निर्णय नं. ११०९१ - कम्पनी दर्ता निर्णय बदरसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०९१ - कम्पनी दर्ता निर्णय बदरसमेत भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७८/०५/१० २०५३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति: २०७८।५।१० मुद्दाः- कम्पनी दर्ता निर्णय बदरसमेत ०६८-Ci-१२६१ पुनरावेदक/उजुरकर्ता: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ५ स्थित टंगालमा कार्यालय रहेको कलेज अफ एप्लाइड विजनेसका संस्थापक ट्रष्टिज एवं क्याव बोर्ड अफ ट्रष्टिजका अध्यक्ष हरिभक्त श्रेष्ठसमेत विरूद्ध प्रत्यर्थी/लिखित जवाफ प्रस्तुतकर्ता: कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नं. २३३।०६६।६७ मा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ५ मा कार्यालय रहने गरी मुनाफा आर्जन नगर्ने कम्पनीको रूपमा दर्ता गरेको कलेज अफ एप्लाइड विजनेससमेत ०६८-Ci-१५५३ पुनरावेदक/लिखित जवाफ प्रस्तुतकर्ता: कम्पनी रजिस्ट्रारको कार्यालय नं.२३३।०६६।६७ मा दर्ता भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं.५ मा रहेको कलेज अफ एप्लाइड विजनेसका संस्थापक सञ्चालक किशोरप्रसाद भट्टराईसमेत विरूद्ध प्रत्यर्थी/उजुरकर्ता: काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ५ स्थित कलेज अफ एप्लाइड विजनेसका संस्थापक ट्रष्टि एवम् क्याब बोर्ड अफ ट्रष्टिजका अध्यक्ष भनिएका हरिभक्त श्रेष्ठसमेत ०६९-RB-०००४ पुनरावेदक/लिखित जवाफ प्रस्तुतकर्ता: कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता नं.२३३।०६६।६७ मा दर्ता भई काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका, वडा नं. ५ मा रहेको कलेज अफ एप्लाइड विजनेससमेत विरूद्ध प्रत्यर्थी/उजुरकर्ता: काठमाडौं जिल्ला, काठमाडौं नगरपालिका, वडा नं.५ स्थित कलेज अफ एप्लाइड विजनेसका संस्थापक ट्रष्टिज एवम् क्याब बोर्ड अफ ट्रष्टिजका अध्यक्ष भनिएका हरिभक्त श्रेष्ठसमेत विद्यमान कम्पनी कानूनमा कम्पनीको स्वेच्छिक खारेजी (Voluntary Liquidation) बाहेक कम्पनीको दर्ता खारेजी (Deregistration) का लागि निश्चित पूर्वावस्थाहरू तोकेको देखिन्छ । कम्पनीको खारेजी वा दर्ता खारेजीबाट कम्पनीको संस्थागत जीवनको अन्त्य हुने भएकोले कम्पनी खारेजीलाई केबल एक कार्यविधिगत प्रक्रियाका रूपमा मात्र लिन नहुने । यो कम्पनीको एक वैधानिक स्थितिसमेत हो । तसर्थ, कम्पनी ऐन, २०६३ बमोजिम बाहेक कम्पनीको दर्ता खारेजी हुन सक्ने अवस्था नरहने । (प्रकरण नं. ९) कम्पनी ऐन, २०६३ को दफा ६ (१) (क) मा भएको कम्पनी दर्ता गर्न इन्कार गर्न सक्ने आधारमा “अघि दर्ता भई कायम रहेको कुनै कम्पनीको नामसँग मिल्ने भएमा” भन्ने वाक्यांश राख्नुको अर्थ यसबाट सर्वसाधारणमा भ्रम पैदा भई असुविधा सिर्जना नहोस् भन्ने विधायिकाको मनसाय देखिने । अघि दर्ता भई कायम भएको संस्था प्राविधिक दृष्टिले “कम्पनी” नभए तापनि समान उद्देश्य भएको समान प्रकृतिको दुईवटा संस्था एकसाथ अस्तित्वमा रहँदा सर्वसाधारणलाई भ्रम पैदा भई असुविधा सिर्जना हुन सक्ने पर्याप्त र मनासिब आधार देखिएको स्थितिमा संस्थाको नाम दोहोरो पर्ने गरी यथावत् रहन दिनु उपयुक्त नदेखिने । (प्रकरण नं. १२) पुनरावेदक/उजुरकर्ताका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री महादेव यादव र श्री हरिहर दहाल तथा अधिवक्तात्रय श्री केदार दाहाल, श्री नरेन्द्र गौतम पुनरावेदक/लिखित जवाफ प्रस्तुतकर्ताका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री बच्चुसिंह खड्का र श्री चन्द्रकान्त ज्ञवाली तथा विद्वान् अधिवक्ताहरू श्री विदुरप्रसाद ढुङ्गाना, श्री एगराज पोखर