निर्णय नं. ४२६७ - उत्प्रेषण

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. ४२६७ - उत्प्रेषण भाग: ३३ साल: २०४८ महिना: जेष्ठ अंक: २ फैसला मिति :२०४७/०३/२५ २५८३ निर्णय नं. ४२६७ ने.का.प. २०४८ अङ्क २, ३, ४ संयुक्तइजलास माननीय न्यायाधीश श्री सुरेन्द्रप्रसाद सिंह माननीय न्यायाधीश श्री बब्बरप्रसाद सिंह सम्वत् २०४६ सालको रिट नं. १२०६ आदेश भएको मिति: २०४७।३।२५।३ मा रिट निवेदक: का.न.पं. वडा नं. १३ बस्ने लक्ष्मीमान मानन्धर विरुद्ध विपक्षी : प्रधानपञ्च काठमाडौं नगरपञ्चायतसमेत विषय : उत्प्रेषण (१) दुई पक्ष बीचको हक बेहक सम्बन्धी विवादका विषयलाई साधिकार अदालतले निर्णय गर्ने नै हुँदा जिल्ला अदालतमा दायर रहेको मुद्दाबाट प्रमाण बुझी कानुन बमोजिम विवादको विषयमा निर्णय हुने नै हुँदा रिटनिवेदन क्षेत्रबाट शुरु अदालतको विचाराधिन विषयलाई अनुकूल वा प्रतिकूल असर पर्ने गरी रिट क्षेत्रबाट निर्णय गर्न नमिल्ने । (प्रकरण नं. १०) निवेदकतर्फबाट : विद्वान अधिवक्ता श्री शम्भु सिग्देल विपक्षीतर्फबाट : विद्वान वरिष्ठ अधिवक्ता श्री सर्वज्ञरत्न तुलाधर, विद्वान अधिवक्ता श्री प्रकाश वस्ती आदेश न्या.सुरेन्द्रप्रसाद सिंह १. नेपालको संविधान, २०१९ को धारा १६।७१ अन्तर्गत दायर हुन आएको प्रस्तुत रिटनिवेदनको संक्षिप्त तथ्य, जिकिर एवं निर्णय आदेश यस प्रकार छ । २. विपक्षी मध्येका मञ्जुमान, सत्यमान र देवरत्न तथा म निवेदकको नाउँमा संयुक्त दर्ता भएको टंकेश्वर ताहाचल गा.पं. वडा नं. ४ को हाल का.न.पं. वडा नं. १३ मा पर्ने कि.नं. २९८ को रोपनी ०–८–०–२ जग्गा आ–आफ्नो भागमा परेका घर र जग्गामा आउने जाने गरी बनाएको बाटो बण्डा अनुसार कित्ता काट गर्दा विभिन्न ठाउँमा विभिन्न चौडाई कायम गरी हुन आउने बाटोको क्षेत्रफल ०–२–३–२ जग्गा साझा बाटो कायम राखी हामी चारजनाको नाउँमा दर्ता राख्ने गरी २०३०।९।३० मा दर्ता बण्डा गरी सोही साझा बाटो भोग चलन गरी आएका थियौं । उक्त क्षेत्रफलको जग्गालाई विपक्षीहरुले एकमना तरिकाले अन्दाजी ०–०–२–३ जग्गा मात्र कायम गराई दर्ता दा.खा. नक्शा श्रेस्ता कायम गराएका रहेछन । त्यसको विरुद्ध श्री का.जि.अ.मा नालेश गरी मिति ०४७।१।१२ को तारेख तोकी पाएको छु । पारीत बण्डा अनुसार विपक्षी मध्येका देवरत्न मानन्धरले कि.नं. २९८ को जग्गा मध्ये उक्त साझा बाटोको पूर्व पश्चिम लम्बाई ३९ फिट, उत्तर दक्षिण ९ फिटको पूर्व जोर्नीमा निजको भागमा परेको घरको लागी ३+३ को भर्‍याङ निजले बनाउन पाउनेमा बण्डा अनुसार बनाउन पाउने भन्दा पनि ठूलो गरी नक्शा पास बेगर भर्‍याङ निर्माण गर्न लागेकोमा कारवाही गरी पाउँ भनी ०४५।१०।१९ मा उजूरी दिई दुवै पक्ष तारिखमा बसी आएका थियौं । सोही अवस्थामा नै विपक्षीले म निवेदकको बाटो नै बन्द हुने गरी उक्त भर्‍याङ बनाउन लागेकोले २०४५।१२।६ मा पनि का.न.प.मा उजूर दिएकोमा समेत दुवै निवेदनको कारवाहीमा दुवै पक्ष तारेखमा बसेको र कारवाहीको अन्तिम टुड्डो नलागेसम्म निर्माण कार्य नगर्ने गरी २०४६।१।१७ मा जिल्ला कार्यालय काठमाडौंमा दुवै पक्षले कागत पनि गरेका छौं । ३. कि.नं. २९८ को कित्ताकाट भई कायम भएको कि.नं. ६६१, ६६२, ६६५, ६६६, ६६४, ६६७ को जम्मा ०–५–२–० जग्गामा घर तल्ला थप्ने भनी विपक्षीहरुले का.न.पं. मा नक्शा दर्खास्त दिंदा मेरो घरमा आउने जाने साझा बाटो बन्द हुने गरी भर्‍याङ निर्माण गर्ने नक्शा दर्खास्त गरेबाट मैले उजूर गरी संशोधन गर्न विपक्षीले नक्शा दर्खास्त दिंदा पनि साविक भर्‍याङ क्षे.लम्बाई ७ फिट ६ इन्च चौडाई ५ फिट र हाल बनाउने लम्बाई ९ फिट ८ इन्च चौडाई ५ फिट गरी संशोधित नक्शा दर्खास्त गरेक