निर्णय नं. ११०८५ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०८५ - उत्प्रेषण भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०७/१४ ७९७ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना आदेश मिति : २०७९।७।१४ ०७०-WO-०४६१ मुद्दाः- उत्प्रेषण निवेदक : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. १० स्थित नोबेल एकेडेमी प्रा.लि. द्वारा सञ्चालित नोबेल एकेडेमी उच्च माध्यमिक विद्यालयको तर्फबाट अख्तियार प्राप्त का.जि.का.म.न.पा. वडा नं. १० बस्ने वर्ष २५ को लक्ष्मण रिजाल विरूद्ध विपक्षी : श्रम अदालत, काठमाडौं, अनामनगरसमेत विद्यालयले अनुभवको प्रमाणको लागि दिएको To Whom it may Concern को प्रमाणपत्रलाई अवकाश दिएको भनी मान्न नसकिने । एकेडेमीको कर्मचारी विनियमबमोजिम नियुक्ति दिएको पत्रलाई विनियमबमोजिमको प्रक्रिया अपनाई अवकाश दिएर अन्त्य गर्नुपर्ने । कुनै उद्योग तथा प्रतिष्ठानले आफ्नो कामदार वा कर्मचारीलाई काममा लगाउँदा स्पष्ट रूपमा कुन प्रकृतिको नियुक्ति हो सो र पदसमेत खोली नियुक्ति दिनुपर्ने । त्यस्तो कामदार वा कर्मचारीलाई सेवाबाट अलग गर्दा कानूनबमोजिमको प्रक्रिया पूरा गरेर मात्र सेवाबाट अलग गर्नुपर्ने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री भीमबहादुर ढकाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री दिनेशप्रसाद घिमिरे, विद्वान् वरिष्ठ अधिवक्तात्रय श्री कोपिलप्रसाद अधिकारी, श्री महादेवप्रसाद यादव र श्री खगेन्द्र अधिकारी एवम् विद्वान् अधिवक्ताहरू श्री ज्ञानेन्द्रराज आरण र श्री शिवकुमार यादव अवलम्बित नजिर : सम्बद्ध कानून : श्रम ऐन, २०४८ सुरू तहमा फैसला गर्ने:- श्री मणिनाथ गोप श्रम कार्यालय, काठमाडौं पुनरावेदन तहमा फैसला गर्ने:- मुद्दा हेर्ने अधिकारी श्री धीरबहादुर चन्द श्रम अदालत, काठमाडौं आदेश न्या. प्रकाशकुमार ढुंगाना : नेपालको अन्तरिम संविधान, २०६३ को धारा १०७(२) बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ:- तथ्यगत बेहोरा श्रम कार्यालयका निमित्त प्रमुखले निवेदक करार ज्यालादारी वा पार्टटाइम काम गर्ने शिक्षक भएको कुनै प्रमाण व्यवस्थापनबाट पेस नभएको भन्ने आधारमा निर्णय भएकोलाई नै श्रम अदालतबाट समेत सदर भएको छ । विद्यालयले विपक्षी शिवकुमार यादवलाई स्थायी नियुक्ति गरिएको होइन र स्थायी नियुक्ति दिएको प्रमाणसमेत विपक्षीले पेस गर्न सक्ने अवस्था छैन । विपक्षीलाई २०६२ सालको आन्दोलनमा विनासूचना २ महिनासम्म विद्यालयमा अनुपस्थित रहनुभएकोमा निजलाई सोही समयमा पदमुक्त गरिएकोमा पछि सहानुभूतिपूर्वक बिहानी अतिरिक्त कोचिङ क्लासमा पढाउन पार्टटाइम दिइएको थियो तर विद्यार्थीहरूको गुनासो आएपछि तलब मात्र खाने गरी जगेडामा राखिएको हो । विपक्षी स्थायी शिक्षक नभएको तथ्य स्पष्ट छ । जहाँसम्म १० वर्ष सेवा गरेको शिक्षकलाई विनाकारण २०६८ पौष महिनादेखि ३ महिनाको तलब दिई स्वेच्छाले सेवामुक्त हुनुभएको भन्ने भनाइमा कुनै प्रमाण नभएको भन्ने आधारमा निर्णय भएको छ, वास्तविकता के हो भने नोबेल एकेडेमीको शैक्षिक गुणस्तर वृद्धि गर्ने उद्देश्यले पौषसम्म नियमित रूपमा पढाउने विपक्षी शिवकुमार यादवलगायत २४ जना शिक्षकलाई माघ, फाल्गुण र चैत्र महिनाको एकमुष्ट रकम दिई स्वेच्छाले सेवाको अन्त गरिएको हो । विपक्षीसहितको नाममा पौष, माघ, फाल्गुण र चैत्रको तलबबापतको रकम बैंकमा मिति २२ जनवरी २०१२ अर्थात् मिति २०६८/१०/१२ गते बुझी लिनुभएको छ जुन कुरा