निर्णय नं. ११११२ - उत्प्रेषणसमेत

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११११२ - उत्प्रेषणसमेत भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०२/१० ८२४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति : २०७९।२।१० ०७७-WO-०१३१ मुद्दाः उत्प्रेषणसमेत निवेदक : साबिक डोटी जिल्ला, जोरायल गा.वि.स., वडा नं.३ घर भई हाल भक्तपुर जिल्ला, महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुर प्र.ज. (सङ्केत नं. C-००११४८५५) (कम्प्युटर नं. ४०९१०७) सेवाबाट पदमुक्त गरिएको भक्तपुर महानगरपालिका बस्ने यज्ञराज अवस्थीको छोरा दिर्घराज अवस्थी विरूद्ध विपक्षी : महानगरीय प्रहरी कार्यालय, कर्मचारी प्रशासन शाखा, रानीपोखरी काठमाडौंसमेत अधिकारप्राप्त अधिकारीले प्रहरी सेवाको सानो पदको कर्मचारीउपर कारबाही गर्दा कानूनले तोकेको कार्यविधि वा कानूनद्वारा निश्चित गरिएका प्रक्रियाहरू अनुशरण नगर्ने तर जब अदालतमा कानूनी रीत पुर्‍याएको वा नपुर्‍याएको भन्ने सम्बन्धमा प्रश्न उठ्छ तब यो व्यक्तिले विगतमा यसो गरेको थियो भन्ने जस्ता कुराहरू गर्नु उचित नहुने । यस्ता कुराहरू न्यायका रोहमा स्वीकार्य नहुने । सेवाबाट हटाउने निर्णय वस्तुनिष्ठ कारणमा आधारित हुनुपर्ने र असर पर्ने व्यक्तिलाई आफ्नो सफाइ पेस गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्ने । (प्रकरण नं. ६) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता श्री रवि नारायण खनाल र विद्वान् अधिवक्ता श्री शान्ति खनाल विपक्षीका तर्फबाट : विद्वान् सहन्यायाधिवक्ता श्री खेमराज ज्ञवाली अवलम्बित नजिर : सम्बद्ध कानून : आदेश न्या.डा.आनन्दमोहन भट्टराई : नेपालको संविधानको धारा ४६ र धारा १३३(२) बमोजिम यस अदालतको क्षेत्राधिकारअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवम् आदेश यस प्रकार रहेको छ:- तथ्य खण्ड म रिट निवेदक तत्कालीन सुदूर पश्चिमाञ्चल क्षेत्रीय प्रहरी तालिम केन्द्र, दिपायलको मिति २०६९।१२।२५, च.नं.१५१० को सिफारिस पत्रबमोजिम तत्कालीन प्रहरी नियमावली, २०४९ को परिच्छेद ३ को नियम १८अनुसार १ वर्षे परीक्षणकालमा रहने गरी मिति २०६९।१२।२५ देखि प्रहरी जवान पदको तलब भत्ता खान पाउने गरी स्थायी नियुक्ति पत्रले सेवामा प्रवेश भई मुलुकका विभिन्न सुगम र दुर्गम जिल्लाहरूमा खटिई देश र जनताको सेवा गर्दै हाल सोही पदमा महानगरीय प्रहरी प्रभाग दुवाकोट भक्तपुरमा सेवारत छु । प्रहरी प्रभाग दुवाकोट, भक्तपुरमा सेवारत रहँदा विपक्षी प्रत्यर्थी महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षकबाट मिति २०७६।०६।०६ गते भविष्यमा सरकारी सेवाको लागि अयोग्य नठहरिने गरी मलाई सेवाबाट हटाउने गरी निर्णय गर्नुभएको र उक्त निर्णय न्यायोचित नभएकाले त्यस निर्णयउपर पुनरावेदन गर्दा महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका प्रमुख नायब महानिरीक्षकले मिति २०७६।१२।१८ मा प्रहरी उपरीक्षकबाट मिति २०७६।०६।०६ मा भएको निर्णय न्यायोचित एवम् कानूनसम्मत नै देखिएको भन्दै सुरू निर्णयलाई नै सदर गरेको अवस्था छ । प्रथमतः संविधानको धारा २७ ले कुनै पनि नागरिकलाई आफनो वा सार्वजनिक सरोकारको विषयमा सूचना प्राप्त गर्ने हक प्रत्याभूत गरेको छ । तर विपक्षी प्रत्यर्थी महानगरीय प्रहरी परिसर, भक्तपुरका प्रहरी उपरीक्षकबाट मेरो सेवामुक्त हुने प्रक्रियामा मलाई सुनुवाइको अवसरसमेतबाट वञ्चित गरिएको अवस्था छ । जबकि प्रहरी नियमावली, २०७१ को नियम ११५ (१) बमोजिम प्रहरी कर्मचारीलाई सजायको आदेश दिनुअघि कारबाही गर्न लागिएको बेहोरा उल्लेख गरी हुनसक्ने सज