निर्णय नं. ४२६६ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२६६ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४८/०३/२५ ३०१६ निर्णय नं. ४२६६ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४६ सालको रिट नं. ८१९ आदेश भएको मिति: २०४८।३।२५।३ मा रिटनिवेदक: वीरगन्ज न.पं. वडा नं. १८ बस्ने जगरनाथ साह सोनार विरुद्ध विपक्षी : भूमिसुधार कार्यालय, पर्सासमेत विषय : उत्प्रेषण (१) एकपल्ट पहिला नै आधार प्रमाण समेत बुझी निर्णय गरिसकेपछि सोही कुरामा उजूर लिई पहिलेको निर्णय बदर गरेको भूमिसुधार कार्यालयको निर्णय गैरकानुनी हुँदा उक्त निर्णय पर्चा र मालपोत कार्यालयलाई लेखिएको पत्र समेत उत्प्रेषणको आदेशद्वारा बदर हुने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री चूडामणिराज सिंह मल्ल विपक्षीतर्फबाट : विद्वान उपन्यायाधिवक्ता श्री ध्रुवलाल राज आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत रही पर्न आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकारको छ । २. विपक्षी रामप्रसाद सोनारले मिति २०२५।१।१५ मा जग्गाधनी वीरगन्ज नगरपञ्चायत वार्ड नं. १ बस्ने हरिशंकरप्रसाद सिंहको दर्ताको बारा जिल्ला नकटुवा गा.पं. वा.नं. २ को कि.नं. १६५ को जग्गा बिगहा ०–८–० को ०–४–१० जग्गा जोत्न सक्दिन भनी निवेदन गर्दा नकटुवा गा.पं. ले सो कित्ताहरु आवाद गर्न जग्गाधनी हरिशंकरलाई सूचना दिई सो कित्ताहरुको मोही लगत कट्टा गर्न भूमिप्रशासन कार्यालयलाई २०२७।१२।२१ मा लेखी ज.ध.लाई बोधार्थ दिएको रहेछ । सो सूचना अनुसार जग्गाधनी हरिशंकरले जग्गा आवाद गरी आएको र सो मध्येको कि.नं. १८१ को ०–४–१० मा निवेदकको सगोलका भाइ शंकर साह सोनारले खरिद गरी २०४२।८।९ को बण्डापत्र बमोजिम निवेदकको हक दर्तामा परेको । उपरोक्त बमोजिम शंकर शाहले कि.नं. १८१ खरिद गरी लिइसकेपछि साविक ज.ध.हरिशंकरले १ कित्ता बिक्री भएको समेत व्यहोरा खुलाई बाँकी कित्ताको मोही लगत कट्टा गरी पाउन २०२८।९।२२ मा भूमिप्रशासन कार्यालय पर्सामा निवेदन गर्दा सो कार्यालयबाट विपक्षी कि.नं. १६५ मात्रको मोही लगत कट्टा हुने गरी मिति २०२९।९।१९ मा निर्णय पर्चा भई लगत कट्टा पनि भइसकेको । शंकर शाहले खरीद गरेको कि.नं. १८१ को जग्गा २०४२ सालको बण्डापत्र बमोजिम निवेदकको हकमा आएकोले विपक्षी रामप्रसादको २०२५ सालको छोडपत्र र नकटुवा गा.पं. को २०२७ सालको लगत कट्टा गर्ने बारेको पत्र, भूमिसुधार कार्यालयको निर्णय पर्चा समेतका आधारमा मोही लगत कट्टा गरी पाउन निवेदन गर्दा विपक्षी भू.सु.का.बाट मिति २०४६।३।२९ मा पर्चा (साविक पेज नं. ९२) भएको र सो बमोजिम लगत कट्टा गर्न माल कार्यालयलाई लेखी गएको । ३. तत्पश्चात कार्यालयलाई समेत झुक्याई मोही लगत कट्टा गराए भन्ने समेत रामप्रतापको मिति २०४६।५।९ को निवेदनका आधारमा विपक्षी भू.सु.का.बाट २०४६।५।११ मा निर्णय पर्चा गर्दा जगरनाथ सोनारले यस कार्यालयमा निवेदन गर्दा कि.नं. १८१ को मोही लगत कट्टा गरी दिने गरी फैसला भएको भनी उल्लेख गरेको कुरा झुठ्ठा देखिन आयो । यसरी कार्यालयलाई झुक्याई धनीतर्फबाट मोही लगत कट्टा गरिएको देखिन आएकोले यस कार्यालयबाट भूलबाट गरेको मिति २०४६।३।२९ मा गरेको पर्चा आदेश बदर गरी भूलसुधार गरिएको छ । मालपोत कार्यालय पर्सालाई मोही लगत यथावत कायम गर्न पत्र पठाई मोही लगत फाँटमा जानकारी दिन र भूलसुधार गरिएको जानकारी जग्गाधनीलाई दिने भनी निर्णय पर्चा गरी