निर्णय नं. १११३६ - बोक्सीको आरोप (अमानवीय व्यवहार)

 नेपाल कानून पत्रिका शब्दबाट फैसला खोज्‍नुहोस् निर्णय नं. १११३६ - बोक्सीको आरोप (अमानवीय व्यवहार) भाग: ६५ साल: २०८० महिना: कार्तिक अंक: ७ फैसला मिति :२०७९/०९/२२ २७३६ सर्वोच्च अदालत, संयुक्त इजलास माननीय न्यायाधीश श्री टंकबहादुर मोक्तान माननीय न्यायाधीश श्री कुमार रेग्मी फैसला मिति: २०७९।९।२२ ०७२-CR-०२६७ मुद्दा:- बोक्सीको आरोप (अमानवीय व्यवहार) निवेदक / प्रतिवादी: महाजन यादवको छोरा धनुषा जिल्ला, वहेडावेला गाउँ विकास समिति वडा नं.३ बस्ने चन्देश्वर यादवसमेत विरूद्ध विपक्षी / वादी: वहुरी देवीको जाहेरीले नेपाल सरकार पुरानो समयदेखि हाम्रो समाजमा सुनिने बोक्सीको आरोप आजपर्यन्त सुनिनु/देखिनु र बोक्सीको आरोप लगाई कुटपिट गरिने निन्दनीय कार्यलाई कुनै पनि तर्क वा बहानामा स्वीकार्य मान्न नसकिने । परिवार वा समाजमा आर्थिक वा सामाजिक रूपमा कमजोर रहेका मूलत: महिलामाथि बोक्सी शब्द प्रयोग गरी गरिने गाली गलौज वा कुटपिटसमेतका कार्यलाई त्यो परिवार वा समाजले महिलामाथि गर्ने हिंसा मान्नुपर्ने । (प्रकरण नं. ४) निवेदक / प्रतिवादीका तर्फबाट: विद्वान् अधिवक्ता श्री आशीष अधिकारी र श्री ओमकुमार दाहाल विपक्षी / वादीका तर्फबाट: विद्वान् उपन्यायाधिवक्ता श्री पोषराज खनाल अवलम्बित नजिर: ने.का.प.२०६७,3 अङ्क ५, नि.नं. ८३७८ सम्बद्ध कानून: (कसुर र सजाय) ऐन, २०७२ प्रमाण ऐन, २०३१ सुरू तहमा फैसला गर्नेः मा.जि.न्या.श्री ठाकुरप्रसाद शर्मा धनुषा जिल्ला अदालत पुनरावेदन तहमा फैसला गर्नेः मा.न्या.श्री हरिकुमार पोखरेल मा.न्या.श्री चित्रदेव जोशी पुनरावेदन अदालत जनकपुर फैसला न्या. कुमार रेग्मी: न्याय प्रशासन ऐन, २०७३ को दफा १२(१) बमोजिम दोहोर्‍याई हेरिपाउँ भनी पेस भएको निवेदनमा अनुमति प्रदान भई पुनरावेदनको रोहमा दायर भएको प्रस्तुत मुद्दाको संक्षिप्त तथ्य एवं ठहर यसप्रकार छः- तथ्य खण्ड जिल्ला धनुषा, गा.वि.स. वहेडावेला वडा नं.३ स्थित वेला गाउँको सडकमा ऐ.ऐ. बस्ने फुलोदेवी महतोलाई ऐ.ऐ. बस्ने चन्देश्वर यादव र किरणदेवी यादवसमेतले बोक्सीको आरोप लगाई विभिन्न गाली गलौज कुटपिट गरी घाइते बनाएको बुझिएको भन्नेसमेत बेहोराको घटनास्थल प्रकृति मुचुल्का । हामी पति पत्नी एवं विधवा बुहारी फुलोदेवी महतो र निजका ३ सन्तान रंजित, आरती र धनराजलाई मेहनत मजदुरी गरी पालन पोषण गर्दै आइरहेकोमा मिति २०६७।०६।१७ गते बिहान ११:०० बजेको समयमा पीडित बुहारी फुलोदेवीले वनबाट घाँस लिई घरतिर आइरहेको अवस्थामा प्रतिवादी किरणदेवीले बाटो छेकी तिमी बोक्सी हौ, तिमीले आफ्नो श्रीमान्‌लाई मार्‍यौं र अहिले तिमीले बोक्सी लगाई मेरो भैंसी बिरामी पार्‍यौं भनी गाली गलौज गर्दै कुटपिट गर्न खोज्दा गाउँलेहरूले बचाइदिएकोमा पुन: मिति २०६७।०६।१९ गते २:०० बजेको समयमा मेरी बुहारी फुलोदेवी वनबाट घाँस काटी घरतर्फ आउने क्रममा प्रतिवादी किरणदेवीको घरअगाडि आइपुग्दा निज आफ्नो दलानबाट सडकमा आई बुहारीले बोकेको घाँस फाली जगल्टा समाई कुटपिट गरिरहेको समयमा अर्का प्रतिवादी चन्देश्वर यादवसमेत मिली यो बोक्सीको ज्यानै मारिदिनुपर्छ भनी मेरी बुहारीको दुवै हात समाती भुइँमा लडाई जुत्तासहितको खुट्टाले घाँटीमा च्यापिराखेको अवस्थामा थाहा पाई हामी दुवै जना पति पत्नी घटना भइरहेको ठाउँमा गएर बुहारीलाई छुट्याउन खोज्दा धर्मेन्द्र यादव तथा अमीरेखा देवी यादवले हामीलाई कुटपिट गरेका हुन् । पछि रामपृत महतो, छोटे यादव, सूर्यनारायण यादव र नरेश यादव आई मेरी बुहारीलाई प्रतिवादीहरूको हातबाट छुट्याई प्रहरीलाई खबर गरी बोलाएपश्चात् एम्बुलेन्समा