निर्णय नं. १११०५ - उत्प्रेषणसमेत
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११०५ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०७/२७ १११९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश डा. श्री मनोजकुमार शर्मा आदेश मिति : २०७९।७।२७ ०७९-WO-०२५९ मुद्दा : उत्प्रेषणसमेत निवेदक : काठमाडौं जिल्ला कागेश्वरी मनोहरा न.पा. वडा नं. ८ बस्ने जगतकृष्ण श्रेष्ठसमेत विरूद्ध विपक्षी : काभ्रे जिल्ला उग्रतारा गा.वि.स. वडा नं. १ जन्म भई हाल काठमाडौं जिल्ला मनोहरा न.पा. वडा नं. ८ बस्ने राम श्रेष्ठसमेत रिट क्षेत्राधिकारबाट साधारण एवं नियमित अधिकारक्षेत्रअन्तर्गत कारबाहीयुक्त अवस्थामा रहेको मुद्दाको तथ्य एवं औचित्यमा प्रवेश गर्नु मनासिब नदेखिने । मातहत अदालतमा विचाराधीन मुद्दालाई प्रभावित हुने गरी र न्याय निरूपणमा प्रभाव पार्ने गरी रिट जारी गर्नु मनासिब नहुने एवं साधारण अधिकार क्षेत्रअन्तर्गत मातहत जिल्ला अदालतबाट मुद्दाको कारबाहीको सिलसिलामा भए गरेका काम कारबाहीलाई रिट क्षेत्रबाट हस्तक्षेप गर्नु मनासिब नहुने । प्रमाण बुझ्नेसम्बन्धी कारबाहीको विषयमा अदालतको असाधारण अधिकार क्षेत्र आकर्षित हुन सामान्यतया वाञ्छनीय नहुने । जिल्ला अदालतको फैसलाउपर परेको पुनरावेदनको रोहबाट पनि हेर्न सकिने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् अधिवक्ता श्री प्रियहरी भण्डारी र श्री सागर के.सी विपक्षीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री राम कुमार राई, श्री हरिप्रसाद आचार्य एवं अधिवक्ताहरू श्री प्रेम दाहाल, श्री सुरेश पोखरेल, श्री शंकरप्रसाद पुडासैनी अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या. विश्वम्भरप्रसाद श्रेष्ठ : नेपालको संविधानको धारा ४६ र धारा १३३(२),(३) बमोजिम यस अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य र आदेश यस प्रकार छ :- तथ्य खण्ड सम्मानित काठमाडौं जिल्ला अदालतको मिति २०७८।११।२३ गते भएको DNA Test गर्ने आदेश उच्च अदालत पाटनबाट मिति २०७९।५।१६ गते बदर गर्न जारी भएको आदेशमा तायदाती फाँटवारी माग्दा बाबुको नाम उल्लेख भएको भनी र तायदाती फाँटवारी पेस गरेको भन्ने आधार र कारण उल्लेख गरिएको छ । तर सम्मानित काठमाडौं जिल्ला अदालतको यसभन्दा अगाडि मिति २०७५।१।२५ गते तायदाती फाँटवारी माग्ने आदेश उच्च अदालतको मिति २०७५।२।२४ गते बेरितको आदेश बदर गरिसकेको कुरालाई कुनै सुनुवाइ नै नगरी एकै अदालतबाट एउटै विषयमा एकपटक आदेश बदर भइसकेपश्चात् मागिएको तायदातीको आदेशलाई आधार मानी नातामा नै स्पष्ट विवाद रहेको कुरालाई अनदेखा गरी भएको आदेश प्रथम दृष्टिमा नै त्रुटिपूर्ण रहेको छ । विपक्षी वादी हामीहरूका बाबुतर्फका सन्तान होइनन् । निजको जन्म काभ्रे जिल्ला साबिक उग्रतारा गा.वि.स. वडा नं. १ का सानुकाजी श्रेष्ठ र कृष्णमाया श्रेष्ठको कोखबाट भएको हो । निजका बाबु सानुकाजी श्रेष्ठतर्फबाट जायजन्म भएका ३ सन्तानमध्ये २ छोरीहरू चन्द्रमाया र सुर्यमाया तथा छोरा विपक्षी राम श्रेष्ठ हुन् । उहाँहरूको जायजन्म भएपश्चात् विपक्षीका पिता सानुकाजी श्रेष्ठको देहान्त भएकोले २०२७ सालमा हामीहरूको आमा कृष्णमायाले का.जि. गोठाटार गा.वि.स बस्ने हाम्रा बुबा जगतबहादुर श्रेष्ठसँग दोस्रो विवाह गरेपश्चात् आमा कृष्णमायाको कोखबाट हामी निवेदकहरू जगतकृष्ण श्रेष्ठ तथा तेजकृष्ण श्रेष्ठ र बहिनी लक्ष्मी श्रेष्ठको जन्म भएको हो । काठमाडौं जिल्ला अदालतबाट DNA Test गर्ने भनी भएको आदेश उच्च अदालत पाटनबाट बदर गर्नु भनेको