निर्णय नं. ११०८४ - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०८४ - लिखत दर्ता बदर दर्ता भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०५/०९ ९६२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा। श्री मनोजकुमार शर्मा फैसला मितिस् २०७९।५।९ ०७१(ऋक्ष्(०८०४ मुद्दाः( लिखत दर्ता बदर दर्ता पुनरावेदकरवादीस् शोभाखर पौडेलको छोरा जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं। १० बस्ने वर्ष ५१ को सूर्यप्रसाद पौडेलसमेत विरूद्ध प्रत्यर्थीरप्रतिवादीस् शोभाखर पौडलेको श्रीमती जिल्ला चितवन भरतपुर नगरपालिका वडा नं। १० बस्ने विष्णुमाया पौडेलसमेत कुनै पनि सम्पत्ति अबन्डा रहेको भनी बन्डापत्रमा उल्लेख नभए तापनि उक्त सम्पत्तिको स्रोत, प्रकृति, अवस्था हेरी उक्त सम्पत्ति बन्डा लाग्न सक्ने हो वा होइन भनी निर्धारण गर्नुपर्ने । ९प्रकरण नं। ८० पैतृक सम्पत्ति कारणवश अंशबन्डा गर्दाको समयमा अंशबन्डाको कागजमा उल्लेख नभए तापनि सबै अंशियारको बिचमा समान रूपमा बन्डा गर्नु न्यायपूर्ण हुने । ९प्रकरण नं। ९० पुनरावेदक र वादीका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ता श्री नरहरि आचार्य र विद्वान् अधिवक्ता श्री प्रभुकृष्ण कोइराला प्रत्यर्थी र प्रतिवादी तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री यदुनाथ खनाल र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ता श्री इन्द्रबहादुर अधिकारी अवलम्बित नजिरस् ने।का।प। २०६९, अङ्क ६, नि।नं। ८८४६ सम्बद्ध कानूनस् सुरू तहमा फैसला गर्नेः( मा। जि। न्या। श्री हिमलाल बेल्वासे चितवन जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः( मा। न्या। श्री विनोदप्रसाद शर्मा मा। न्या। श्री सरोजप्रसाद गौतम पुनरावेदन अदालत हेटौंडा फैसला न्या। विश्वम्भरप्रसाद श्रेष्ठस् न्याय प्रशासन ऐन, २०४८ को दफा ९ बमोजिम दायर भई हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छः( मुद्दाको तथ्य पिता शोभाखर पौडेल र विपक्षी आमा विष्णुमाया पौडेलका चार भाइ छोराहरूमा जेठो म फिरादी सूर्यप्रसाद, माइलो रामजीप्रसाद, साइँलो म फिरादी बसन्तराज र कान्छो विपक्षी सावित्रीकुमारीका पति मिनराज भएकोमा पिताको मिति २०५५।०८।२२ मा स्वर्गारोहण भयो । विपक्षी आमासमेतको सल्लाहअनुसार मिति २०५०।०२।२४ मा अंशियार तथा अंशियारका पत्नीहरूका नाउँमा रहेको पैतृक सम्पत्तिसमेत भागबन्डा लगाई आमा विष्णुमायाको नाउँमा दर्ता रहेको चितवन, भरतपुर न।पा। वडा नं। १०रघ, कि।नं। ८०५ को ज।वि। ०(१(०१र४ जग्गा उक्त बन्डापत्रको लिखतमा उल्लेख नगरी सँगोलमै बिक्री गरी व्यवहार मिलाउने मौखिक सहमति भएअनुसार आमाकै नाउँमा राखिएको थियो । उक्त हाम्रोसमेत अंश हक लाग्ने सम्पत्ति एकलौटी लुकाई खाने नियत गरी मिति २०६९।०२।२५ मा र।नं। ४९०४रक को लिखतबाट हालैको बकसपत्रमार्फत छोरी सुभद्रा पौडेललाई पारित गरिदिई मिति २०६९।०४।१४ मा पुनस् र।नं। १५९रक को लिखतमार्फत छोरी सुभद्रा पौडेलबाट विपक्षी आमाको नाउँमा हालैको बकसपत्र गरी फिर्ता ल्याई मिति २०६९।०४।१७ मा र।नं। २१३रक को हालैको बकसपत्र लिखत मार्फत पुनस् विपक्षी विष्णुमाया पौडेल दिने सावित्रीकुमारी पौडेल लिने भई लिनुदिनु गरिएको कुरा मिति २०६९।०४।२४ मा नक्कल सारी थाहा पाएको हुँदा सो जग्गाको पूर्व मोहडातर्फबाट ५ भाग लगाई सोको २ भाग लिखत बदर गरी हाम्रो नाउँमा दर्ता कायम गरिपाउँ भन्नेसमेत बेहोराको वादी सूर्यप्रसाद पौडेल र बसन्तरा