निर्णय नं. ११११० - अंश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११११० - अंश भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०७/२० ८५९ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री डा। आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति स् २०७९।७।२० ०७३( ऋक्ष्(०९५९ मुद्दास् अंश पुनरावेदकरप्रतिवादी स् स्व। रामप्रगास मुराउको छोरा, जिल्ला बाँके, हिरमिनिया गाउँ विकास समिति, वडा नं।९ कालाबञ्जार बस्ने ओरीलाल मुराउ विरूद्ध प्रत्यर्थीरवादी स् स्व। रामप्रगास मुराउको छोरा, जिल्ला बाँके, हिरमिनिया गाउँ विकास समिति, वडा नं। ९ कालाबञ्जार बस्ने सियाराम मुराउ धर्मपुत्र हुनेले आफूलाई जन्मदिने बाबुको सम्पत्तिमा दाबी गर्न नपाउने र धर्मपुत्र राख्नेको सम्पत्तिबाट अंश पाउने भनी स्पष्ट कानूनी व्यवस्था रहेको स्थितिमा अन्यथा प्रमाणित नभएसम्म सगोलमा हुँदाका अवस्थामा खरिद गरिएको जग्गालाई पुर्ख्यौली सम्पत्तिबाट बढे बढाएको वा खरिद गरेको मान्नुपर्ने । ९प्रकरण नं। ६० पुनरावेदकरप्रतिवादीका तर्फबाट स् विद्वान् अधिवक्ताहरू श्री चुडामणी पौडेल र श्री रक्षा बस्याल प्रत्यर्थीरवादीका तर्फबाट स् विद्वान् वरिष्ठ अधिवक्ता श्री सुरेशकुमार पौडेल अवलम्बित नजिर स् सम्बद्ध कानून स् सुरू तहमा फैसला गर्नेस् मा। जि। न्या। श्री धर्मराज पौडेल बाँके जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेस् मा। न्या। श्री यज्ञप्रसाद बस्याल मा। न्या। श्री भानुभक्त शर्मा न्यौपाने पुनरावेदन अदालत नेपालगन्ज फैसला न्या। कुमार रेग्मी स् न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम यस अदालतमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको तथ्य र ठहर यसप्रकार रहेको छः( तथ्य खण्ड मुल पुर्खा स्व।तुलसीराम मुराउका एक छोरा स्व। रामप्रगास मुराउ र निजकी श्रीमती स्व।बच्चुदेई मुराउबाट जन्मेका २ छोरामा जेठो म फिरादी सियाराम मुराउ र कान्छो प्रतिवादी ओरिलाल मुराउ हुन् । हामी दुई दाजुभाइ अंशियार हौं । हाम्रोबिच अंशबन्डा भएको छैन । केही सम्पत्ति दुवैको संयुक्त नाम दर्तामा र केही अलगअलग दर्ता भएको छ । सगोलको सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्ति बन्डा गरौं भन्दा प्रतिवादीले इन्कार गरेकाले फिराद गरेको छु । फिराद परेको अघिल्लो दिनलाई मानो छुट्टिएको मिति कायम गरी प्रतिवादीसँग रहेको पुर्ख्यौली सम्पत्ति र त्यसबाट बढे बढाएको सम्पत्तिको फाँटवारी लिई सम्पूर्ण सम्पत्तिमा २ भाग गरी १ भाग अंश दिलाइपाउँ भन्ने सियाराम मुराउको फिराद दाबी । वादीले उल्लेख गरेको पुस्तेवारी ठिक हो । हामीहरूबिच अंशबन्डा भएको छैन । हामीहरूको संयुक्त नाममा केही सम्पत्ति रहेको र केही अलग(अलग दर्ता रहेको छ । बाबु आमा जीवित छँदै मलाई बद्री मुराउको घरमा सेवा टहल एवं खेती किसानी गर्ने काममा सघाउन बाबु आमाले पठाउनु भएकोले सानै उमेरदेखि निजको घरमा बसी हुर्केको हुँ । २०३२ सालमा २३ वर्षको हुँदादेखि नै अलग बसी मैले सानै उमेरबाट बद्री मुराउको सेवा टहल गरी निजका छोराछोरी कोही नहुँदा सेवाबाट खुशी भई मलाई र।नं।५७३८ मिति २०५४र०२र२२ मा धर्मपुत्रको लिखत पारित गरी धर्मपुत्रबाट प्राप्त सम्पत्तिमा बस्दै आएको छु । वादी मेरा सगोलका अंशियार होइनन् । २०३२ सालदेखि नै अलग बसी आएकोले मेरो निजी आर्जनको सम्पत्तिमा अंश लिने उद्देश्यले दायर गरेको फिराद दाबी नपुग्ने गरी इन्साफ पाउँ भन्ने ओरिलाल मुराउको प्रतिउत्तर जिकिर । मिति २०५४र०२र२१ लाई मानो छुट्टिएको मिति कायम गरिदिएको छ । सो मितिसम्मको बन्डा गर्नुपर्ने सम्पत्तिको तायदाती फाँटवारी वादी प्रतिवादी दुवै पक्ष