निर्णय नं. १११३० - अंश चलन

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११३० - अंश चलन भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०८/२५ १५०२ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश डा. श्री आनन्दमोहन भट्टराई माननीय न्यायाधीश श्री तिलप्रसाद श्रेष्ठ फैसला मिति: २०७९।८।२५ मुद्दाः- अंश चलन ०७३-CI-०७५७ पुनरावेदक/प्रतिवादी: सुदर्शन पन्तको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ बस्ने जीवनकुमार पन्त विरूद्ध प्रत्यर्थी/वादी: ऐ. ऐ. बस्ने सुदर्शन पन्तसमेत ०७३-CI-०८४५ पुनरावेदक/प्रतिवादी: सुदर्शन पन्तको छोरा काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.१६ पकनाजोल बस्ने कुन्दनकुमार पन्त विरूद्ध प्रत्यर्थी/वादी: सुदर्शन पन्तको श्रीमती ऐ. ऐ. घर भई हाल काठमाडौं जिल्ला, काठमाडौं महानगरपालिका वडा नं.२९ बस्ने भवानी पन्त विधिवत् रूपमा सम्पत्ति परित्याग नगरेसम्म त्यसबाट व्यक्तिको हक मेटिन सक्दैन । बाबु आमाले घर बनाउनको लागि दिएको मन्जुरनामाको लिखतले दाबीको जग्गामा पुनरावेदक प्रतिवादीहरूको हक कायम भएको र अन्य अंशियारको हक समाप्त भएको भनी अर्थ गर्न नमिल्ने । मन्जुरनामाको लिखत हक हस्तान्तरणको लिखत नहुने । (प्रकरण नं.६) घर बनाउनको लागि घरसारमा भएको मन्जुरनामाको लिखतलाई हक छाडिदिएको लिखत हो भनी मान्न नमिल्ने र त्यस्तो लिखतको आधारमा कसैको अंशहक सीमित गर्न नमिल्ने । (प्रकरण नं.७) पुनरावेदक/प्रतिवादीका तर्फबाट: विद्वान् वरिष्ठ अधिवक्ता श्री श्यामप्रसाद खरेल र श्री बसन्तराम भण्डारी, विद्वान् अधिवक्ता श्री सरोजनाथ प्याकुरेल प्रत्यर्थी/वादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री नारायणप्रसाद रेग्मी अवलम्बित नजिर: सम्बद्ध कानून: सुरू तहमा फैसला गर्ने मा. जि. न्या. श्री सिताप्रसाद पोखरेल काठमाडौं जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्ने मा. न्या. श्री पदमराज भट्ट मा. न्या. श्री युवराज सुवेदी पुनरावेदन अदालत पाटन फैसला न्या.डा.आनन्दमोहन भट्टराई : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको पर्ने भई दायर हुन आएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवम् ठहर यसप्रकार रहेको छः- तथ्य खण्ड विपक्षीमध्येका सुदर्शन पन्तसँग मेरो २०१६ सालमा वैदिक विधिपूर्वक विवाह भई हामीबाट जेठो छोरा विपक्षी कुन्दन र कान्छो छोरा जीवनकुमार पन्तको र छोरी भावना पन्तको जायजन्म भई निजहरूको विवाहदानसमेत भइसकेको छ भने हामी परिवार एकासगोलमा छौं । मेरो आमाको नाउँमा दर्ता रहेको गोङ्गबुको घडेरी रोपनी २-४-० जग्गा आमाले मलाई दाईजो दिनुभएको र सो जग्गा विपक्षीहरू नै आपसमा मिली बिक्री गरी खाइसकेका र बाँकी जग्गा ०-६-२-३ मा मैले पक्की घर बनाएको र सो घरसमेत मलाई झुक्यानमा पारी बेहक गराइदिएका र मेरै माइतीबाट पाएको दाइजो सम्पत्तिबाट पकनाजोल १६ मूल सडकमा सटरसहितको पाँच तले पक्की घर निर्माण गरी सबै परिवार सो घरमा बसोबास गरी आएकोमा विपक्षीहरू एकातर्फ लागी मलाई २०६८ साल माघ २ गते घरबाट निकाला गरेकोले गोङ्गबुमा डेरा कोठा लिई बसी आएकी छु । विपक्षीहरूले मेरो हेरचाह पनि नगरेको र दिनप्रतिदिन बृद्धावस्था हुँदै गएकोले मिति २०६९।११।१० गतेका दिन विपक्षीहरूसँग गई मलाई खान लाउन दिनुहोस् नत्र मेरो अंश भाग दिनुहोस् भनी भन्दा विपक्षीहरू एक मुख भई तँलाई खान लाउन पनि दिन्नौं, हेरचाह पनि गर्दैनौं जानेको गर् भनी जवाफ दिएकोले बाध्य भई यो फिराद गरेकी छु । तसर्थ, हामी वादी प्रतिवादीसमेत ४ जना अंशियार हुँदा अंशबन्डाको २०, २१, २२ र २३ नं.बमोजिम विपक्षीहरूब