निर्णय नं. १११२६ - निर्णय बदर हक कायम

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११२६ - निर्णय बदर हक कायम भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०५/२८ ७६६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री विश्वम्भरप्रसाद श्रेष्ठ माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुङ्गाना फैसला मिति: २०७९।५।२८ ०७०-CI-०६३८ मुद्दाः- निर्णय बदर हक कायम पुनरावेदक/प्रतिवादी : भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. ११ बस्ने विष्णु श्रेष्ठ विरूद्ध प्रत्यर्थी/वादी : भक्तपुर जिल्ला मध्यपुर ठिमी न.पा. वडा नं. ११ घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ४ चण्डोल बस्ने पंचकृष्ण श्रेष्ठ जुन सम्पत्तिको पूर्ण स्वामित्व प्राप्त भइसकेको हुँदैन त्यस्तो सम्पत्ति स्वाभाविक रूपमा तत्काल बन्डायोग्य हुँदैन । दर्ता छुटभित्र परेको र दर्ता भई नसकेको जग्गामा जसका नाउँमा दर्ताको प्रक्रिया चलेको छ उसकै स्वामित्व प्राप्त भइसकेको नदेखिएको र निजकै सम्पत्ति कायम भई नसकेको सम्पत्तिको साम्पत्तिक हक हस्तान्तरण हुने गरी स्पष्ट नजनिएको शेषपछिको बकसपत्रकै आधारमा मात्र एकलौटी हक प्राप्त हुन नसक्ने । (प्रकरण नं. ७) पुनरावेदक / प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री नारायण दुवाडी, श्री चिरञ्जीवी नेपाल, श्री रामबहादुर कार्की र श्री बद्रीप्रसाद पौडैल प्रत्यर्थी / वादीका तर्फबाट : विद्वान् अधिवक्ताहरू श्री प्रमोद रेग्मी र श्री भोजराज भट्ट अवलम्बित नजिर : सम्बद्ध कानून : सुरू तहमा फैसला गर्ने मा. जि. न्या. श्री चण्डीराज ढकाल भक्तपुर जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री हरिकुमार पोखरेल मा. न्या. श्री विमलप्रसाद ढुंगेल पुनरावेदन अदालत पाटन फैसला न्या. विश्वम्भरप्रसाद श्रेष्ठ: न्याय प्रशासन ऐन, २०७३ को दफा ९ बमोजिम पुनरावेदन दर्ता हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यस प्रकार छः तथ्य खण्ड स्व. पञ्चबहादुर श्रेष्ठ म फिरादीको पिता हुनुहुन्छ । स्व. पिता पञ्चबहादुर र आमा रत्नमायाको तर्फबाट जेठा विपक्षी विष्णु श्रेष्ठ र कान्छो म फिरादी गरी दुई छोराहरूको जन्म भएको छ । पिता पञ्चबहादुरको २०५३ सालमा र आमा रत्नमायाको २०६४ सालमा परलोक भयो । आमाको भागमा परेको सम्पूर्ण सम्पत्ति विपक्षीले आफ्ना नाउँमा दर्ता नामसारी गरी लगी र आमाको अन्तिम अवस्थामा सहभागीसमेत नभएका विपक्षीले दर्ता बाँकी भक्तपुर जिल्ला, भीमसेन गा.वि.स. वडा नं.५. कि.नं.४५० क्षे फ.०-६-० जग्गा आमा रत्नमायाको नाउँबाट मेरा नाउँमा नामसारी दर्ता गर्नुपर्ने सो नगरी हक कायम गरी ल्याउनु भनी गरिएको मालपोत कार्यालय भक्तपुरको मिति २०६६।१२।१५ को निर्णय बदर गरी मेरा नाउँमा नामसारी गरी दर्ता गरिपाउँ भन्नेसमेत बेहोराको वादीको फिराद दाबी । मेरो नाउँमा नामसारी हक कायम हुनुपर्ने उक्त कि.नं.४५० को जग्गामा विपक्षी वादीले झुट्टा दाबी गरी अन्याय गरिआएको छ । यसै जग्गासमेतको विषयमा विपक्षीले विभिन्न अड्डामा अदालतमा मुद्दा हारिसकेका छन् । विपक्षीले यसरी अनावश्यक मुद्दा मामिला गरी दुःख हैरानी दिई अन्याय गरी आएको हुँदा विपक्षीको फिराद दाबी खारेज गरी न्याय दिलाइपाउँ भन्नेसमेत बेहोराको प्रतिवादी विष्णु श्रेष्ठको प्रतिउत्तर जिकिर । रत्नमाया श्रेष्ठले आफ्नो शेषपछि आफ्नो बाँकी रहेको सम्पत्ति यी प्रतिवादी विष्णु श्रेष्ठले खान पाउने गरी शेषपछिको बकसपत्र प्राप्त गरेको देखियो । आफूले मृत्यु हुने अवस्थामा आमालाई हेरचाह पिण्डपानी गरेको भन्ने उल्लेख गरे पनि रत्नमाया श्रेष्ठ र यी वादीसमेत छुट्टी भिन्न भई बसेको भन्ने प्र