निर्णय नं. १११३४ - जबरजस्ती करणी
नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्नुहोस् निर्णय नं. १११३४ - जबरजस्ती करणी भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७८/११/१३ २१८४ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री सपना प्रधान मल्ल माननीय न्यायाधीश श्री प्रकाशकुमार ढुंगाना फैसला मिति : २०७८।११।१३ ०७५-CR-०४७५ मुद्दाः- जबरजस्ती करणी पुनरावेदक/वादी : कविता न्यौपानेको जाहेरीले नेपाल सरकार विरूद्ध प्रत्यर्थी/प्रतिवादी : नुवाकोट जिल्ला, सुनखानी गाउँ विकास समिति वडा नं.१ सुइरी चौर घर भई हाल काठमाडौं जिल्ला, टोखा बस्ने सानु माइला तामाङको छोरा रमेश लामासमेत पर्याप्त रूपमा सुसूचित भएर निर्णय गर्न सक्ने परिपक्वता नाबालिगमा रहेको नहुने । नाबालकमा यौनसम्पर्कको जोखिम र परिणामको पर्याप्त बुझाइ र मूल्याङ्कन गर्ने क्षमताको समेत कमी रहने । नाबालकको यौन शोषण भएको अवस्थामा सुरक्षात्मक भूमिका खेली यौन शोषकबाट बचाउन र सहमतिमा करणी भएको अवस्था भएमा पनि दण्डनीय भूमिका खेली नाबालकलाई स्वयंबाट जोगाउन कानूनले नाबालकउपर हुने करणीको कसुरलाई कठोर दायित्वको कसुरअन्तर्गत राखेको देखिन्छ । यसर्थ नाबालिगसँगको यौन सम्बन्धमा सहमति थियो भन्नुको कुनै अर्थ नरहने । (प्रकरण नं. ५) पुनरावेदक/वादीका तर्फबाट : विद्वान् उपन्यायाधिवक्ता श्री कमलराज पन्थी प्रत्यर्थी/प्रतिवादीका तर्फबाट : विद्वान् अधिवक्ता श्री सोमनाथ सापकोटा अवलम्बित नजिर : ने.का.प. २०७४, अङ्क ४, नि.नं. ९८०१ ने.का.प. २०६९, अङ्क ८, नि.नं. ८८७८ सम्बद्ध कानून : सुरू फैसला गर्ने: मा. जि. न्या. श्री पशुपति आचार्य काठमाडौं जिल्ला अदालत पुनरावेदन फैसला गर्ने: मा. न्या. श्री दुर्गादत्त भट्ट मा. न्या. श्री राम प्रसाद अधिकारी उच्च अदालत पाटन फैसला न्या. सपना प्रधान मल्ल : न्याय प्रशासन ऐन, २०७३ को दफा ९(१)(ग) बमोजिम यसै अदालतको क्षेत्राधिकारभित्रको भई दायर हुन आएको पुनरावेदनपत्रसहितको प्रस्तुत मुद्दाको सङ्क्षिप्त तथ्य र ठहर यसप्रकार छ: तथ्य खण्ड म जाहेरवालाको छोरी वर्ष १३ की परिवर्तित नाम बालाजु १४ मेरो बहिनीको छोरी अञ्जु ढुङ्गानाको घर काठमाडौं मनमैजु गा.वि.स. वडा नं. ७ मा बसी अध्ययनरत रहेकोमा मिति २०७०।०९।१७ गते अं.९:३० बजेको समयमा स्कुल गएकोमा प्रतिवादी रमेश लामाले ललाइफकाइ विभिन्न प्रलोभनमा पारी सोही मनमैजुको बाँसको झ्याङमा लगी एकपटक जबरजस्ती करणी गरी विवाह गर्छु भनी निज प्रतिवादीको घर नुवाकोट सुनखानी १ सुईरी चौरमा लगी सोही रात एकपटक पुनः जबरजस्ती करणी गरी ऐ. को १८ गते अर्का प्रतिवादी हरि सापकोटाको घरमा लगी निज हरि सापकोटाले ऐ. राति एकपटक जबरजस्ती करणी गरी काठमाडौं जिल्ला साङ्लामा रहेको जग्गा तिम्रो नाउँमा पास गरिदिन्छु भनी पुनः १९ गते काठमाडौं जिल्ला साङ्लामा भएको घरमा ल्याई पुनः एकपटक जबरजस्ती करणी गरी खोजतलासको क्रममा ऐ. को २० गते छोरी सम्पर्कमा आएकी र निज प्रतिवादीहरूले पालैपालो सामूहिकरूपमा विभिन्न प्रलोभन देखाई विवाह गर्छु भनी मेरी नाबालिका छोरीलाई पटकपटक जबरजस्ती करणी गरेको हुँदा प्रतिवादीहरूलाई कानूनबमोजिम कारबाही गरी उचित क्षतिपूर्तिसमेत दिलाई भराइपाउँ भन्नेसमेत बेहोराको कविता न्यौपानेको जाहेरी दरखास्त । जाहेरवालाको छोरी वर्ष १३ की परिवर्तित नाम बालाजु १४ लाई मिति २०७०।०९।१७ गतेदेखि ऐ. को २० गतेसम्म पटकपटक सामूहिकरूपमा पालैपालो जबरजस्ती करणी गर्ने कार्यमा संलग्न रहेका रमेश लामा र हरि सापकोटालाई मिति २०७०।०९।२१ गते दिउँसो काठमाडौं जिल्ला, मनमैजु गा.वि.स.वडा नं.१ नेपालटारमा फेला पारी पक्राउ ग