निर्णय नं. ११०८० - बन्दीप्रत्यक्षीकरण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०८० - बन्दीप्रत्यक्षीकरण भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०२/०४ ८१४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सुष्मालता माथेमा माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल आदेश मिति : २०७९।२।४ ०७८-WH-०२०८ मुद्दा :- बन्दीप्रत्यक्षीकरण निवेदक : मोहनप्रसाद दाहाल र मुना दाहालको छोरा गोरखा जिल्ला, भिमसेन थापा गाउँपालिका, वडा नं. ३ घर भई काठमाडौं जिल्ला, कीर्तिपुर नगरपालिका वडा नं. ५ बस्ने हाल कारागार कार्यालय, नख्खुमा रहेका मिलनबाबु दाहाल विरूद्ध विपक्षी : उच्च अदालत पाटनसमेत प्रचलित कानूनबमोजिम आधिकारिक निकायबाट प्रक्रिया पुर्‍याई अन्य स्थानमा बसाइसराइ गरेको प्रमाणपत्र प्राप्त नगरेसम्म सामान्यतया व्यक्तिको नागरिकतामा उल्लेख भएको स्थायी ठेगानालाई नै मान्यता दिनुपर्ने । (प्रकरण नं. ८) निवेदकका तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री राजु आचार्य विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजिवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ आदेश न्या. सुष्मालता माथेमा: नेपालको संविधानको धारा ४६ तथा धारा १३३(२) र (३) बमोजिम यस अदालतको असाधारण अधिकारक्षेत्रअन्तर्गत दर्ता हुन आएको प्रस्तुत रिटको संक्षिप्त बेहोरा र आदेश यस प्रकार छ :- तथ्य खण्ड रिट निवेदनको बेहोरा म निवेदकको पैतृक थलो गोरखा जिल्ला, भिमसेन थापा गाउँपालिका वडा नं. ३ बाट काठमाडौं आई आमाको नाउँमा रहेको कीर्तिपुर नगरपालिका वडा नं. ५ स्थित घरमा बसोबास गरी आफ्नो अध्ययन एवं व्यवसाय कारोबार गरी आएकोमा अचानक मिति २०७९।०१।०५ मा काठमाडौं जिल्ला अदालतका कर्मचारी एवं प्रहरीसमेतको टोलीले मलाई पक्राउ गरी काठमाडौं जिल्ला अदालत, तहसिल शाखामा उपस्थित गराई सागर काफ्लेको जाहेरीले वादी नेपाल सरकार र प्रतिवादी म निवेदक भएको बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनबाट भएको फैसलाले कायम कैद जरिवानाको लगतबमोजिम मिति २०७९।०१।०५ देखि मिति २०७९।०१।०६ सम्म २ दिन कैद र जरिवाना रू. ४,९४,९३६।७० नबुझाए सोबापत ४ वर्ष ५ महिना १० दिन गरी मिति २०८३।०७।१६ सम्म कैद गर्ने भनी कैदी पुर्जी दिई कारागार कार्यालय, नख्खु, ललितपुरमा कैद थुनामा पठाएको हुँदा सो मितिबाट कैदमा रहेको छु । म निवेदकलाई दिइएको कैदी पुर्जीबमोजिमको मुद्दाको फैसलासमेतको प्रमाणित नक्कल लिई हेर्दा, जाहेरवाला कम्पनीका अख्तियारवाला कर्मचारी सागर काफ्लेले अनादर भएको चेक देखाई म निवेदक विरूद्ध बैंकिङ कसुर गरेको भनी मेरो बाबुको नाम र बसोबासको गलत वतन उल्लेख गरी मिति २०७७।१२।१६ मा विपक्षी महानगरीय प्रहरी परिसर, टेकुमा जाहेरी दर्ता गर्नुभएको रहेछ । उक्त जाहेरीबमोजिम आवश्यक अनुसन्धान कार्य गरी नेपाल सरकारको तर्फबाट उच्च अदालत पाटनमा बैंकिङ कसुरमा सजायको माग दाबी गरी म निवेदकको बाबुको नाम र वतनसमेत फरक गरी मिति २०७८।०६।०४ गते अभियोग पत्र दायर भएको रहेछ । जाहेरवालाको जाहेरी दरखास्त र अभियोग पत्रमा म निवेदकको बाबुको नाम “मोहन प्रकाश दाहाल” एवं वतन “गोरखा जिल्ला, भिमसेन थापा गा.पा., वडा नं. ३ घर भई हाल काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २६ असन बस्ने” भनी म निवेदकको नाउँमा अदालतबाट समाह्वान जारी गर्दा म्यादवाला व्यक्ति फेला नपरेको हुँदा एकाघरको बाबु मोहन प्रकाश दाहालले बुझेको भनी म्याद तामेल भएको रहेछ । बाबुको गलत नाम र म निवेदकको बसोबास नै नभएको वतनमा म्याद जारी गरी उनाउ व्यक्तिलाई बुझाएको म्याद मुलुकी फौजदारी कार्य