निर्णय नं. ११०९६ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११०९६ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: भाद्र अंक: ५ फैसला मिति :२०८०/०४/२२ १६५८ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश डा.श्री कुमार चुडाल फैसला मिति: २०८०।४।२२ ०७६-CR-०२९३ मुद्दाः जबरजस्ती करणी पुनरावेदक/वादी: परिवर्तित नाम ०८ पाख्रिबास (ख) को जाहेरीले वादी नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी: लोकबहादुरको नाति भीमबहादुरको छोरा जिल्ला धनकुटा पाख्रिबास न.पा. वडा नं. १० मार्गा बस्ने नविन चर्माकार वारदातको प्रकृति, कसुरदारको कसुरजन्य कार्यको समग्र अवस्थाको वस्तुगत स्थिति नै थप कसुरजन्य कार्य हो होइन भन्ने निर्धारक तत्त्व हुने । आफैँले गर्भवती बनाएको महिलालाई करणी गर्नु नै थप कसुर कायम गर्न सकिने अवस्था नरहने । जबरजस्ती करणी र सो जबरजस्ती करणीमा हुने थप सजायको व्यवस्था एकअर्काका पारस्परिक र परिपूरक कानूनी व्यवस्थाको रूपमा मान्नुपर्ने । कुनै गर्भवती महिलालाई जबरजस्ती करणी गर्नु र राजीखुसीसाथ करणी लेनादेना भइरहेको बखत गर्भ रहेको स्थितिपश्चात् पनि करणी लेनादेना हुनु अन्तरयुक्त अवस्था भएको देखिने । कानूनको व्याख्या सादृश्यताका साथ सङ्गतपूर्ण तवरबाट गर्नुपर्ने । गर्भवती महिलालगायत थप कसुर कायम हुने अपराधजन्य कार्यको तमाम प्रकृति र परिवेशबाट मुलुकी ऐन जबरजस्ती करणीको ३क. बमोजिमको थप सजायको वस्तुगत निष्कर्ष निकाली न्याय निरूपण गर्नुपर्ने । (प्रकरण नं. ७) पुनरावेदक/वादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री कल्पना राई प्रत्यर्थी/प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री रोहितकुमार डागी अवलम्बित नजिर: सम्बद्ध कानून: सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री विनोदकुमार पोखरेल धनकुटा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री विनोद शर्मा मा. न्या. श्री बबिता उप्रेती उच्च अदालत विराटनगर, धनकुटा इजलास फैसला न्या.डा.कुमार चुडाल: न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छ :- तथ्य खण्ड म जाहेरवालीको कान्छी छोरी वर्ष १३ की परिवर्तित नाम ०८ पाख्रिवास (क) कक्षा ६ मा पढ्दै आएकीमा यसपालिदेखि स्कुल छाडी घरमा नै बस्दै आएकी थिइन् । निज छोरीको डेढ वर्षदेखि रजश्वला भई नियमित रूपमा महिनावारी हुँदै आएकीमा आर्थिक अवस्था कमजोर भएकाले दैनिक खेती किसान गर्दै पालनपोषण गर्दै आएकोमा निज छोरीको गत भाद्र महिनाको अन्तिममा महिनावारी भएपछि निजको महिनावारी रोकिएको थाहा पाई महिनावारी किन भएको छैन भनी सोधीखोजी गर्दा झर्केर नबोलेपछि वास्ता गरिन । छोरी दिनहुँ मोटाउँदै आएकी र पेटसमेत बढेकोले निजलाई फकाउँदै सोधीखोजी गर्दा नविन विशंखेले पेट बोकाएको भनेकीले मेरी स्टोप्स हिलेमा लगी जाँच गराउँदा गर्भ रहेको थाहा भएको हो । प्रतिवादी नविन विशंखेले मेरी नाबालिका छोरीलाई ललाइफकाइ अन्तिम पटक मिति २०७४।०९।१२ गते पनि जबरजस्ती करणी गरी गर्भधारणसमेत गराएको हुँदा निज प्रतिवादीलाई कानूनबमोजिम गरिपाउँ भन्नेसमेत बेहोराको मिति २०७४।१०।२० गतेको जाहेरी दरखास्त । मिति २०७४।०४।१५ गते म बिहान घाँस काट्न तल्लो खोल्सीमा गएको समयमा प्रतिवादी खोलामा आई मसँग प्रेम प्रस्ताव तथा यौन सम्पर्क गर्न खोज्दा म नबोली खोलाको डिलमा बसेको समयमा मलाई बिहानको ०९:०० बजे खोल्सीछेउमा लडाई जबरजस्ती करणी गरी म तिमीलाई विवाह गर्छु केही हुन्न जे भए नि म छु भनी