निर्णय नं. ४२६४ - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२६४ - अंश भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०३/१९ २३८२ निर्णय नं. ४२६४ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री गजेन्द्रकेशरी बास्तोला सम्वत् २०४६ सालको दे.पु.नं. ४४३ फैसला भएको मिति: २०४८।३।१९।४ मा पुनरावेदक/प्रतिवादी : का.न.पा. वार्ड नं. २५ बस्ने बाबुलाल श्रेष्ठ विरुद्ध वादी: ललितपुर न.पा. वार्ड नं. ९ बस्ने हरिबहादुर श्रेष्ठ मुद्दा : अंश (१) अचल सम्पत्ति माथि स्वामित्व रहे भएको सबूद प्रमाणको अभावमा केवल जिकिरलाई कानुनी मान्यता दिन न्यायसंगत नहुने । (प्रकरण नं. १३) (२) वादी प्रतिवादी एकासगोलका अंशियार हुन् भन्ने कुरामा विवाद नरही निजहरु बीच अंशबण्डा भइसकेको भन्ने करा प्रमाणिक रुपबाट पुष्टी हुन नसकेको अवस्थामा वादीले अंश पाइसकेको भन्ने प्रतिवादीको पुनरावेदन जिकिर कानुनसंगत मान्न नमिल्ने । (प्रकरण नं. १४) पुनरावेदकतर्फबाट: विद्वान अधिवक्ता श्री श्यामप्रसाद खरेल वादीतर्फबाट: विद्वान अधिवक्ता श्री भ्रमण श्रेष्ठ फैसला न्या.सुरेन्द्रप्रसाद सिंह १. मध्यमाञ्चल क्षेत्रीय अदालतको अनुमति प्रदान नगर्ने आदेश उपर न्यायप्रशासन सुधार ऐन, २०३१ को दफा १३(५)(ख)(ग) र ऐ.को उपदफा (७) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य, जिकिर एवं फैसला यस प्रकार छ । २. बाबु जगतलाल र आमा पूर्णमायाबाट हामी बाबुलाल र म फिरादी हरिबहादुरको जन्म भएको पिताको कालगतिले परलोक भएपछि हामी दुई दाजुभाइ एकापसमा मिली बस्न नसकेकाले पैत्रिक श्रीसम्पत्तिको बण्डा गर्नु पर्‍यो भन्दा आलटाल गरी एकलौटी खाने मनसाय लिएकाले २०४८।१२।२१ लाई मानो छुट्टिएको मिति कायम गरी, त्यसको अघिल्लो दिनसम्मको सम्पत्तिको तायदाती लिई (२) खण्डको (१) खण्ड अंश दिलाई पाउँ (साविक पेज नं. ८६) भन्ने समेत व्यहोराको ०४३।१।१५ को फिरादपत्र । ३. बाजे लोकमानको तीन छोरामा जेठा जगतमान, माहिला हाम्रा पिता जगतलाल, कान्छा विष्णुलाल, बाजे लोकमान, हाम्रा काका पिता समेतले (४) बण्डा लगाई २००७।३।२४ मा अंशबण्डाको कागज खडा गरी ऐ.२६ गते पारित गराई अलग बसी आएका थिए । बण्डापत्र अनुसार का.जि. मखनटोलको घर (२) नाले ४ तले उत्तरतर्फ ७१२ फिट घर विष्णुलालको भागमा र सो देखि दक्षिण ७१२ फिट लम्बा घर पिता जगतलालको भाग र सो देखि दक्षिण ८१२ फिट बाजे लोकमानको भागमा पारी बण्डा भएको थियो । पिताले पनि २००९।८।१ मा हामी बीच बण्डा गरी दिनु भएकाले, विपक्षी र म सो घर छाडी डेरा गरी बसेका थियौं । मैले २०११।११।१७ मा स्ववासी घर भनी नक्शा पासको लागि दर्खास्त दिएपछि, पिताजीले मेरा उपर दिनुभएको फिरादबाट सो बदर भएछ । पिता माताको वृद्ध अवस्था भएकाले मलाई बोलाई मखनकै घरमा राखी हेरचाह गर्न भनेकाले त्यही बसी २०२१ सालदेखि हेरचाह गर्दै थिएँ । रिझ बापत भनी २०२४ सालमा बकसपत्र समेत दिनु भएको थियो । कान्छा काका विष्णुलालले घर बिक्री गर्नु भनेकाले रु. २९९३।– मा घरसारमा नै फार्छे पत्र लेखी दिइराख्नु भएको थियो । बकसपत्र बमोजिम मेरो हक भइरहेको अवस्था २०२४।५।२३ मा समुच्चै घर भत्किई बकसपत्र समेत हरायो । मेरो हकको घर र विष्णुलालको भागको घर जग्गामा समेत २०२५।११।११ मा छोरा रामलालका नाउँमा फार्छेपत्र पारित गरी ०२६ सालमा नक्शा पास गरी नयाँ घर बनाई बसी आएकोमा नक्शा हुँदा कि.नं. ५७२ बाट ०–१–१–२ कायम भई मेरा नाउँमा दर्ता भई पूर्जा समेत पाएको मेरो एकलौटी आर्जनको हक भोगको घर जग्गाबाट अंश पाउन स