निर्णय नं. ११०८१ - लेनदेन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०८१ - लेनदेन भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/०३/२९ ३८२० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री कुमार रेग्मी माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति : २०७९।३।२९ ०७३-CI-०४६८ मुद्दा:- लेनदेन पुनरावेदक प्रतिवादी : धरिछन राउत अहिरको छोरा, जिल्ला बारा, प्रशुरामपुर गाउँ विकास समिति वडा नं. ३ बस्ने रामदयाल राउत अहिरसमेत विरूद्ध प्रत्यर्थी वादी : जोगी राउतको छोरा, जिल्ला बारा, प्रशुरामपुर गाउँ विकास समिति वडा नं. २ बस्ने ब्रह्मदेव राउत अहिरसमेत नामसारीको लागि भनी सहीछाप गराई जालसाजीपूर्वक कपाली तमसुकको कागज गराएको भनी जिकिर लिँदैमा उक्त जिकिर पुष्टि नहुने । सो जिकिरलाई प्रमाणित गर्ने वस्तुनिष्ठ, ठोस, विश्वासिलो आधार र प्रमाण हुनुपर्ने । (प्रकरण नं. ७) पुनरावेदक प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री राम विलास राउत प्रत्यर्थी वादीका तर्फबाट : अवलम्बित नजिर : प्रमाण ऐन, २०३१ सम्बद्ध कानून : ने.का.प. २०७६, नि.नं.१०२६५, अङ्क ५ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री लिप्‍तबहादुर थापा क्षेत्री बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री रमेश पोखरेल मा. न्या. श्री थीर बहादुर कार्की पुनरावेदन अदालत, हेटौंडा फैसला न्या. कुमार रेग्मी : पुनरावेदन अदालत, हेटौंडाको मिति २०७३।१।२३ को फैसलाउपर साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ३३(१) अन्तर्गत यस अदालतमा प्रतिवादीहरूको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्‍त तथ्य एवं ठहर यस प्रकार छः तथ्यगत बेहोरा प्रतिवादी जादोलाल अहिरले घरखर्चबापत वादी ब्रह्मदेव राउत अहिरसँग रू.७५,५००।- (अक्षरूपी पचहत्तर हजार पाँच सय) नगद लिई मिति २०६१ साल कार्तिक मसान्तभित्र साँवा र ब्याजसमेत बुझाउने भाखा राखी मिति २०६१।०५।१९ मा कपाली तमसुक गरी मलाई दिनुभएकोमा सो भाखाभित्र र भाखा नाघेपछि प्रत्यर्थीसँग साँवा ब्याज माग गर्न जाँदा नदिएको हुँदा मेरो लिखतबमोजिमको साँवा रू.७५,५००।- र फिराद दायर हुँदाका दिनसम्मको हुने ब्याज रू.७३,६१२।-समेत जम्मा साँवा ब्याज रू.१,४९,११२।- तथा बिगो भरिभराउ हुँदासम्मको ब्याजसमेत भराइपाउँ भन्नेसमेत बेहोराको वादी ब्रह्मदेव राउत अहिरको मिति २०७१।२।१९ को फिरादपत्र । पिताको जग्गा नामसारी गराउनको लागि भनी बदनियतबाट झुक्यानमा पारी गराइएको तमसुक हो । वादीले दाबी गरेको लिखतको सम्बन्धमा सद्दे किर्ते वा जालसाजी के हो भन्ने सम्बन्धमा वादी दाबीबाट सक्‍कल लिखत दाखिल गरेका बखत साबिक मुलुकी ऐन, २०२० अ.बं.७८ नं.बमोजिम छुट्टै नामकरण गर्ने छु भन्नेसमेत बेहोराको प्रतिवादी जादोलाल अहिरको प्रतिउत्तरपत्र । वादीले दाखिल गरेको सक्‍कल लिखतमा भएको सहीछाप प्रतिवादी जादोलाल राउतकै हो तर रूपैयाँ लेनदेन भएको छैन । बाबुको स्वर्गवास भएपछि बाबुको नामको जग्गा नामसारी गराउन विभिन्न लेखिएको र नलेखिएको नेपाली कागजमा सहीछाप गराएको हुँदा सोही क्रममा झुक्यानमा पारी जालसाजी तरिकाबाट तमसुक तयार गरेका हुन् भन्नेसमेत बेहोराको अ.बं. ७८ नं.बमोजिम प्रतिवादीले सुरू अदालतमा गरेको सनाखत बयान । प्रतिवादीले मसँग नगद रू.७५,५००।- कर्जा लिई कपाली तमसुक गरिदिनु भएको हो, मैले झुक्याई कागज गराएको होइन भन्नेसमेत बेहोराको वादी ब्रह्मदेव राउत अहिरले सुरू अदालतमा गरेको प्रतिवाद बयान । तमसुकमा भएको सहीछाप हामीलाई नामसारी गराउनको लागि मन्जुरनामाको कागज भनी झुक्या