निर्णय नं. १११२८ - उत्प्रेषण / परमादेश
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११२८ - उत्प्रेषण / परमादेश भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/११/०८ १३७५ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री ईश्वरप्रसाद खतिवडा माननीय न्यायाधीश श्री डा.कुमार चुडाल आदेश मिति: २०७९।११।८ ०७९-WO-०२८२ मुद्दाः उत्प्रेषण / परमादेश रिट निवेदिका: बलबहादुर क्षेत्रीको छोरी विकास गुरूङकी श्रीमती बागलुङ जिल्ला साबिक बुर्तिवाङ गा.वि.स. वडा नं. ८ जन्मस्थान भई कास्की पोखरा म.न.पा. वडा नं. ८ बस्ने वर्ष २६ की अप्सरा के.सी.समेत भनिने अप्सरा क्षेत्री विरूद्ध प्रत्यर्थी: उच्च अदालत पोखरासमेत कानून न्याय प्राप्त गर्ने असल साधन बन्नु पर्दछ, न कि अन्याय र दाउपेचको माध्यम । अंश, मानाचामल र लेनदेन मुद्दामा लगभग समकालीन रूपमा भएका फैसलाहरूमध्ये कार्यान्वयनको सन्दर्भमा पहिलो प्राथमिकता अंश र मानाचामल मुद्दामा भएको फैसलालाई नै राख्नुपर्ने । अंश मुद्दा दायर हुँदाको अवस्थासम्म प्रकाशमा नै नआएको घरायसी लेनदेनको तमसुकी लिखतउपरको दायित्व अंश मुद्दाका वादीलाई वहन गराउन नमिल्ने । (प्रकरण नं.३) निवेदकका तर्फबाट: प्रत्यर्थीको तर्फबाट: विद्वान् अधिवक्ताहरू श्री रामचन्द्र पौडल, श्री हरिप्रसाद सुवेदी, श्री सरोज अधिकारी र श्री श्यामकुमार विश्वकर्मा अवलम्बित नजिर: ने.का.प.२०७४, अङ्क ३, नि.नं. ९७८१ सम्बद्ध कानून: आदेश न्या. ईश्वरप्रसाद खतिवडा: नेपालको संविधानको धारा ४६ र १३३ बमोजिम यस अदालतमा दायर हुन आएको प्रस्तुत रिट निवेदनको संक्षिप्त तथ्य एवं आदेश यसप्रकार रहेको छ: तथ्यगत बेहोरा विकास गुरूङ म निवेदिकाको पति हुनुहुन्छ । निवेदिकाको माइती घर बागलुङ जिल्लामा भएकोमा म पोखरामा चिया खाजा पसल गरी बस्दै रहेको अवस्थामा निजसँग भेट भई हामीबिचमा प्रेम सम्बन्ध रही हामी दुवैले पोखराको विन्ध्यवासिनी मन्दिरमा मिति २०७१।७।४ गते प्रेम विवाह गरेका थियौं । हाम्रो दाम्पत्य सम्बन्धबाट म गर्भवती भएकीमा मेरो गर्भमा समस्या आई मेरो ज्यान बचाउनको लागि अप्रेसन गरेपछि म पुनः गर्भवती हुन नसक्ने भएपश्चात् निज पतिको बानीमा परिवर्तन आई मलाई बेवास्ता गर्ने, गाली गलौज गर्ने गर्न थाल्नुभयो । निज रोजगारीको लागि विदेश हङकङ जान्छु भनी गएपछि मलाई पूर्ण बेवास्ता गर्न थालेको हुँदा मैले रूँदै फोनमा कुरा गर्दा मात्र निजले मलाई तेरो केही मतलब छैन, मैले पहिल्यै विवाह गरेको छु भनेपछि मात्र निजले मलाई विवाह गर्नुभन्दा पहिल्यै रितु गुरूङ भन्ने महिलासँग विवाह गरेको र निज रितु आफ्नो माइती घरमा बस्ने गरेको थाहा पाएँ । यसप्रकार अन्यायमा परेपछि मैले न्याय पाउनको खातिर कास्की जिल्ला अदालतमा मिति २०७५।४।१५ मा पति विकास गुरूङ, मेरी सासू आमा हिरा कुमारी गुरूङ र मेरा जेठाजु प्रेम गुरूङसमेतका विरूद्धमा अंश, मानाचामल मुद्दा दायर गरेकीमा मेरा पति र उक्त अंश मानाचामल मुद्दाका अन्य प्रतिवादीहरूबिचमा निज विकाश गुरूङ र म निवेदिकाबिचमा विवाह हुनुपूर्व नै अंशबन्डा भइसकेको र विकास गुरूङले मसँग विवाह नै नगरेको, मसँग बस्दै नबसेको हुँदा अंश दिनुपर्ने होइन भनी प्रतिउत्तर दिनुभयो । कास्की जिल्ला अदालतबाट प्रतिवादीहरूबिचमा अंशबन्डा भइसकेको हुँदा प्रतिवादीमध्येका विकास गुरूङको सम्पत्तिबाट मात्र ४ भागको १ भाग अंश र मानाचामलबापत मासिक रू. ५ हजार मुद्दा परेको दिनदेखि मैले अंश नपाइन्जेलसम्मको लागि पाउने गरी मिति २०७७।१२।१३ गते फैसला भएको छ । उक्त अंश मानाचामल मुद्दा फैसला कार्यान्वयनको चरणमा रहेको अवस्थामा नरबहादुर गुरूङ वादी भ