निर्णय नं. १११२४ - उत्प्रेषण / परमादेश

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११२४ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०२/२७ १०११ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री हरिकृष्ण कार्की माननीय न्यायाधीश श्री कुमार रेग्मी आदेश मिति: २०७९।२।२७ ०७८-WO-०९५७ विषयः उत्प्रेषण / परमादेश निवेदक : पर्सा जिल्ला, पकहा मैनपुर गाउँपालिका वडा नं.३ बस्ने दरोगाप्रसाद बरैको छोरा तथा पकहा मैनपुर गाउँपालिकाको अध्यक्ष विजयकुमार चौरसिया विरूद्ध विपक्षी : नेपाल सरकार, मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबार, काठमाडौंसमेत कानूनले निर्धारण गरेको मितिलाई आधार मानी स्थानीय तहका निर्वाचित पदाधिकारीको पाँच वर्षे अवधि पूरा हुने आधारमा नेपाल सरकारबाट स्थानीय तहको निर्वाचनको मिति तय भएकोले निर्वाचनको मिति तय गर्ने नेपाल सरकारको निर्णय बदर हुनुपर्छ भन्ने निवेदक दाबी कानूनसम्मत नदेखिने । (प्रकरण नं. ७) निवेदकका तर्फबाट : विद्वान् वरिष्ठ अधिवक्ता डा. श्री चन्द्रकान्त ज्ञवाली विपक्षीका तर्फबाट : विद्वान्‌ सहन्यायाधिवक्ता श्री संजीवराज रेग्मी अवलम्बित नजिर : सम्बद्ध कानून : नेपालको संविधान स्थानीय तह निर्वाचन ऐन, २०७३ आदेश न्या. हरिकृष्ण कार्की : नेपालको संविधानको धारा १३३(२) र (३) बमोजिम यस अदालतको अधिकारक्षेत्रअन्तर्गतको भई दायर हुन आएको प्रस्तुत निवेदनको सङ्क्षिप्त तथ्य एवं आदेश यसप्रकार छः तथ्य खण्ड म रिट निवेदक विजयकुमार चौरसिया २०७४ साल असोज २ गते मधेस प्रदेशमा तेस्रो पटक (चरण) भएको स्थानीय तहको निर्वाचनमा जिल्ला पर्सा, पकहा मैनपुर गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार भई मतगणनाको परिणामबाट अध्यक्षको पदमा मिति २०७४।६।८ गते निर्वाचित भई पदभार ग्रहण गरी निरन्तर निष्ठा, इमानदारिका साथ सफलतापूर्वक नगर प्रमुखको जिम्मेवारी निर्वाह गरिआएको छु । साथै हाल मधेस प्रदेश गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षसमेत भई प्रदेशमा प्रतिनिधित्व गर्दै आइरहेको छु । नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०७८।१०।२४ को बैठकले मुलुकभरिको स्थानीय तह गाउँपालिका र नगरपालिकाको निर्वाचन मिति २०७९।१।३० गते तोकेको छ । उक्त सूचना सोही मितिमा नेपाल राजपत्रमा प्रकाशितसमेत भइसकेको छ । नेपालको संविधान मिति २०७२।६।२ मा जारी भई लागु भएपछि पहिलो पटक तीन समूहमा मिति २०७४।१।३१, मिति २०७४।३।१४ र मिति २०७४।६।२ मा भएको थियो । म निवेदकको पकहा मैनपुर गाउँपालिकाको निर्वाचन मिति २०७४।६।२ मा भएको थियो । मैले मिति २०७४।६।८ मा पकहा मैनपुर गाउँपालिकाको अध्यक्ष पदमा निर्वाचित भएको प्रमाणपत्र पाएको छु । यसरी संविधानको धारा २१६ को उपधारा (६) बमोजिम मेरो कार्यकाल मिति २०७९।६।७ सम्म कायम रहेकोमा विवाद हुन सक्दैन । स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ४(४) र ५५ ले मेरो कार्यकाल घटाउन कटौती गर्न सक्ने होइन । अतः माथिका प्रकरणहरूमा उल्लेख भएबमोजिम म निवेदकलगायत मधेस प्रदेशको अरू अन्य पालिकाबाट मिति २०७४।६।२ मा भएको निर्वाचनमा भाग लिई निर्वाचित भएको मिति २०७४।६।८ देखि २०७९।६।७ सम्मको ५ वर्षे कार्यकाल निर्वाधरूपमा उपभोग गर्न दिनु भनी विपक्षीहरूउपर परमादेशको आदेश संविधानको धारा १३३(२)(३) बमोजिम जारी गरिपाऊँ । साथै निवेदकको उक्त ५ वर्षको पदावधि कार्यकालमा कुनै किसिमले कटौती गर्ने घटाउने कामकारबाही नगर्नु नगराउनु भनी प्रतिषेधको आदेश जारी गरिपाऊँ । साथै अन्य उपयुक्त आदेश आज्ञा वा पुर्जीसमेत जारी गरिपाउँ भन्नेसमेत बेहोराको निवेदनपत्र । यसमा के कसो भएको हो ? निवेदकको मागबमोजिमको आद