निर्णय नं. १११११ - धर्मपुत्र लिखत बदर

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११११ - धर्मपुत्र लिखत बदर भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०८/२० ११९५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल फैसला मिति : २०७९।८।२० ०७३-CI-०९८९ मुद्दाः- धर्मपुत्र लिखत बदर पुनरावेदक/प्रतिवादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२ ह्यूमत रामचन्द्रस्थान डेरा गरी बस्ने पुतलीनानी श्रेष्ठको धर्मपुत्र रत्न कपाली श्रेष्ठ विरूद्ध प्रत्यर्थी/वादी : काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं.१२ ह्यूमत रामचन्द्रस्थान बस्ने रामदाश श्रेष्ठको छोरी कृष्णदाश श्रेष्ठको श्रीमती पुतलीनानी श्रेष्ठको स्वर्गारोहण भई शेषपछिको बकसपत्र लिने भनिएका ललितपुर जिल्ला, ललितपुर महानगरपालिका वडा नं.१ कुपण्डोल बस्ने नारायण तण्डुकारको छोरा अर्जुन तण्डुकार आफूलाई पालन पोषण गर्नुपर्ने अवस्थामा धर्मपुत्र राखेको छोटो समयमा नै बदरको लागि फिराद दिनुपर्ने कारण विचारणीय देखिने । धर्मपुत्रको लिखत बदर नै हुन नसक्ने, एक पटक लिखत पारित गरिदिएपछि प्राकृतिक सन्तानले प्राप्त गर्ने अधिकार जस्तो अटल रहने कागजात पनि होइन । धर्मपुत्र भइसकेपछि धर्मपुत्र बस्नेले आफ्ना धर्मपुत्र राख्ने आमा बाबुप्रतिको दायित्व र कर्तव्य पूर्ण रूपमा पूरा गरेमा निजले प्राकृतिक छोरासरह नै अधिकार प्राप्त गर्दछ, कानूनले समेत संरक्षण प्रदान गरेको धर्मपुत्रको लिखतभित्र अन्तरनिहित विषय सम्पत्तिको मोहभन्दा पनि धर्मपुत्र दिने व्यक्तिको हेरचाह, साहारा र सम्पत्तिको संरक्षणतर्फको विषय महत्त्वपूर्ण हुने । (प्रकरण नं. ८) धर्मपुत्र राख्ने धर्ममाता वा धर्मपिता नै धर्मपुत्रको लिखत नै बदरको माग दाबी लिएर अदालतमा आइसकेपछि झुक्याई धर्मपुत्रको लिखत पास गरेको रहेछ भन्ने मान्नुपर्ने । (प्रकरण नं. ९) पुनरावेदक/प्रतिवादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री शम्भु थापा, श्री शतिसकृष्ण खरेल तथा श्री एकराज भण्डारी र विद्वान् अधिवक्ता श्री कपिलचन्द्र पोखरेल प्रत्यर्थी/वादीका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ताहरू श्री हरिहर दाहाल, श्री रमन श्रेष्ठ, श्री मिरा ढुंगाना र श्री युवराज भण्डारी तथा विद्वान् अधिवक्ताहरू श्री पूर्णचन्द्र पौडेल, श्री सतिश झा, श्री राधेश्याम मण्डल तथा श्री शैलेन्द्रप्रसाद यादव अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री सुदर्शनराज पाण्डे काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री एकराज आचार्य मा. न्या. श्री हरिकुमार पोखरेल पुनरावेदन अदालत पाटन फैसला न्या हरिप्रसाद फुयाल : न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम मुद्दा दोहोर्‍याई हेर्ने निस्सा प्राप्त भई पुनरावेदनसरह दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार रहेको छ:- तथ्य खण्ड मलाई वारेसनामाको कागज भनी झुक्याई मिति २०६५/०९/२१ गते डोरमार्फत २०६५/०९/२८ मा मालपोत कार्यालयबाट धर्मपुत्रको लिखित पारित गरेपछि विपक्षी रत्न कपालीले म फिरादीलाई लिखत पारित भएको २ महिनापछि खान लाउन नदिने, घरको सम्पत्ति हेरचाह नगरी दुरूपयोग गर्ने, म ८२ वर्षकी वृद्धलाई शारीरिक र मानसिक यातना दिने, अपहरण गर्छु, मार्छु भनी डर धाक धम्की दिनुका साथै १०, १५ जना गुण्डा लगाई म फिरादी बसोबास गरेको ठाउँमा विपक्षी धर्मपुत्रले अशान्ति गरी कुटपिट गर्ने, शारीरिक र मानसिक यातना दिने गरेकोले शान्ति सुरक्षा गरी जिउ धनको सुरक्षा गरिप