निर्णय नं. १११२० - मोही नामसारी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११२० - मोही नामसारी भाग: ६५ साल: २०८० महिना: असोज अंक: ६ फैसला मिति :२०७९/०३/२२ १९९३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिप्रसाद फुयाल माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति: २०७९।३।२२ ०७५-CI-००६३ मुद्दाः मोही नामसारी पुनरावेदक / वादी: अभयमान डंगोलको नाति, कान्छाभाइ डंगोलको छोरा, का.जि. का.म.न.पा. १२, ब्रह्मटोल बस्ने चन्द्रमान डंगोल विरूद्ध प्रत्यर्थी / प्रतिवादी: चन्द्रकान्त फुयालकी बुहारी ओमप्रसाद फुयालकी श्रीमती का.जि. का.म.न.पा. वडा नं. १४ बस्ने दुर्गा शर्मा कुनै जग्गामा कुनै व्यक्ति मोही कायम भइसकेपछि निजलाई कानूनबमोजिम निष्काशन नगरेसम्म उक्त जग्गामा निजको मोही हक कायम रहेको मानिने । कुनै जग्गामा कुनै व्यक्ति मोही कायम हुनुको मतलब निजले त्यस्तो हक छोड्नै नपाउने भन्न नमिल्ने । मोहीले जग्गा छोडी भागेमा वा बेपत्ता भएमा वा कुत बाली नबुझाएमा पनि मोही हक कायम रहन्छ भन्न नमिल्ने । यस्तो स्थिति सिर्जना भएमा कुनै व्यक्तिलाई मोहियानी हकबाट वञ्चित गर्न वा हटाउन सकिने । कुनै व्यक्तिलाई प्राप्त मोही हकबाट वञ्चित गर्न कानूनबमोजिमको प्रक्रिया अवलम्बन गर्नुपर्ने । (प्रकरण नं.४) पुनरावेदक / वादीका तर्फबाट: विद्वान् अधिवक्ताहरू श्री आशिष अधिकारी, श्री खेमराज भट्ट र श्री निरञ्जन खड्का प्रत्यर्थी / प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री हरिहर दाहाल र श्री यदुनाथ खनाल अवलम्बित नजिर: ने.का.प. २०७०, अङ्क ७, नि.नं. ९०३५ सम्बद्ध कानून: भूमिसम्बन्धी ऐन, २०२१ सुरू तहमा फैसला गर्ने: श्री सुशिल वैद्य भूमिसुधार कार्यालय, काठमाडौं पुनरावेदन तहको फैसला गर्ने: मा. न्या. श्री बालकृष्ण उप्रेती मा. न्या. श्री नारायण प्रसाद श्रेष्ठ पुनरावेदन अदालत पाटन फैसला न्या. तिलप्रसाद श्रेष्ठ: तत्कालीन पुनरावेदन अदालत पाटनको मिति २०७२।६।२१ को फैसलाउपर साबिक न्याय प्रशासन ऐन, २०४८ को दफा १२(१) को खण्ड (क) र (ख) बमोजिम मुद्दा दोहोर्याई हेर्ने अनुमति प्रदान भई पुनरावेदनको रोहमा दर्ता हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- मुद्दाको संक्षिप्त तथ्य मेरा पिता कान्छाभाइ डंगोलको मिति २०३४।६।९ मा र आमा चनमाया डंगोलको मिति २०५८।४।८ मा परलोक भएको हुँदा मेरो पिताको नाममा मोहियानी कायम भएको का.जि. कलंकी ४(ख) कि.नं. १५९ को क्षे.फ. २-२-०-० र ऐ.ऐ. कि.नं. १६० को क्षे.फ. १-५-०-० जग्गाको मेरो स्वर्गीय पिताको नामबाट मेरो नाउँमा मोही नामसारी गरिपाउँ भन्नेसमेत बेहोराको वादी चन्द्रमान डंगोलको फिराद पत्र । का.जि. कलंकी ४(ख) कि.नं. १५९ को क्षे.फ. २-२-०-० र ऐ.ऐ. कि.नं. १६० को क्षे.फ. १-५-०-० जग्गाको मोही कान्छाभाइ डंगोल लेखिए तापनि साबिकदेखि हालसम्म निज मोही र हकदारसमेतले जोतकमोद नगरी मोहीले ज.ध.लाई तिर्नु बुझाउनुपर्ने कुतबाली बुझाएको छैन र जोतकमोदसमेत नगरेकोले सो जग्गा जग्गाधनीकै हकभोगमा रही आएको हुँदा विपक्षीको मागदाबी खारेज गरिपाउँ भन्नेसमेत बेहोराको प्रतिवादीको प्रतिउत्तर जिकिर । यिनै वादी प्रतिवादी र यिनै प्रतिवादी वादी रहेको मोही लगत कट्टा मुद्दामा आजै मिति २०७१।५।४ मा मोही लगत कट्टा हुने निर्णय भएकोले उल्लिखित साबिक कलंकी ४(ख) कि.नं. १५९ र १६० को हाल नयाँ नापीमा नगर १४ सि.नं. ११४२-१४ को कि.नं. १२५ को क्षे.फ. ४०९.०० वर्ग मिटर र ऐ.ऐ. सिट नं. ११४२-१९, कि.नं. १६ को क्षे.फ. २१०.८३ वर्ग मिटर जग्गाको मोही नामसारी नहुने ठहर्छ भन्नेसमेत बेहोराक