निर्णय नं. ११११७ - लिखत दर्ता बदर दर्ता
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. ११११७ - लिखत दर्ता बदर दर्ता भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/११/१४ १६३२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा।श्री मनोजकुमार शर्मा फैसला मितिस् २०७९।११।१४ ०७१(ऋक्ष्(०४४६ मुद्दास् लिखत दर्ता बदर दर्ता पुनरावेदकरवादीस् विदेश भारत, पूर्वी चम्पारण जिल्ला, सिगौली थाना ग्राम राजलक्ष्मीपुर हाल परिवर्तित ग्राम पञ्चायत दक्षिणा मनसिंघा ग्राम ९मधुमल्ती० जन्मघर भई हाल नेपाल सरहद, बारा जिल्ला, फत्तेपुर गा।वि।स।, वडा नं। ९ वस्ने भागवतप्रसादको छोरा मुकेशप्रसाद यादवसमेत विरूद्ध प्रत्यर्थीरप्रतिवादीस् बारा जिल्ला, पिप्रा सिमरा गा।वि।स।, वडा नं। ३ बस्ने ओमकृष्ण कार्कीसमेत एकासगोलको पैतृक सम्पत्ति कुनै अमुक अंशियारको नाममा दर्ता कायम रहे पनि उक्त सम्पत्तिमा कानूनतः अन्य अंशियारहरूसमेतको अंश भाग लाग्ने । एकासगोलको अंशियारका नाममा रहेको अंशियारहरूमा बन्डा लाग्ने सम्पत्तिमा अंशको समान हकदार अन्य अंशियारहरूको स्वीकृति मन्जुरीबेगर कुनै अंशियारले आफ्नो नाममा रहे भएकै आधारमा सुक्री बिक्री गरी निजले एकलौटी रूपमा फाइदा लिने कार्यलाई न्यायसङ्गत मान्न नमिल्ने । ९प्रकरण नं। ४० पुनरावेदकरवादीका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ता श्री महादेव यादव प्रत्यर्थीरप्रतिवादीका तर्फबाटस् विद्वान् वरिष्ठ अधिवक्ताद्वय श्री रामकृष्ण काफ्ले तथा श्री केदार दाहाल र विद्वान् अधिवक्ता श्री प्रेमचन्द्र राई अवलम्बित नजिरस् ने।का।प। २०५२, अङ्क २, नि। नं। ६५०७ सम्बद्ध कानूनस् सुरू तहमा फैसला गर्नेः मा। जि। न्या। श्री अवधविहारीप्रसाद सिन्हा बारा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा। न्या। श्री बमकुमार श्रेष्ठ मा। न्या। श्री सरिता शर्मा पुनरावेदन अदालत हेटौंडा फैसला न्या।डा।मनोजकुमार शर्मास् तत्कालीन न्याय प्रशासन ऐन, २०४८ को दफा ९९१० बमोजिम दायर भई न्याय प्रशासन ऐन, २०७३ को दफा ९९१० बमोजिम यस अदालतको अधिकारक्षेत्रभित्र पर्ने भई पेस हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य र ठहर यसप्रकार छः( तथ्य खण्ड मूल पुरूष महराज रायका २ छोराहरू रामउगर प्रसाद र जगदीश प्रसाद भई रामउगर प्रसादका २ छोराहरू भागवत प्रसाद र प्रेमचन्द्र हुन् भने भागवत प्रसादका ४ छोराहरू हामी फिरादीहरू मुकेशप्रसाद, मनोजप्रसाद, अनिलकुमार र रञ्जितकुमार हौं । प्रेमचन्द्र प्रसादका ३ छोराहरू जितेन्द्र कुमार, अखिलेश्वर कुमार र प्रदिप कुमार हौँ । जगदिश प्रसादका ५ छोरामा म फिरादी रामअयोध्या राउत, विपक्षीका पति पिता मुक्तिनारायण भन्ने मुक्तिनाथ प्रसाद, हामी फिरादी कवलदेव प्रसाद र राजकिशोर प्रसाद हौं । मुक्तिनाथ प्रसादकी पत्नी विपक्षी कान्तीदेवीका ४ छोराहरूमा विपक्षी रमेशप्रसाद, संजयकुमार, जयप्रकाश कुमार र ओमप्रकाश कुमार हुन् । महराज राय, रामउगर, जगदिश प्रसाद, भागवत प्रसाद, मुक्तिनाथ प्रसादसमेतको स्वर्गवास भइसकेको छ । विपक्षीहरू हामी फिरादीहरूका भाइ बुहारी, भाउजू भतिजा, काकी तथा दाजुभाइ नाताका हुन् । हामा पूर्वजहरूले तत्कालीन अवस्थामा नेपालमा पनि जग्गाजमिन आर्जन गरी भोगचलन गरी आउनुभएको थियो । नेपाल, भारत दुवै मुलुकका जग्गामध्ये केही जग्गा विपक्षीहरूको पति पिता मुक्तिनारायण भन्ने मुक्तिनाथ प्रसादको नाउँमा नापी दर्ता भए पनि हामी वादी प्रतिवादीहरू संयुक्त रूपमा भोगचलन गरी आएका छौं । पिता बाजे जगदिश प्रसादका नाउँ दर्तामा रहेका जग्गाहरू भूमि माफियाहरूले किर्ते रूपमा रजि