निर्णय नं. १११०० - हदबन्दी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११०० - हदबन्दी भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७८/०१/१२ २३९५ सर्वोच्च अदालत, संयुक्त इजलास स.प्रधान न्यायाधीश श्री चोलेन्द्र शम्शेर ज.ब.रा. माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल फैसला मिति : २०७८।१।१२ ०७४-CI-०५७२ मुद्दा:- हदबन्दी पुनरावेदक/वादी : काठमाडौं जिल्ला, भिमढुङ्गा गा.वि.स. वडा नं. ६ बस्ने भिमसेन पोखरेल विरूद्ध प्रत्यर्थी/प्रतिवादी : काठमाडौं जिल्ला, भिमढुङ्गा गा.वि.स. वडा नं. ६ बस्ने सावित्री धिताल मोहीको हकको विषय जुन व्यक्तिले मोहीको रूपमा जग्गा कमाएको छ, उही व्यक्तिको जीवनकालमा गणना गरिनु उचित र मनासिब हुने । मोहीको रूपमा जोतकमोद गरी कमाएको जग्गा नरमकरम मिलाई जग्गाधनीसँग नियम कानूनबमोजिम बाँडफाँट गरी आफ्नो नाममा मोही नामसारी गरी लिएपछि वास्तविक मोहीको मृत्युपश्चात् उक्त जग्गा निजका अर्को पुस्ताका हकदार अंशियारहरूमा नामसारी भइसकेपछि सोही विषयलाई उठाई विवाद अदालतमा ल्याउनु न्यायपूर्ण नहुने । मोहीको हैसियतले कमाई प्राप्त गरेको जग्गा मोहीको मृत्युपश्चात् निजको हकवालामा अंशबापत गइसकेपछि उक्त जग्गाको र जग्गावालाको हैसियत परिवर्तन भएको मान्नुपर्ने । मोही पनि निश्चित समयमा जग्गावाला हुन सक्ने । मोहीको हैसियतले राख्न पाउने जग्गाको हद र जग्गाधनीले राख्न पाउने हदको सीमा कानूनले तोकेबमोजिम हुने । (प्रकरण नं. ६) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र विद्वान् अधिवक्ता श्री बच्चु सिंह खड्का प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री लक्ष्मणप्रसाद आचार्य अवलम्बित नजिर : सम्बद्ध कानून : भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्ने: श्री सुशील वैद्य भूमिसुधार कार्यालय काठमाडौं पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री मोहनबहादुर कार्की मा. न्या. श्री बालकृष्ण उप्रेती पुनरावेदन अदालत पाटन फैसला न्या.सपना प्रधान मल्ल : पुनरावेदन अदालत पाटनको मिति २०७२।११।१७ को फैसलाउपर वादीको तर्फबाट न्याय प्रशासन ऐन, २०७३ को दफा १२ (१)(क) र (ख) बमोजिम दोहोर्याइपाउँको निवेदन परी निस्सासमेत प्राप्त भएको र नियमानुसार पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्य-खण्ड विपक्षी/वादी सावित्री धिताल र म प्रतिवादी भिमसेन पोखरेल भएको मोही नामसारी मुद्दामा भूमिसम्बन्धी ऐन, २०२१ को दफा २६(१) बमोजिम सावित्री धितालका नाउँमा नामसारी हुने ठहर्याई भूमिसुधार कार्यालयबाट मिति २०६४।११।२० मा भएको फैसलामा पुनरावेदन अदालत पाटनबाट सदर ठहरी मिति २०६५।०३।१२ मा अन्तिम भएको अवस्था छ । सो मोही नामसारी मुद्दामा हदबन्दीसम्बन्धी प्रश्नमा हदबन्दीमा देखिने स्पष्ट प्रमाण पेस हुन नआएको र हदबन्दी देखिन आएपछि जुनसुकै अवस्थामा कारबाही हुने भनी फैसलामा उल्लेख भएको थियो । वेदकुमारी धितालको छोरा एवं विपक्षी सावित्री धितालको पति रामजीप्रसाद धितालको जन्म २०११ सालमा भएको भन्ने तथ्य निजको नागरिकता प्रमाणबाट प्रमाणित हुन्छ । निज आमा, छोराबाहेक अन्य अंशियारहरू कोही नभएको भन्ने कुरामा विवाद छैन । भूमिसम्बन्धी ऐन, २०२१ लागु हुँदा निज विपक्षीका पति नाबालक भएको हुनाले सोही ऐनको दफा २(ग) मा भएको व्यवस्थाअनुसार निजकी आमा वेदकुमारी एकै परिवार हो भन्ने प्रस्ट हुन्छ । सोही ऐनको दफा ८ मा गरिएको व्यवस्थाअनुरूप १० रोपनी क्षेत्रफलभन्दा बढी जग्गा कुनै व्यक्ति वा निजको परिवारले मोही हक कमाउन पाउँदैन भन्ने प्रस्ट छ । विपक्षीका सासू वेदक