निर्णय नं. १५५४ - डाँका
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १५५४ - डाँका भाग: २४ साल: २०३९ महिना: श्रावण अंक: ४ फैसला मिति :२०३९/०४/२४ २६५१ निर्णय नं. १५५४ ने.का.प. २०३९ अङ्क ४ डिभिजनबेञ्च माननीय न्यायाधीश श्री धनेन्द्रबहादुर सिंह माननीय न्यायाधीश श्री त्रिलोकप्रताप राणा सम्वत् २०३८ सालको फौ.पु.नं. २९२ फैसला भएको मिति : २०३९।३।२४।५ मा प्रतिवादी : जि.कपिलबस्तु गा.पं.धर्मपतिया बस्ने झिनक भन्ने रामऔतार अहिर समेत विरुद्ध वादी : केशवबहादुरको जाहेरीले श्री ५ को सरकार मुद्दा : डाँका (१) बकपत्र गराउँदा मानिस सनाखत गराउने कुरा ऐनले मिल्ने देखिँदैन । बकपत्रकै सिलसिलामा अदालतबाट मानिस देखाएकोले चिनें भनेका कुरा अ.बं.१७३ नं.विपरीत कानूनी प्रकृया बाहिरको हुँदा त्यसलाई मान्यता दिन नमिल्ने । (प्रकरण नं. १३) प्रतिवादीतर्फबाट : विद्वान अधिवक्ता श्री सिवानन्द दास सरस फैसला न्या.त्रिलोकप्रताप राणा १. न्याय प्रशासन सुधार ऐन, २०३१ को दफा १३ (५) को खण्ड (ख) बमोजिम पुनरावेदनको अनुमति प्राप्त भई पेश हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य यस प्रकार छ : २. २०३२।८।४।१ का रात सुती निदाएको अवस्थामा डाँकाहरु आई डाँका गर्न लाग्दा ब्यूँझेकोले निजहरुले बालेको टर्च बत्तीको उज्यालोले देवेन अहिर, कल्लु थारु, शिवनाथ अहिर, चरित्र अहिर, भेलई अहिर, राम टहल अहिर, झेनकु अहिर समेतलाई चिनें । डाँकाहरुले हल्ला गरे मारी दिन्छु भन्दा डरले सुती राखें । रु.१२११।–को धनमाल डाँका गरी लगेकोले पक्राउ गरी कानून बमोजिम सजाय गरी मेरो धनमालको बिगो पाउँ भन्ने समेत जाहेरी दर्खास्त । ३. गत बुधवार हामीहरुले डाँका गर्ने सल्लाह भई भेलई अहिर, चरित्र अहिर, भूइला भन्ने राम टहल अहिर, शिवनाथ अहिर, कल्लु थारु र म समेत भई शुक्रबारको दिन भोजराजको घरमा रु.३५०।–को भाँडा चोरी गरी केशरबहादुरको घरमा डाँका गरेका हौं भन्ने समेत देवेन अहिरले प्रहरीमा गरेको कागज । ४. गत मार्ग ४ गते देवेन भेलाई अहिर, कल्लु थारु, शिवनाथ अहिर, चरित्र, झेनकु अहिर र म समेत भई पहिला भोजराजको घरमा चोरी गरी त्यसपछि केशरबहादुरको घरमा डाँका गरेको हो । सवैको भागमा ५०।–५०।–रुपैयाँ परेको हो भन्ने राम टहल अहिर, कल्लु थारु, चरित्र अहिर, शिवनाथ अहिर समेतको पृथक पृथक कागज । ५. देवेन अहिर, कल्लु थारु, चरित्र अहिर, राम टहल अहिर, शिवनाथ अहिरहरुले डाँका गरेको शंका लाग्छ भन्ने कोही र निजहरु सातैजनाले हल्ला गरिस भने मारी दिन्छु भन्ने धम्की दिई बन्दूक ताकी चक्कु छुरी देखाई मेरो लोग्नेलाई बिस्तारामा च्यापी दुवै बाकस लगे मुन्द्री समेत खोसी डाँकाहरु भागे भन्ने समेत चमेली दर्जिनी, देवरलाई च्यापी लेखिए बमोजिम डाँका गरे भन्ने झुनकी दर्जिनी, गुनबहादुर दर्जीसमेतका परिवारले बकेको सर्जिमिनमुचुल्का । ६. पक्राउ परेका कल्लु थारु यस अघि डाँका मुद्दामा सजाय पाई सकेको भन्ने निजले बयानबाट देखिएकोले निज दोश्रा पटकमा र अरु अभियुक्तहरुलाई पहिला पटकमा चोरीको १४।४ नं.अनुसार सजाय हुने र फेला नपरेका भेलई अहिर, झिनकु अहिरलाई वारेन्ट जारी हुनु पर्ने भन्ने समेत प्रहरी प्रतिवेदन । ७. प्रहरीमा भएको कागज कुटपिट गरी गराएको हो मेरो राजिखुशिबाट गराएको होइन । रिस ईवीबाट जोहरी दिएका हुन । मैले जाहेरवालाको घरमा चोरी डाँका गरेको छैन । चरित्र अहिर समेतले किन पोले मलाई थाहा छैन भन्ने समेत देवेन अहिर, चरित्र अहिर, शिवनाथ अहिर र राम टहल अहिर । प्रतिवेदन साथ दाखिल हुन आएको तामाको आरी समेतको भाँडा र नगद रु.२०।–समेत कसको हो मेरो होइन मैले डाँका गरेको छैन भन्ने समेत कल