निर्णय नं. १११०७ - निर्णय बदर, हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११०७ - निर्णय बदर, हक कायम भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०५/१४ ८७० सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति: २०७९।५।१४ ०७५-CI-०५४९ मुद्दाः निर्णय बदर, हक कायम पुनरावेदक/प्रतिवादी : ललितपुर जिल्ला, साबिक लुभु गा.वि.स. वडा नं. ९ हाल महालक्ष्मी नगरपालिका वडा नं. ८ बस्ने हर्षलाल भन्ने हरिलाल महर्जनको नाति कुमाचा भन्ने कुमारलाल महर्जनको छोरा हरिशरण महर्जन विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला, का.म.न.पा. वडा नं. ३२ डिल्लीबजार बस्ने तेजमोहनको छोरा यादव मोहन पौडेल मोहीले आफूले कमाएको जग्गामा घर निर्माण गरी भोगचलन गरेको कुराबाट नै जग्गाउपरको हक स्वामित्व स्थापित नहुने । आपसमा अंश मुद्दा गरी सो मुद्दाबाट अंशबन्डा लगाउने ठहर भएको कारणबाट नै वास्तविक जग्गाधनीको हक स्वामित्व समाप्त नहुने । (प्रकरण नं. २) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री हरिहर दाहाल, श्री रक्षबहादुर क्षेत्री तथा विद्वान् अधिवक्ताहरू श्री हरिशरण महर्जन, श्री फणिराज सिलवाल र डा. श्री नरेशकुमार महर्जन प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने: मा. जि. न्या. श्री खिलनाथ रेग्मी ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री मोहनबहादुर कार्की मा. न्या. श्री मनोजकुमार शर्मा पुनरावेदन अदालत पाटन फैसला न्या. ईश्वरप्रसाद खतिवडा : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१)(क) बमोजिम यस अदालतमा पुनरावेदन गर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः तथ्यगत बेहोरा ल.पु.जि. लुभु गा.वि.स. वडा नं. ९ख कि.नं. ३ को ३-७-०-० जग्गा फिरादीका पिता बुकुन उपाध्याय भन्ने मोहन उपाध्यायको नामको जग्गा हो । उक्त कि.नं. ३ को जग्गाको फिल्डबुकमा किसानको बेहोरामा विपक्षीले का.ई. डिल्लीबजार बस्ने बुकुन उपाध्यायको हो सालको मकै दुई मुरी १० पाथी कुत बुझाई खाई आएको छु भनेका छन् । ७ नं. फाँटवारीमा ललितपुर लुभु सहरभित्रको घरहरू भत्की पातालबारीमा कच्ची घर भयाको लुभु गाहेब भन्ने वारी अन्जाजी २ रोपनी भएको हुँदा कतै दर्ता नभएको भन्ने कुरा स्पष्ट उल्लेख भएबाट यो कि.नं. ३ को जग्गा हाम्रो हकभोग अधिकारको स्ववासी रैकर जग्गा हो । उक्त जग्गा बिर्ता जग्गा होइन । विपक्षीले बिर्ता भनी कुनै प्रमाण पनि पेस गर्न सकेका छैनन् । उक्त जग्गा १८८१ साल पौष सुदी २ रोज ४ को लालमोहरबाट सहर बस्ती बसाइएको इँटा झोला टोलको हाम्रो हक स्वामित्वको घरबारी जग्गा हो । हामीले अन्य २२ कित्ता जग्गासँगै दा.खा.नामसारी गर्न निवेदन दिएको, यो कि.नं. ३ को जग्गामा गोरखापत्रमा सूचना प्रकाशित हुँदा विपक्षी वादीको झुठ्ठा दाबीको आधारमा मात्र हामीहरूको नाउँमा दर्ता नभएको हो । उक्त जग्गा वि.सं. १९८८।५।१७ मा लिलाम सकारी हक पुर्जी प्राप्त गरी म यादव मोहनका पिताको नाउँमा हक हुन आएको र त्यसको अहिलेको हकदार वादी भएकोले उक्त रैकर स्ववासी जग्गामा फिरादीको हक कायम गरी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादी यादव मोहन पौडेलको मिति २०६८।२।१ को फिरादपत्र । हामी प्रतिवादीका पिता तथा बाजे हर्षलाल महर्जनको नामको ल.पु.जि. लुभु गा.वि.स. वडा नं. ९ख कि.नं. ३ को ३-७-०-० जग्गामा साबिकदेखि घर, गोठ, तवेला, इनार,