निर्णय नं. ११०९३ - ज्यान मार्ने उद्योग

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११०९३ - ज्यान मार्ने उद्योग भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०७९/०९/०७ १३३१ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति: २०७९।९।७ ०७२-CR-११९४ मुद्दाः ज्यान मार्ने उद्योग पुनरावेदक/प्रतिवादी: जिल्ला कास्की, पोखरा उपमहानगरपालिका, वडा नं. ८ शिवालयचोक बस्ने थमबहादुर गुरूङको छोरा प्रविण गुरूङ विरूद्ध प्रत्यर्थी/वादी: सुरेन्द्र श्रेष्ठको जाहेरीले नेपाल सरकार कुनै व्यक्तिलाई मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्नका लागि सम्बन्धित विशेषज्ञले निज व्यक्तिको मानसिक स्वास्थ्य परीक्षण गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति भन्ने स्वास्थ्य परीक्षण रिपोर्ट दिएको हुनुपर्ने । मानसिक रोगको बिरामी भई सोको औषधी सेवन गर्ने व्यक्तिलाई सो आधारमा मात्र आफूले गरेको कामको प्रकृति र परिणाम थाहा नपाउने गरी मगज बिग्रेको वा बौलाएको व्यक्ति हो भनी भन्न नमिल्ने । (प्रकरण नं.३) पुनरावेदक/प्रतिवादीका तर्फबाट: प्रत्यर्थी/वादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री डम्मरप्रसाद काफ्ले अवलम्बित नजिर: सम्बद्ध कानून: सरकारी मुद्दासम्बन्धी ऐन, २०४९ मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ नेपाल कानूनलाई संशोधन, एकीकरण, समायोजन र खारेज गर्ने ऐन, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री रामप्रसाद ओली कास्की जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री सुष्मालता माथेमा मा. न्या. श्री जग्गनाथ महतो “सिंह” पुनरावेदन अदालत पोखरा फैसला न्या. प्रकाशमान सिंह राउत: न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्रपर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड मिति २०६९।१२।०६ गते दिन १५:३० बजेको समयमा जिल्ला कास्की, पोखरा-८ शिवालयचोक स्थित थमबहादुर गुरूङको २ तलाको पक्की घर रहेको उक्त घरको भुइँ तलाको च्यानल गेटदेखि बरन्डासम्म रगत लतपतिएको उक्त स्थानमा गिता श्रेष्ठलाई प्रविण गुरूङले खुकुरी प्रहार गरी घाइते बनाएको र घरको छतमा १९ इन्च लम्बाइ भएको कम्ब्याट कपडाको खोल भएको दाबसहितको रगत लागेको खुकुरी थान-१ बरामद भएको भन्नेसमेत बेहोराको घटनास्थल मुचुल्का । पीडित गिता श्रेष्ठको शरीरमा देखिएको घाउको प्रकारमा polytrauma cut injury, अङ्गभङ्गमा Sharp not injury, प्रयोग गरिएको हात हतियार प्रकारमा Khukuri, बिरामीको अवस्थामा Comfortable on bed, मर्ने नमर्नेमा Not fatal भन्नेसमेत उल्लेख भएको निज पीडितको घा-जाँच केस फाराम र निज पीडितको शरीरका विभिन्न भागमा घाउचोटहरू देखिने फोटोहरू मिसिल संलग्न रहेको । मिति २०६९।१२।०६ गते दिन १५:२० बजेको समयमा जिल्ला कास्की, पोखरा-८ शिवालयचोक स्थित आफ्नै डेरा कोठाबाहिर रहेको धारामा मेरो श्रीमती गिता श्रेष्ठले कपडा धोइरहेको अवस्थामा अचानक प्रविण गुरूङले हातमा खुकुरी लिई श्रीमतीको टाउको तथा हातमा प्रहार गरेकोले श्रीमतीले हारगुहार गरी छिमेकी आउने क्रममा निज प्रविण गुरूङ भागेका हुन् । श्रीमती गम्भीर घाइते भई उपचारको लागि फेवासिटी अस्पताल हुँदै चरक अस्पतालमा ल्याई उपचार गराइएको हो । मेरो श्रीमती गिता श्रेष्ठलाई ज्यानै मार्ने मनसायले धारिलो हतियार प्रहार गरी गम्भीर घाइते तुल्याउने प्रविण गुरूङलाई पक्राउ गरी मुलुकी ऐन, ज्यानसम्बन्धी महलको १५ नं.बमोजिम हदैसम्म कारबाही गरिपाउँ भन्ने बेहोराको सुरेन्द्र श्रेष्ठको किटानी