निर्णय नं. १११३३ - हाडनाता तथा जबरजस्ती करणी

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११३३ - हाडनाता तथा जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/१०/१८ १७०३ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री प्रकाशमान सिंह राउत माननीय न्यायाधीश डा.श्री मनोजकुमार शर्मा फैसला मिति : २०७८।१०।१८ ०७८-RC-०००४ मुद्दाः हाडनाता तथा जबरजस्ती करणी वादी : परिवर्तित नाम रूकुम पश्चिम ५४श(२) को जाहेरीले नेपाल सरकार विरूद्ध प्रतिवादी : जिल्ला रूकुम, पश्चिम सानीभेरी गाउँपालिका बस्ने परिवर्तित नाम रूकुम पश्चिम ५४(३) को छोरा परिवर्तित नाम रूकुम पश्चिम ५४श(१) पीडित नाबालिका छोरीलाई सहमतिमा करणी गरेको भन्ने आधारमा प्रतिवादीले कसुरबाट उन्मुक्ति पाउन नसक्ने । (प्रकरण नं. ३) पीडित नाबालिका छोरीले मौकामा र अदालतमा समेत किटान गरी आफ्नो बुबा जस्तो संरक्षक व्यक्तिले जबरजस्ती करणी गरेको भनी बकपत्र गर्नुपर्ने अवस्थालाई अन्यथा भन्न नसकिने । (प्रकरण नं. ४) वादीका तर्फबाट : प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सुधा धिताल अवलम्बित नजिर : ने.का.प. २०७५, अङ्क ५, नि.नं. १०००७ सम्बद्ध कानून : मुलुकी अपराध संहिता, २०७४ सुरू तहमा फैसला गर्नेः मा. जि. न्या. श्री आत्मदेव जोशी रूकुम जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा. न्या. श्री भानुभक्त शर्मा न्यौपाने मा. न्या. श्री नित्यान्द पाण्डेय उच्च अदालत सुर्खेत फैसला न्या. डा. मनोजकुमार शर्मा : न्याय प्रशासन ऐन, २०७३ को दफा १० बमोजिम यस अदालतको क्षेत्राधिकारभित्र पर्ने भई साधकको रोहमा पेस हुन आएको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड मेरो श्रीमान् प्रतिवादी परिवर्तित नामथर रूकुम पश्चिम ५४श(१) ले मिति २०७५।१२।०१ गते साँझ अन्दाजी १९:०० बजेको समयमा म माइतीमा गएको समयमा मेरी उमेर नपुगेकी वर्ष १७ की छोरी परिवर्तित नामथर रूकुम पश्चिम ५४श विद्यालयबाट घरमा फर्किंदा साथी कमला वि.क.को घरमा गई बसेको समयमा के कसरी थाहा पाई के, कताबाट मादक पदार्थ सेवन गरी घरमा लिने बहानामा जबरजस्ती करणी गर्ने मनसाय र योजनाले घरमा जान आग्रह गरी छोरी र साथीको घर परिवारले इन्कारी गर्दागर्दै समाती लछारपछार गरी साथमा लिई गई साँझको समयमा बाटो नजिकै पर्ने छिमेकी रातो बुढाथोकीको खाली गोठमा लगी छोरीलाई प्रतिकार गर्न नदिई धम्काई छोरीको इच्छाबेगर जबरजस्ती करणी गरेको र यो पूर्व पनि म घरमा नभएको मौका छोपी डर, त्रास देखाई धम्काई पटकपटक जबरजस्ती करणी गर्दै आएको कुरा पछि मलाई छोरीले भनी सुनाउँदा सुनी थाहा पाएकी हुँ । यसरी आफैँले जन्माएकी नाबालिका छोरीलाई निजको इच्छाबेगर डर, त्रास दिई धम्काई पटकपटक जबरजस्ती करणी गर्ने निज प्रतिवादीलाई कानूनबमोजिम हदैसम्मको कारबाही गरिपाउँ भन्नेसमेत बेहोराको पीडितको आमा परिवर्तित नामथर रूकुम पश्चिम ५४श(२) ले दिएको जाहेरी दरखास्त । जिल्ला रूकुम, सानीभेरी गाउँपालिका, वडा नं. २ भलाटाकुरा फुर्चेपहरस्थित पूर्वमा जाम्ना खोला, पश्चिममा सामुदायिक जंगल, उत्तरमा रातो बुढाथोकीको गहुँबारी र दक्षिणमा पाथिहाल्ना गाउँ जाने गोरेटो बाटो यति चार किल्लाभित्र ढुङ्गाले छाएको दुई तले चार वटा कोठा भएको ऐ.ऐ. बस्ने रातो बुढाथोकीको कच्ची गोठ रहेको । सो गोठको माथिल्लो तलाको पश्चिमतर्फको कोठामा प्रवेश गरी हेर्दा भुइँको माटो खोस्रिएको धुलो मडारिएको जस्तो देखिएको सोही कोठामा प्रतिवादी परिवर्तित नामथर रूकुम पश्चिम ५४श(१) ले आफ्नै छोरी वर्ष १७ की रूकुम पश्चिम ५४श लाई जबरजस्ती करणी गरेको भन्न