निर्णय नं. ११०८२ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०८२ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: श्रावण अंक: ४ फैसला मिति :२०७९/११/२१ २२९८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश डा. श्री कुमार चुडाल फैसला मिति : २०७९।११।२१ मुद्दा:- कर्तव्य ज्यान ०७५-CR-२३०३ पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : पर्वत जिल्ला साबिक पाङ गा.वि.स. वडा नं. ८ हाल कुश्मा नगरपालिका वडा नं. १ घर भई हाल कारागार कार्यालय पर्वतमा थुनामा रहेको शशिधर वि.क.को छोरा दुर्गाबहादुर वि.क. ०७५-CR-२३७९ पुनरावेदक / प्रतिवादी : पर्वत जिल्ला, साबिक पाङ गा.वि.स. वडा नं.८ हाल परिवर्तित ऐ. कुश्मा नगरपालिका वडा नं.१ घर भई हाल कारागार कार्यालय पर्वतमा थुनामा रहेको शशिधरको छोरा दुर्गा बहादुर वि.क. विरूद्ध प्रत्यर्थी / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार ०७६-RC-००४८ (साधक) पुनरावेदक / वादी : प्रहरी प्रतिवेदनको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी / प्रतिवादी : भुमिराज कँडेलकी छोरी पर्वत जिल्ला, साबिक पाङ गा.वि.स. वडा नं. ८ को हाल ऐ. कुश्मा नगरपालिका वाड नं.१ घर भई हाल कारागार कार्यालय पर्वत कुश्मामा थुनामा रहेको बन्दी अम्बिका कँडेल किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धजन्य कार्यबाट सिर्जित कसुरहरूमा बालबालिका वा किशोर किशोरीको अधिकारसमेतलाई मध्यनजर गर्नुपर्ने । असुरक्षित यौनजन्य कार्यबाट सिर्जित कसुरजन्य कार्यलाई उदार रूपमा नहेरी युवा अवस्थामा नै अधिक कैदमा राखिँदा त्यस्ता नाबालक वा किशोर किशोरीहरूको सामाजिक पुनर्स्थापनामा समस्या हुनसक्ने । किशोर अवस्थामा हुने असुरक्षित यौन सम्बन्धबाट सिर्जित गर्भधारणलाई अवैध, अनैतिक भन्‍नुभन्दा पनि असुरक्षित र असावधानीपूर्वक गरिएको यौन सम्बन्धको रूपमा हेरिनुपर्ने । (प्रकरण नं. १५) भ्रूणको स्वतन्त्र अस्तित्व हुँदैन र त्यसको अस्तित्व भनेको आमाको गर्भभित्रै मात्र हुन्छ । त्यसैले भ्रूणको कुनै स्वार्थ मान्ने नै हो भने पनि आमाकै विरूद्ध त्यस्तो स्वार्थ वहाल रहन्छ भन्न नमिल्ने भन्‍ने सिद्धान्त लक्ष्मीदेवी धिक्त कैप् मुद्दामा स्थापित भैसकेको अवस्थामा कतिपय अवस्थाका कसुरहरूलाई गैर अपराधीकरण वा न्यून सजाय गर्नेसम्बन्धी; The March 8 Principles को पनि Principle १४ ले “No one may be held criminally liable on the basis that their conduct is alleged to be harmful to their own pregnancy” भन्‍ने व्यवस्थालाई गम्भीरतापूर्वक हेरी जातक हत्यालाई कसुरजन्य कार्यको रूपमा सजाय गर्दा भ्रूणको निरन्तरताको अन्तर्गत नहेरी महिला स्वतन्त्रता, सामाजिक परिवेश र प्रजनन हकको सन्तुलनतासमेतलाई हेरी न्यूनतम सजाय गर्दा पनि कानूनको उद्देश्य पूरा हुने । (प्रकरण नं.१९) वादी नेपाल सरकारका तर्फबाट: विद्वान्‌ नायब महान्यायाधिवक्ता डा. श्री टेक बहादुर घिमिरे प्रतिवादी दुर्गाबहादुर वि.क.का तर्फबाट : विद्वान्‌ अधिवक्ता श्री गोपालप्रसाद शर्मा अवलम्बित नजिर : ने.का.प. नि.नं. १०,६६५ ने.का.प. नि.नं.८४६४ सम्बद्ध कानून : प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री ध्रुवप्रसाद सापकोटा पर्वत जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री शेषराज सिवाकोटी मा. न्या. श्री हरिप्रसाद पौडेल उच्च अदालत पोखरा, बाग्लुङ इजलास फैसला न्या. हरिप्रसाद फुयाल : न्या