निर्णय नं. १११०४ - अंश दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११०४ - अंश दर्ता भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०६/३१ १३८५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।६।३१ ०७२-CI-०८९० मुद्दाः- अंश दर्ता पुनरावेदक/प्रतिवादी : दिनानाथ दाहालको पत्नी जिल्ला सुनसरी इटहरी उपम.न.पा. वडा नं. ४ बस्ने अप्सरा भन्ने धनमाया दाहालसमेत विरूद्ध प्रत्यर्थी/वादी : जिल्ला सुनसरी इटहरी उपम.न.पा. वडा नं. ४ बस्ने रेखा नेपाल (दाहाल) एक विवाहिता नारीलाई निजको सहमति मन्जुरी नलिई निजले दिएको अंश मुद्दालाई प्रभावित पार्ने गरी पतिले सगोलको सम्पत्तिबाट कानूनबमोजिम नरम करमको अंश नलिई अन्य आंशियारलाई छोडी नाम मात्रको अंश लिएर बन्डापत्रको कागज गर्नु न्यायसङ्गत मान्न नसकिने । कसैले आफ्नो हक परित्याग गर्दैमा अन्य अंशियारको अंश हक पनि गुमेको अर्थ गर्न नमिल्ने । व्यक्तिको कानूनी हकलाई निष्क्रिय वा सङ्कुचित गरी हक अधिकारबाट वञ्चित गराउनका लागि भएको बन्डापत्रलाई कानूनी मान्यता दिनु उपयुक्त नदेखिने । (प्रकरण नं. ६) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र विद्वान् अधिवक्ता श्री राजु कटुवाल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री मातृका निरौला र अधिवक्ता श्री टंकहरी दाहाल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री मेदिनीप्रसाद पौडेल सुनसरी जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री उदय प्रकाश चापागाई मा.न्या.श्री शान्तिसिंह थापा पुनरावेदन अदालत विराटनगर फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा ९(१) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गत पुनरावेदन पर्न आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यस प्रकार छः- तथ्य खण्ड विपक्षी दिनानाथ ससुरा, धनमाया दाहाल सासू, गोपाल दाहाल पति, अर्जुन दाहाल देवर र सुनिता दाहाल नन्द हुन् । विपक्षी गोपाल दाहालसँग २०६८ सालमा विवाह भई दाम्पत्य जीवन व्यतीत गर्दै आएकीमा दाइजो पेवा नल्याएको निहुँ गरी पति, सासू तथा ससुरासमेतले गालीगलौज गर्ने तथा पतिले कुटपिट गरी मिति २०६९।१।१० गते घरबाट निकाला गरेका र अंश माग गर्दा सो दिनसमेत इन्कार गर्नुभएको हुँदा हामी मूल ५ अंशियार भएकाले सम्पूर्ण सम्पत्तिलाई ५ भाग लगाई सोको हुने १ भाग पति गोपाल दाहालको अंश भागलाई २ भाग लगाई सो २ भागको १ भाग अंश विपक्षीहरूबाट दिलाई चलनसमेत पाउँ भन्नेसमेत बेहोराको फिराद माग दाबी रहेको । प्रतिवादीमध्येकी सुनिता दाहालले २०६९।८।५ मा विवाह भएकोले मूल अंशियार ४ कायम गरी फिराद दाबीबमोजिम अंश पाउँ भन्ने वादीको निवेदन पत्र मिसिल सामेल रहेको । विपक्षी वादीलाई हाम्रो आफ्नो इज्जत आमदअनुसार खान लाउन दिइरहेको र कुटपिट गरी घरबाट निकाला गरेको नहुँदा हाल वादीलाई अंश दिइरहनुपर्ने होइन । विपक्षीले हाम्रो घरमा भएको धनमाल, गरगहना, सुनचाँदी सबै चल सम्पत्ति लिई गइसकेकी छिन् । वादी दाबी झुठ्ठा हो भन्नेसमेत बेहोराको प्रतिवादीहरूको संयुक्त प्रतिउत्तर जिकिर रहेको । सुरू अदालतबाट भएको आदेशानुसार वादी प्रतिवादीका साक्षीले गरेको बकपत्र र वादी प्रतिवादीले दाखिला गरेको तायदाती फाँटवारी मिसिल संलग्न रहेको । सम्पूर्ण सम्पत्तिको ५ भागको १ भागलाई २ भाग गरी सोको १ भाग अंश पाउँ, अशियारमध्येकी सुनिता दाहालको विवाह भएकोले ४ अंशियार बनाई सोबमोजिम अं