निर्णय नं. १११०८ - तामेली निर्णय बदर बन्डाबमोजिमको कित्ताकाट नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११०८ - तामेली निर्णय बदर बन्डाबमोजिमको कित्ताकाट नामसारी भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०४/२५ ८६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।४।२५ मुद्दाः- तामेली निर्णय बदर बन्डाबमोजिमको कित्ताकाट नामसारी ०७६-CI-०६८५ पुनरावेदक/प्रतिवादी : भिमभक्तको नाति अनङ्गभक्त प्रधानाङ्गको छोरा काठमाडौं जिल्ला का.म.न.पा. वडा नं. २७ बस्ने केदारभक्त प्रधानाङ्ग विरूद्ध प्रत्यर्थी/वादी : ललितपुर जिल्ला ललितपुर म.न.पा. वडा नं. ३ बखुण्डोल बस्ने बद्रीभक्त प्रधानाङ्ग ०७७-CI-०१९६ पुनरावेदक/प्रतिवादी : अनङ्गभक्तको छोरा काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. २७ असन कमलाछी घर नं. ११ बस्ने रत्नभक्त प्रधानाङ्ग विरूद्ध प्रत्यर्थी/वादी : अनङ्गभक्तको छोरा का.जि. का.म.नपा वडा नं २७ असन न्हेकन्तला नागरिकतामा वतन भए पनि सो वतन नभई ललितपुर जिल्ला ललिपुर म.न.पा. वडा नं ३ घर नं. ३।१७ बखुन्डोल मैत्रीमार्ग बस्ने बद्रीभक्त प्रधानाङ्ग मुद्दाको विषयवस्तुबाट उक्त विषय फिरादपत्रको रोहबाट अदालत प्रवेश गर्नुपर्ने प्रकृतिको देखिएको र तदनुरूप सुरू जिल्ला अदालतमा फिरादपत्र दायर भएकोमा मालपोत कार्यालयबाट निर्णय हुँदा “तामेली” बेहोरा उल्लेख गरेको कारण प्रचलित कानूनबमोजिम दाबीको जग्गामा अंश हक कायम गराउन जिल्ला अदालतमा फिराद दायर गर्न नसकिने भन्ने देखिन आउँदैन । अंश र साम्पत्तिक हकको प्रश्न समावेश भएको निवेदनका विषयमा निर्णय गर्ने क्षेत्राधिकार मालपोत कार्यालयलाई नभएकोले त्यस्तो निवेदनलाई तामेलीमा राख्न गरेको निर्णयलाई कानून प्रतिकूल भनी मान्न नमिल्ने । (प्रकरण नं. ३) पुनरावेदक / प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ताहरू श्री धिर्जराज पोखरेल, श्री आभाषबहादुर प्रधान र श्री बाबुकृष्ण महर्जन प्रत्यर्थी/वादीका तर्फबाट : अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने:- मा. जि. न्या. श्री अवनी मैनाली भट्टराई ललितपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने: मा. न्या. श्री ठाकुरप्रसाद शर्मा पौडेल मा. न्या. श्री बासुदेव आचार्य उच्च अदालत पाटन फैसला न्या. नहकुल सुवेदी : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(घ) बमोजिम पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः- तथ्यगत बेहोरा फिरादीको बाबु अनङ्गभक्त र आमा राममायाबाट जेठो छोरा उपेन्द्रभक्त, माहिलो दिनेशभक्त, साइँलो म फिरादी बद्रीभक्त, काइँलो विपक्षी केदारभक्त र कान्छो विपक्षी रत्नभक्त भएकोमा सबै अंशियारबिच मिति २०३३।१२।३ मा घरायसी बन्डापत्र भई सोही बन्डाबमोजिम सो जग्गा म फिरादीलाई कित्ताकाट गरी नामसारी गरिपाउँ भनी मालपोत कार्यालय ललितपुरमा निवेदन दिएकोमा मालपोत कार्यालय ललितपुरले निवेदकले मुलुकी ऐन, रजिस्ट्रेसनको महलको ४ नं. को भाखा नघाई दा.खा. माग गरेकोले मिसिल दायरीको लगत कट्टा गरी तामेलीमा राखिदिने भनी मिति २०७४।६।८ मा निर्णय गरेकोले सो तामेली निर्णय बदर गरी मिति २०३३।१२।३ को घरायसी बन्डापत्रका आधारमा निज केदारभक्त प्रधानाङ्ग र रत्नभक्त प्रधानाङ्गका नाममा दर्ता भएको ल.पु.जि. पुल्चोक वडा नं.३क को साबिक कि.नं.५३ को क्षे.फ.१-२-३-० बाट हाल कायम भएको कि.नं.२२६ को क्षे.फ.१-३-२-० जग्गामध्येबाट पश्चिमतर्फबाट सो बन्डाबमोजिमको क्षे.फ. ०-६-२-० जग्गा कित्ताकाट गरी म फिरादीका नाममा दा.खा. नामसारी गरी ज.ध.प्रमाण पुर