निर्णय नं. ११११५ - सार्वजनिक जग्गा खिचोला मेटाई घर उठाई सार्वजनिक कायम गरिपाऊँ ।
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११११५ - सार्वजनिक जग्गा खिचोला मेटाई घर उठाई सार्वजनिक कायम गरिपाऊँ । भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७६/१०/२२ १७४६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश श्री तेजबहादुर के.सी. फैसला मिति: २०७६।१०।२२ ०७२-CI-१९८४ मुद्दाः सार्वजनिक जग्गा खिचोला मेटाई घर उठाई सार्वजनिक कायम गरिपाऊँ । पुनरावेदक / प्रतिवादी: जिल्ला सप्तरी, गा.वि.स. कटैया वडा नं. २ बस्ने दजाई अधिकारीको छोरा पुनदेव अधिकारीसमेत विरूद्ध प्रत्यर्थी / वादी: जिल्ला सप्तरी, गा.वि.स. कटैया वडा नं. ४ बस्ने लालजी प्रमाणीको छोरा गेनालाल प्रमाणीसमेत पोखरीको भाग भनेको पानी जमेको भाग जति मात्र पोखरीको भाग नभई त्यसले चर्चेको मानिस तथा पशुपन्छी आवतजावत गर्न मिल्ने जति क्षेत्र पनि पोखरीको भाग नै मान्नुपर्ने । (प्रकरण नं. ३) पुनरावेदक/प्रतिवादीका तर्फबाट: प्रत्यर्थी/वादीका तर्फबाट: अवलम्बित नजिर: सम्बद्ध कानून: सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री कमलप्रसाद पोखरेल सप्तरी जिल्ला अदालत पुनरावेदनमा फैसला गर्नेः मा. न्या. श्री बालकृष्ण उप्रेती मा. न्या. श्री नन्दलाल महतो थारू पुनरावेदन अदालत राजविराज, सप्तरी फैसला न्या. प्रकाशमान सिंह राउत : साबिक न्याय प्रशासन ऐन, २०४८ दफा ९(१) तथा हाल न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला सप्तरी, गा.वि.स. कटैया, वडा नं.४ कि.नं. १२९ को ०–७–१० तथा कि.नं.१३० को ०–१३–१७ जग्गा सार्वजनिक जग्गा हो । कि.नं.१२९ को ०–७–१० सार्वजनिक जग्गामा म फिरादीलगायतका मानिस तथा चौपाया जनावरसमेत आवतजावत गरिरहेका छन् । विपक्षीहरूले मिति २०६७।१२।५ का दिन अन्दाजी बिहान ९:०० बजेको समयमा उक्त कि.नं.१२९ को ०–७–१० जग्गाको पोखरीको डिलको पूर्वपट्टिको केही जग्गामा र कि.नं.१३० को ०–१३–१७ पोखरीको केही जग्गा माटोले पुरी अन्दाजी ०–४–१ जग्गा खिचोला गरी पोखरीको डिलमा उत्तरपट्टिबाट उत्तरबाट दक्षिण मुखको फुसको घर थान–१, पश्चिमतर्फबाट पूर्व मुखको पक्की घर थान–२, पूर्वतर्फबाट पश्चिम मुखको पक्की घर थान–१, दक्षिणतर्फबाट उत्तर मुखको फुसको घर–१ समेत ५ थान घर बनाई सर्वसाधारण मानिस आवतजावत गर्न कठिनाई भएकोले उक्त जग्गा खाली गरिदिनुहोस् भनी भन्दा जग्गा खाली गर्न इन्कार गरेकाले बाध्य भई मुलुकी ऐन, जग्गा आवाद गर्नेको ४ र १२ नं. अन्तर्गत अ.बं.३६ को हदम्यादभित्र विपक्षीहरूउपर फिराद गर्न आएको छु । तसर्थ विपक्षीहरूलाई झिकी बुझी उक्त कि.नं.१२९ को ०–७–१० मध्ये पूर्वतर्फबाट ०–२–१० र कि.नं.१३० को ०–१३–१७ जग्गामध्ये ०–१–११ जग्गा तथा उत्तरतर्फ रहेको डगर बाटोसमेत गरी ०–४–१ जग्गाको स्थलगत नापनक्सा गरी उक्त ५ थान घरहरू उठाई खिचोला मेटाई सार्वजनिक कायम गरिपाउँ भन्नेसमेत बेहोराको वादी गेनालाल प्रमाणीको फिराद दाबी । फिराद दाबीको कि.नं.१२९ को ०–७–१० जग्गामा भएको घर बसोबास हाम्रा बाजेका पालादेखि रहेको छ, उक्त जग्गा पोखरी महाड वा पोखरी पानीझाव होइन । सो जग्गा गाउँ ब्लकको जग्गा हुँदा गाउँ ब्लकको जग्गाभित्र गाउँ बस्ती हुनु स्वाभाविक नै हो । सो कि.नं.१२९ को जग्गामा हाम्रो साबिकदेखिको बसोबास भई २ थान पक्की घरसमेत बनाई बसी आएका छौँ । सा.कि.नं.१२९ को जग्गामध्ये ०–१–० जग्गामा पक्की घर तथा फुसको घर हुँदा गा.वि.स. कटैयामा हाम्रा पिता दजाई अधिकारीले २०५४