निर्णय नं. ११११४ - परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ११११४ - परमादेश भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७८/०९/०९ २७३४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री अनिलकुमार सिन्हा माननीय न्यायाधीश श्री नहकुल सुवेदी फैसला मिति: २०७८।९।९ ०७३-CI-०२७७ मुद्दा : परमादेश पुनरावेदक/निवेदक: रौतहट जिल्ला, विश्रामपुर गाउँ विकास समिति वडा नं. ३ स्थित श्री सरस्वती प्रा.वि. को राहत शिक्षक रामएकवाल प्रसाद यादव विरूद्ध प्रत्यर्थी/विपक्षी: रौतहट जिल्ला, विश्रामपुर गाउँ विकास समिति वडा नं. ६ स्थित श्री सरस्वती प्रा.वि. को विद्यालय व्यवस्थान समितिसमेत कानूनबमोजिम अधिकारप्राप्त निकायले सोसम्बन्धी छानबिन तथा कारबाही नगर्ने तर शिक्षक छनौट प्रक्रियामा सम्मिलित भई प्रतिस्पर्धाबाट छनौट भएको व्यक्तिलाई विद्यालयमा नियमित कामकाज गरेको अवधिको समेत तलब भत्ता निकासा नदिएको कार्य न्यायोचित नदेखिने । (प्रकरण नं. ४) आफूले काम गरेको अवधिको हाजिरीबमोजिमको तलब भत्ता पाउनुपर्ने श्रमसम्बन्धी कानून र श्रम विधिशास्त्रको आधारभूत मान्यतासमेत हुने । (प्रकरण नं. ५) पुनरावेदक/निवेदकका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री लोकबहादुर कटुवाल प्रत्यर्थी/विपक्षीका तर्फबाट: अवलम्बित नजिर: सम्बद्ध कानून: शिक्षा ऐन, २०२८ सुरू तहमा फैसला गर्नेः मा.न्या.श्री हरिकुमार पोखरेल मा.न्या.श्री नागेन्द्रलाभ कर्ण पुनरावेदन अदालत हेटौंडा फैसला न्या. नहकुल सुवेदी: पुनरावेदन अदालत हेटौंडाको मिति २०७३।१।८ को फैसलाउपर न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) अन्तर्गत यस अदालतमा वादीको पुनरावेदन परेको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड म निवेदक श्री सरस्वती प्राथमिक विद्यालयमा जिल्ला शिक्षा कार्यालय, रौतहटद्वारा मिति २०७१।५।३ मा प्रदान गरेको अस्थायी राहत कोटामा उक्त विद्यालय व्यवस्थापन समितिको मिति २०७१।०५।१३ को निर्णयानुसार नियुक्ति पाई सो विद्यालयमा प्रा.वि. राहत शिक्षकमा अध्यापन कार्य गर्दै आइरहेको छु । उक्त कुरा विद्यालयको हाजिरी रेकर्डबाट समेत पुष्टि हुन्छ । मैले नियुक्ति पाएदेखि हालसम्म तलबभत्ता पाएको छैन । तलब नपाएको सम्बन्धमा जिल्ला शिक्षा कार्यालयमा निवेदन दिएकोमा कुनै निकासा नभएकोले निवेदकले पाउनुपर्ने तलब भत्तालगायतका सेवा सुविधा उपलब्ध गर्नु, गराइदिनु भनी विपक्षीहरूको नाउँमा परमादेशको आदेश जारी गरिपाउँ भन्नेसमेत बेहोराको निवेदनपत्र । यसमा के कसो भएको हो ? निवेदन मागबमोजिमको आदेश जारी हुनुपर्ने हो वा होइन ? त्यस्तो आदेश जारी हुनु नपर्ने कुनै आधार र कारण भए सोसमेत उल्लेख गरी सूचना म्याद तामेल भएका मितिले बाटाका म्यादबाहेक १५ दिनभित्र विपक्षी नं. १, २ को हकमा आफू वा आफ्नो कानूनबमोजिमको प्रतिनिधिमार्फत र विपक्षी नं. ३ र ४ को हकमा पुनरावेदन सरकारी वकिल कार्यालय, हेटौंडामार्फत लिखित जवाफ पेस गर्नुहोला भनी निवेदन र आदेशको प्रतिलिपिसमेत साथै राखी विपक्षीहरूका नाउँमा सूचना म्याद जारी गरी लिखित जवाफ परे वा अवधि व्यतीत भएपछि नियमानुसार गरी पेस गर्ने भन्ने पुनरावेदन अदालत हेटौंडाको मिति २०७२।०४।१९ को आदेश । शिक्षक छनौट समितिको मिति २०७१।०५।०४ मा बसेको बैठकले शिक्षक भर्नाको कार्यविधि र तालिकासमेत निर्धारण गरी मिति २०७१।०५।०७ मा दिव्य जागरण दैनिक पत्रिकासमेतमा सार्वजनिक सूचना प्रकाशित भई परेका आवेदनबाट निर्धारित परीक्षा लिई छनौट भएपछि यी निवेदक मिति २०७१।०५।१३ मा यस विद्यालयमा नियमित रूपमा कार्यरत हुनुहुन्छ । निवेदकको क