा गम्भीर आघात पुग्न गएको छ । विपक्षी श्रम अदालतले फैसला गर्दा मुद्दाको तथ्यभित्र प्रवेश नगरेको अवस्था छ । विपक्षी एभरेष्ट सुगर एन्ड केमिकल इन्डष्ट्रिज लि.ले सञ्चालन गर्दै आएको विजलापुरा उखु विकास उपकेन्द्र सञ्चालनमा रहेको थियो र आजका मितिमा समेत सञ्चालनमा नै रहेको छ । म कार्यरत रहेको उखु विकास केन्द्र गाभिएको भनी प्रतिवेदन दिई फैसलामा असर पर्ने कार्य गरेकाले कारबाही गरिपाउँ भनी श्रम कार्यालयका नि. कार्यालय प्रमुख विरूद्ध श्रम विभागमा निवेदनसमेत दर्ता गराएको छु । म निवेदकलाई विपक्षीले गैरकानूनी रूपमा सरूवा गरेको विषयमा विपक्षी श्रम अदालतमा नै मुद्दा दायर भई सरूवाको निर्णय कार्यान्वयन नगर्नु नगराउनु भनी अन्तरकालीन आदेशसमेत जारी भएको अवस्थामा काममा हाजिर नगराई लामो समयसम्म गैरकानूनी कार्य गरी पछि म कार्