निर्णय नं. १११०३ - कर्तव्य ज्यान

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११०३ - कर्तव्य ज्यान भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/१०/०९ ३७०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री सुष्मालता माथेमा फैसला मिति : २०७९।१०।९ मुद्दा: कर्तव्य ज्यान ०७३-CR-०२२६ पुनरावेदक/प्रतिवादी : ओखलढुङ्गा जिल्ला, पोकली गा.वि.स., वडा नं. २ बस्ने पुष्कर गौतम विरूद्ध प्रत्यर्थी/वादी : गणेशकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार ०७२-CR-१६९५ पुनरावेदक/वादी : गणेशकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : लोकहरी ढुंगेलको छोरा, ओखलढुङ्गा जिल्ला, पोकली गा.वि.स., वडा नं. २ बस्ने केशवहरी ढुंगेल ०७२-RC-०१०६ (साधक) वादी : गणेशकुमार श्रेष्ठको जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : ओखलढुङ्गा जिल्ला, पोकली गा.वि.स., वडा नं. २ बस्ने पुष्कर गौतम सहप्रतिवादी कसुरदार ठहर भएकै कारण अन्य प्रतिवादी पनि कसुरदार रहेको भनी अनुमान गर्न नमिल्ने । एक जनाभन्दा बढी अभियुक्तको संलग्नता रहेको आपराधिक कार्यमा गोश्वारा रूपमा सबै अभियुक्तलाई कसुरदार ठहर हुने वा सफाइ प्रदान हुने भन्ने नहुने । कुन अभियुक्तले के कस्तो भूमिका खेलेको छ, प्रत्येक अभियुक्तले खेलेको भूमिकाको गाम्भीर्यसमेतलाई विचार गरी निजको कसुर यकिन गरी सजाय निर्धारण गर्ने वा बेकसुर देखिए सफाइ प्रदान गरिनुपर्ने । सबै अभियुक्तहरू समान रूपले कसुरदार हुने वा सबै अभियुक्तले सफाइ पाउने भन्न तर्कसङ्गत नहुने । (प्रकरण नं. १८) प्रमाण पुर्‍याउने भार अभियोक्तामा रहने, निर्दोषिताको अनुमान अभियुक्तको पक्षमा जाने तथा शंकाको सुविधा अभियुक्तले पाउने जस्ता फौजदारी न्यायका सर्वमान्य सिद्धान्तबमोजिम शंका जतिसुकै बलियो भए पनि त्यसले निर्णायक प्रमाणको स्थान लिन नसक्ने हुँदा प्रतिवादीले कसुर गरे होलान् भन्ने शंकात्मक अवस्थाको आधारमा प्रतिवादीलाई कसुरदार ठहर गर्न नमिल्ने । (प्रकरण नं. १९) पुनरावेदक / वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री डम्बरबहादुर काफ्ले तथा विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल एवं विद्वान् अधिवक्ताहरू श्री विनोद श्रेष्ठ, श्री पुष्पराज पौडेल, श्री सीताशरण मण्डल, श्री सुरेन्द्रविक्रम के.सी., श्री ज्ञानेन्द्र राज आरण र डा. श्री शिवकुमार यादव प्रत्यर्थी / प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिकृष्ण उप्रेती र श्री एकराज भण्डारी एवं विद्वान् अधिवक्ताहरू श्री जीवनाथ धिताल, श्री सतीषकृष्ण मैनाली, श्री सुलोचना धिताल, श्री नवीन धिताल अवलम्बित नजिर : ने.का.प. २०६९, अङ्क १, नि.नं. ८७५८ ने.का.प. २०७६, अङ्क २, नि.नं. १०१९७ ने.का.प. २०७६, अङ्क ९, नि.नं. १०३५४ ने.का.प. २०७७, अङ्क ५, नि.नं. १०४९३ ने.का.प. २०७७, अङ्क १२, नि.नं. १०६०७ सम्बद्ध कानून : प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्ने : मा. जि. न्या. श्री माधवप्रसाद पोखरेल ओखलढुङ्गा जिल्ला अदालत सुरू तहमा फैसला गर्ने : मा. जि. न्या. श्री कोषकुमार नेम्वाङ्ग ओखलढुङ्गा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री महेन्द्रराज गौतम मा. न्या. श्री तेजबहादुर राई पुनरावेदन अदालत राजविराज पुनरावेदन तहमा फैसला गर्ने : मा. न्या. श्री टेकराज नेपाल मा. न्या. श्री राजेश्वर तिवारी पुनरावेदन अदालत राजविराज फैसला न्या. सुष्मालता माथेमा : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९ र १० तथा प्रचलित न्याय प्रशासन ऐन, २०७३ को दफा ९ र